बारा । बाराको निजगढ नगरपालिकाले यस पटकको बजेट निर्माणमा शिक्षा, स्वास्थ्य, कृषि र खानेपानिलाई प्राथमिकता दिने भएको छ । साथै पालिकाले पहिले पटक बजेट निर्माणमा नगरवासीको राय र सुझाव संकलन गर्न सरोकारवालासँग छलफल गर्न तिन दिने अभियाननै सुरु गरेको हो ।
बाराको निजगढ नगरपालिकाले बजेट र नीति तथा कार्यक्रम तयार पार्ने सरोकारवालासँग सोमबारबाट छलफल सुरु गरेको छ । नगरपालिकाले सरोकारवालाहरुसंगको सल्लाह र सुझावको आधारमा आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट, नीति तथा कार्यक्रम तयार गर्न नगरपालिकाको सभाहालमा सोमबार बिहान ८ बजेबाटनै सरोकारवालाहरुसँग छलफल थालेको हो ।
नगरपालिकाले बजेट, नीति तथा कार्यक्रम तय गर्न जेठ २१ गतेदेखि २३ गतेसम्म सरोकारवालासँग छलफल गर्ने जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले भने,‘हामीले सार्वजनिक रुपमा सूचना प्रकाशन गरेर छलफल गर्ने तालिका नगरवासीसम्म पुर्याएका छाँै । एकैपल्ट सबै सरोकारवालासँग छलफल गर्दा उपयक्त सुझाव नआउने भएकाले विषयगत विषयमा सोही विषयसंग सम्बन्धीत व्यक्तीहरुको उपस्थितीमा आजबाट तिनदिन सम्म रार्य सुझाब लिएर बजेट निर्माण गर्ने तयारीमा छौँ ।’
नगरपालिकाले सोमबार बिहान ८ बजे नगरपालिकामा अवस्थित संघ संस्था र सोही दिन दिउसो ३ बजे नगरपालिका क्षेत्राधिकारभित्र सञ्चालित सहकारी संस्थाहरुका प्रतिनिधिहरुसंगै छलफल गरेको छ । यस्तै मंगलबार बिहान ८ बजे विद्यालयका प्रधानाध्यापकहरु र सोही दिन दिउसो ३ बजेबाट सामुदायिक वनका प्रतिनिधिहरुसँग छलफल गर्ने जनाएको छ ।
यस्तै जेठ २३ गते ८ बजेबाट स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुसँग नगरपालिकाले छलफलका साथै टोल विकास समिति, स्थानीय उपभोक्ता समिति तथा नगरबासीले सम्बन्धित वडाको वडास्तरीय योजना तर्जुमा बैठकमार्फत सुझाव पेस गर्न समेत निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले अनुरोध गरेका छन । नगरप्रमुख पुरीले भने,‘शिक्षा, स्वास्थ्य, कृषि र खानेपानिलाई सहजरुपमा नगरवासी सम्म पुर्याउन बजेटमा प्राथमिकता नगरले दिनेछ, त्यसबाहेक यहाँका सरोकारवालासँग छलफल आउने सल्लाह र सुझाव तथा आवश्यकतालाई समेत मध्यनजर गर्दै हामीले आगामी असार १० गते निती तथा कार्याक्रम प्रस्तुत गर्ने तयारीमा छौँ ।’
यसबाहेक छलफलमा आउन नसकेका नगरबासीहरुले ईमेलमार्फत समेत बजेट, नीति तथा कार्यक्रमको सम्बन्धमा सुझाव पेस गर्न सकिने व्यवस्था नगरपालिकाले मिलाएको निजगढ नगरपालिकाका सुचना अधिकारी रविन घिमिरेले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २४ गते, २०८३ - १७:४२
महोत्तरी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महोत्तरीको संगठन विस्तार तथा जिल्ला अधिवेशन प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरिएको छ। आन्तरिक विवाद...
जेष्ठ २४ गते, २०८३ - १७:२३
बैतडी। विभिन्न स्थानीय तहले गाउँका विभेदकारी नाम परिवर्तन गर्ने अभियान थालेका छन्। यहाँका स्थानीय तहले विगतमा विभिन्न जाति र समुदायलाई अपहेलना गर्नेगर...
जेष्ठ २४ गते, २०८३ - १६:५९
पाल्पा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी सर्वसम्मत चयन भएको छन् । तानसेनमा शनिबार सम्पन्न प्रथम जिल्ला अधिव...
जेष्ठ २४ गते, २०८३ - १६:५१
गोरखा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं पार्टीका संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले विकास, सम्मृद्धि र सुशासनको पक्षमा...
जेष्ठ २४ गते, २०८३ - १६:४४
तेहरान। इरानको फुटबल महासङ्घले सन् २०२६ को विश्वकप प्रतियोगिताअघि राष्ट्रिय फुटबल टोलीका केही व्यवस्थापकीय तथा कार्यकारी अधिकारीहरूलाई अमेरिकी प्रवेशा...
जेष्ठ २४ गते, २०८३ - १६:३४
काठमाडौँ। सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ। आइतबार दोस्रो सेमिफाइनमाल मल...
जेष्ठ २४ गते, २०८३ - १५:४३
सङ्खुवासभा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला सभापतिमा भक्तनारायण श्रेष्ठ चयन भएका छन्। प्रथम जिल्ला अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नय...
जेष्ठ २४ गते, २०८३ - १५:३२
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताएको छिन् । आइतबा...
जेष्ठ २४ गते, २०८३ - १५:१६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिवेशनमार्फत १८ जिल्लामा नयाँ कार्यसमिति चयन गरेको छ । यो समाचार तयार गर्दासम्म बागमती प्रदेशका ...
जेष्ठ २४ गते, २०८३ - १५:०३
काठमाडौं । सरकारले हाल लागू रहेको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था हटाउने तयारी गरेको छ। शनिबार र आइतबार दिइँदै आएको बिदा प्रभावकारी नभएको...



प्रतिकृया लेख्नुहोस्: