काठमाडौं । विश्वका सबैभन्दा खतरनाक सिरियल किलरमध्ये एक रोबर्ट पिक्टनको क्यानडाको जेलमा हत्या गरिएको छ । कारागार प्रशासनले मे १९ मा उनीमाथि प्राणघातक हमला भएको जनाएको छ । यसपछि उनलाई क्युबेकको एक अस्पतालमा भर्ना गरिएको थियो । उनको शुक्रबार मृत्यु भएको हो ।
९० को दशकमा ४९ महिलाको निर्ममतापूर्वक हत्या गरेको अभियोगमा पिक्टनलाई पक्राउ गरिएको थियो । तर, उनी ६ महिलाको मात्रै हत्यामा दोषी ठहर भएका थिए । उनीमाथि यौनकर्मीको हत्या गरी शरीरका अंगहरू आफ्नो सुंगुर फार्मका सुँगुरहरूलाई खुवाएको आरोप लागेको थियो। पिक्टन क्यानडाको भ्यानकुभर जेलमा आजीवन कारावासको सजाय भोगिरहेका थिए।
प्रहरीका अनुसार पिक्टनमा आक्रमण गर्ने ५१ वर्षीय कैदीलाई हिरासतमा राखिएको छ । तर, प्रहरीले आक्रमणकारीको नाम भने खुलाएको छैन । हत्याको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । पिक्टनको क्रूरताको शिकार भएकी सिन्थिया कार्डिनलकी बहिनीले न् योर्क टाइम्सलाई बताएअनुसार उनी यो खबर सुनेर धेरै खुसी भएकी थिइन्। उनी अब दिदीको मृत्युको घटना बिर्सेर अगाडि बढ्न सक्छिन् ।
रोबर्ट पिक्टनलाई २००७ मा लागुऔषध दुर्व्यसनी केटीहरू र यौनकर्मीको हत्या गरी तिनीहरूको शरीर टुक्रा-टुक्रा पारेर सुँगुरहरूलाई खुवाएको अभियोगमा दोषी ठहर गरिएको थियो। तर, अनुसन्धानकर्ताले ६ जना महिलाको मात्र अवशेष फेला पारेका थिए ।
यसबाहेक अन्वेषकहरूले कम्तिमा ३३ महिलाको डीएनए फेला पारेका थिए। यद्यपि, प्रमाणको अभावको कारण, पिक्टन उनीहरूको हत्याको लागि दोषी ठहरिएनन् ।
एक पटक सोधपुछको क्रममा रेकर्ड गरिएको भिडियोमा पिक्टनले थप एक महिलाको हत्या गरेर ५० को कीर्तिमान बनाउन चाहेको बताएका थिए । पिक्टनले यौनकर्मी, भागेका वा लागुऔषधको लत र मानसिक स्वास्थ्य समस्याबाट पीडित महिलाहरूको शिकार गरे।
यी महिलाहरू पहिले नै समाजबाट अलग्गिएका थिए, त्यसैले तिनीहरूको मृत्यु सुरुमा पुलिसले बेवास्ता गर्यो। यद्यपि, यौनकर्मी समुदायले उनीहरूलाई कसैले निशाना बनाएको विश्वास गरेको थियो। त्यसपछि उनीहरूले विभिन्न स्वयंसेवी समूहसँग आफ्नो समस्या उठाए ।
यसपछि प्रहरी पनि बेपत्ता महिलाप्रति गम्भीर बनेको थियो । लामो खोजी पछि पुलिसले रोबर्ट पिक्टनलाई २००२ मा पक्राउ गर्यो। प्रहरीका अनुसार पिक्टनले वेश्यासँग शारीरिक सम्बन्ध राख्थे र पछि विषालु सुई लगाएर बेहोस बनाउँथे । यसपछि उनीहरुलाई मार्ने गर्थे । मिडिया रिपोर्टका अनुसार पिक्टनले आफ्नो पहिलो हत्या सन् १९९५ मा गरेका थिए । सन् २००१ सम्म उनले ४९ महिलाको हत्या गरेका थिए ।
सिरियल किलर रोबर्ट पिक्टनको जन्म अक्टोबर २६, १९४९ मा क्यानडामा भएको थियो। रोबर्ट पेशाले कसाई थिए, जसको सुँगुर फार्म थियो। पिक्टनले रेडलाईट क्षेत्रमा यौनकर्मीहरूसँग ग्राहकको रूपमा प्रस्तुत हुन्थे। त्यसपछि उनीहरूलाई थप पैसाको प्रलोभनमा आफ्नो खेतमा लगेर निर्ममतापूर्वक हत्या गर्थे।
रोबर्ट पिक्टनको पुस्तक ‘पिकटन: इन हिज ओन वर्ड्स’ विवादका कारण प्रतिबन्धित भएको थियो। पिक्टनले आफ्नो अनुभवको बारेमा एउटा पुस्तक लेखे, तर बजारमा आएको केही घण्टापछि नै यसलाई प्रतिबन्धित गरी अनलाइन बिक्रीबाट हटाइयो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: