Khabar Dabali २४ जेष्ठ २०८३ आईतवार | 7th June, 2026 Sun
Investment bank

क्यान्सर र ब्रेन ट्युमर पीडित दुर्गाको उपचारमा आर्थिक सहयोग जुट्दै

खबरडबली संवाददाता

खोटाङ ।  फोक्सोको क्यान्सर र ब्रेन ट्युमरबाट पीडित बनेकी जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीकी ४२ वर्षीया दुर्गा कार्की (बस्नेत)को उपचारका लागि रु दुई लाख एक हजार नौ सय ९१ आर्थिक सहयोग जुटेको छ ।     

हाल झापाको बुद्धशान्ती चोक बस्दै आएकी पीडित दुर्गाको उपचारका लागि एक सय ८८ जना शुभेच्छुकबाट रु दुई लाख एक हजार नौ सय ९१ आर्थिक सहयोग जुटाइएको हो ।

अभियानका क्रममा सङ्कलन गरिएको रकम अस्पतालमा पुगेर दुर्गाको परिवारलाई हस्तान्तरण गरिएको अभियन्ता एवं नेपाली कांग्रेस जन्तेढुङ्गा गाउँपालिकाका सभापति बाजिन्द्र विष्टले जानकारी दिए । सङ्कलित रकममध्ये रु एक लाख १२ हजार चिसापानी बजारमा सामूहिकरुपमा सङ्कलन गरिएको हो ।     

फोक्सोमा क्यान्सर पुष्टि भएपछि गत मङ्सिरदेखि दुर्गाको पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । फोक्सोको क्यान्सरको उपचार भइरहेकै बेला उनलाई ब्रेन ट्युमरको समस्यासमेत थपिएको थियो । 

दुर्गालाई नियमित टाउको दुखिरहने समस्या देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा ब्रेन ट्युमर भएको पत्ता लागेको दुर्गाका पति गणेश बस्नेतले जानकारी दिए । गत जेठ ७ मा दुर्गाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ ।     
     
फोक्सोको क्यान्सर र ब्रेन ट्युमरको समस्याबाट एकैसाथ आक्रमणमा परेकी दुर्गाको सहयोगार्थ अन्य आफन्त तथा शुभेच्छुकले पनि आर्थिक सहयोग जुटाइरहेका छन् ।     

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केराको बोट सुक्न थालेपछि किसान चिन्तित

म्याग्दी । जिल्लाको बेनी नगरपालिका-२ खबराको बगैँचामा केराको बोट सुक्न थालेपछि किसानहरु चिन्तित भएका छन् । एक सय २० परिवार रहेको खबराका एक सयभन्दा बढी ...

१८औँ वर्षमा दरबार रोधी क्लब : सांगीतिक उत्सवसँगै दृष्टिविहीन कलाकारलाई सहयोग

काठमाडौं । नेपाली लोकसंगीत र रोधी संस्कृतिको प्रवर्द्धनमा सक्रिय दरबार रोधी क्लबले आफ्नो १८औँ वार्षिकोत्सवलाई मनोरञ्जनसँगै सामाजिक सेवासँग जोडेर मनाउन...

रास्वपा महोत्तरीको अधिवेशन अनिश्चितकालका लागि स्थगित

महोत्तरी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महोत्तरीको संगठन विस्तार तथा जिल्ला अधिवेशन प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरिएको छ। आन्तरिक विवाद...

गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह

बैतडी। विभिन्न स्थानीय तहले गाउँका विभेदकारी नाम परिवर्तन गर्ने अभियान थालेका छन्। यहाँका स्थानीय तहले विगतमा विभिन्न जाति र समुदायलाई अपहेलना गर्नेगर...

रास्वपा पाल्पाको सभापतिमा भण्डारी

पाल्पा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी सर्वसम्मत चयन भएको छन् । तानसेनमा शनिबार सम्पन्न प्रथम जिल्ला अधिव...

विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी

गोरखा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं पार्टीका संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले विकास, सम्मृद्धि र सुशासनको पक्षमा...

अमेरिकाले इरानी फुटबल टोलीका केही अधिकारीलाई भिसा दिएन

तेहरान। इरानको फुटबल महासङ्घले सन् २०२६ को विश्वकप प्रतियोगिताअघि राष्ट्रिय फुटबल टोलीका केही व्यवस्थापकीय तथा कार्यकारी अधिकारीहरूलाई अमेरिकी प्रवेशा...

एसियन गेम्स छनोट: फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने

काठमाडौँ। सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ। आइतबार दोस्रो सेमिफाइनमाल मल...

रास्वपा सङ्खुवासभाको सभापतिमा श्रेष्ठ चयन

सङ्खुवासभा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला सभापतिमा भक्तनारायण श्रेष्ठ चयन भएका छन्। प्रथम जिल्ला अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नय...

प्रधानमन्त्रीको निर्देशन अनुसार काम गरिरहेका छौँ: स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताएको छिन् । आइतबा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending