Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

ललितपुरको सुनाकोटीमा रहेको भृङ्गारेश्वर महादेव मन्दिर पुरानै शैलीमा पुनः निर्माण हुने

खबरडबली संवाददाता

ललितपुर । ललितपुर महानगरपालिका–२७ सुनाकोटीमा ऐतिहासिक सम्पदा भृङ्गारेश्वर महादेवको मन्दिर पुरानै शैलीमा पुनःनिर्माण हुने भएको छ । विसं १९९० को भूकम्पले भत्काएपछि पुरानै शैलीमा पुनः निर्माण नभएको भृङ्गारेश्वर महादेवको मन्दिर पुरानो टुँडालस्वरुपमा निर्माण हुने भएको हाे ।

ललितपुरको सुनाकोटी धार्मिक तथा पर्यटकीय दृष्टीकोणले राम्रो भएकाले भृङ्गारेश्वर महादेवको ऐतिहासिक मन्दिरलाई पुरानो कलात्मक शैलीमा पुनः निर्माण गर्न लागेको ललितपुर–२७ का वडाध्यक्ष कृष्णहरि महर्जनले जानकारी दिए । उनका अनुसार प्राचीनकालमा निर्मित भृङ्गारेश्वर मन्दिर विसं १९९० को भूकम्पले भत्काएपछि पुरानो शैलीमा मन्दिर निर्माण भएको थिएन । प्राचीनकालमा निर्माण भएको मन्दिरलाई महानगरपालिकाको सहयोगमा पुरानो शैलीमा पुनः निर्माणको लागि डिपिआर प्रक्रिया अघि बढेको छ ।

सुनाकोटीलाई धार्मिक तथा प्रर्यटकीय रुपमा चिनाउनका लागि वडाले काम गरिरहेकाे र  ऐतिहासिक सम्पदा भृङ्गारेश्वर महादेव मन्दिरलगायत अन्य मठमन्दिरहरू पनि निर्माण र संरक्षण गरिरहेकाे उनले बताए ।

ऐतिहासिक सम्पदा भृ्ङ्गारेश्वर महादेव मन्दिरलाई पहिलेकै स्वरुपमा पुनः निर्माण गरेर मन्दिर परिसरमा रहेका अन्य मन्दिरलाई थप व्यवस्थित बनाउनुपर्ने भृरेश्वर सुधार तथा वृद्ध सेवा समितिका अध्यक्ष रामचन्द्र महर्जनको बताए ।

उनका अनुसार भृङ्गारेश्वर महादेवको मन्दिर परिसरमा बालकुमारी त्रिपुरासुन्दरी मन्दिर, जगन्नाथ मन्दिर, गणेश मन्दिर र भृङ्गारेश्वर महादेवको भजन गर्ने धर्मशाला लगायतका ऐतिहासिक सम्पदा रहेका छन् । विसं २०७२ को भूकम्पले क्षति गरेका कतिपय ऐतिहासिक संरचना भने पुनःनिर्माण भइसकेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...

मनकामना पुगेर फर्किंदै गरेको माइक्रो भीरबाट खस्यो

काठमाडौं  । गोरखाको मनकामना पुगेर फर्किएको माइक्रो बस भीरबाट खसेको छ । शनिबार बेलुका सहिद लखन गाउँपालिका–३, कान्टारनजिकै भीरबाट माइक्रो खसेको गोरखा प्...

एमालेले टुङ्गो लगायो समानुपातिक सांसद, को–को परे ?

काठमाडौं  । नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ । पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न...

प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले गर्‍यो नौ सय ट्रान्सफर्मर मर्मत

बाग्मती। कर्मचारी अभावका बाबजुद मकवानपुरको हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले चालु आर्थिक वर्षको सात महिनामा नौ सय ट्रान्सफर...

ग्यास उद्योगलाई कडाइः विक्रेतालाई बाँडिएको ग्यासको विवरण निगमलाई १० बजेभित्रै जानकारी गराउनु पर्ने

काठमाडौँ । नेपाल आयल निगमले मुलुकभरका ग्यास उद्योगीलाई आफ्ना विक्रेतालाई बिक्री गरेको ग्यासको विवरण दैनिक रूपमा बिहान १० बजेभित्र अनिवार्य सार्वजनिक ग...

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट पठाउने चार जना सांसदको नाम टुंगो लगाएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा ...

बिहान उठेर खाली पेट पानी पिउनुका ११ फाइदा

काठमाडौं । बिहान उठ्नेबित्तिकै खाली पेट पानी पिउनु स्वास्थ्यका लागि लाभदायक बानीका रूपमा लिइन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार यो अभ्यासले शरीरलाई सक्रि...

रोल्पामा माटोको ढिस्कले पुर्दा एक महिलाको ज्यान गयो, तीन घाइते

रोल्पा । रोल्पामा घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पूरिएर एक महिलाको ज्यान गएको छ, भने तीन जना घाइते भएका छन् । रुन्टीगढी गाउँपालिका–७ खाक्सीवनकी ...

पत्रकारिता र कवितामा अलग पहिचान बनाएका सुरेश किरणको अवसानले साहित्य जगत् शोकमा

काठमाडौं । नेपाली साहित्य, पत्रकारिता र भाषा आन्दोलनका सक्रिय हस्ताक्षरको निधन भएको छ। उनको निधनसँगै नेपालभाषा साहित्य, समसामयिक व्यङ्ग्य र भाषिक अधिक...

महावीर पुनको चुनावी हिसाबकिताब : २८ लाख खर्च, २७ लाखभन्दा बढी बचत

बागलुङ । प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएपछि उम्मेदवारहरूले निर्वाचन आयोगमा खर्च विवरण बुझाउने क्रम जारी छ। यही क्रममा म्याग्दीबाट निर्वाचित सा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: