Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

रोहित पौडेल : टी-२० क्रिकेट विश्वकपमा कान्छा कप्तानको प्रदर्शनको पर्खाइ

खबरडबली संवाददाता

काठमाडौं । एक समय थियो, जब पूर्व कप्तान ज्ञानेन्द्र मल्ल रोहित पौडेल क्यानको खेलाडी वर्गीकरणमा किन परेनन् भनेर आन्दोलनमा उत्रिएका थिए।

त्यो आन्दोलनले ज्ञानेन्द्रको कप्तानी नै खोसियो। तर समय यति छिटो बदलियो कि दुई वर्षको बीचमा उनै रोहितले नेपाली टोलीका कप्तानको जिम्मेवारी सम्हालेर एकपछि अर्को सफलता दिलाएका छन्।

यसमा समय, परिस्थिति, राजनीति वा उनको भाग्य जस्ता विषयहरू पनि जोडिएको मान्नेहरू छन्।

ज्ञानेन्द्रभन्दा पछाडि सन्दीप लामिछाने कप्तान बने। तर उनी आफै बलात्कार मुद्दामा मुछिए। टोलीमा सिनियर तथा कप्तान बन्न योग्य खेलाडीहरू नभएका होइनन्, तर नवलपरासी वरघाटका यी युवाको भागमा कप्तानीको गहन जिम्मेवारी पर्‍यो।

उनी कप्तान के बनेका थिए, नेपाली क्रिकेटलाई उनको नेतृत्वको झन्डै दुई वर्षमा राष्ट्रिय टोली र रोहित आफैँले सफलताका थुप्रै कीर्तिमानहरू रच्न भ्याइसकेका छन्।

उनको कप्तानीमा नेपालले विश्वकप लीग-२ मा शानदार पुनरागमन सहित एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) जोगायो।

एसीसी प्रिमियम कपको फाइनलमा पुग्दै एसिया कपमा पहिलो पटक छानिएर भारत र पाकिस्तान जस्तो टेस्ट राष्ट्र सँग खेल्यो।

अनि युएईलाई हराउँदै १० वर्षपछि आइसीसी मेन्स टी-२० क्रिकेट विश्वकपमा छनोट भयो।

रोहितको नेतृत्वमा हात परेका यी उपलब्धिहरू राष्ट्रिय टोलीका खेलाडी, समर्थक र क्यान पदाधिकारीहरूका लागि पनि अपत्यारिलो थियो।

र, अहिले रोहित पौडेल अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्ने नवौँ संस्करणका कान्छो कप्तान बनेका छन्।

सन् २०१६ को रियो ओलिम्पिक्समा पौडीकी गौरिका सिंह सबैभन्दा कान्छी खेलाडी बनेर चर्चित भएकी थिइन्।

कान्छो कप्तान हुनु उपलब्धि हो ?

जून महिनाको ४ तारिखमा द नेदरल्यान्डस् विरुद्धको विश्वकपको पहिलो खेलमा कप्तानी गर्दा रोहितको उमेर २१ वर्ष ९ महिना २ दिनको हुनेछ।

अधिकांश युवा कीर्तिमान रोहितकै नाममा छ। २० वर्षकै उमेरमा एक दिवसीय टोलीको कप्तानी गर्ने कीर्तिमान रोहित कै हो।

एसिया कपमा ऐतिहासिक एक दिवसीय प्रतिस्पर्धामा उत्रिँदा पनि रोहित कान्छा कप्तान बनेका थिए । उनी १५ वर्ष ३३५ दिनको उमेरमै एक दिवसीय खेल्ने छैटौँ युवा खेलाडी हुन् ।

कान्छो कप्तान हुनु नै उपलब्धि हुँदै होइन। अझ विश्वकप जस्तो विशाल प्रतिस्पर्धामा त पाका र अनुभवी खेलाडीहरूलाई नै टोलीले कप्तानीमा रोज्ने गर्छन्।

सहभागी अन्य १९ राष्ट्रलाई हेर्ने हो भने प्राय:ले पाका खेलाडीलाई नै टोलीको जिम्मेवारी सुम्पिएको छ। जस्तै भारतीय टोलीको कप्तानी ३७ वर्षका अनुभवी पाका खेलाडी रोहित शर्माको काँधमा छ।

विश्वकपका दाबेदार राष्ट्रहरू इङ्गल्यान्डका जस बटलर ३३ वर्ष, अस्ट्रेलियाका मिचेल मार्स ३२ वर्षका छन्। क्यानडाका कप्तान साद विन जफर र स्कटल्यान्डका रिची बेरिंगटन ३७ वर्षका छन्।

पपुवा न्युगिनीका असद भाला (३६ वर्ष), न्युजिल्यान्डका केन विलियम्सन र आयरल्यान्डका पाउल स्टर्लिङ (३३ वर्ष) यस विश्वकपमा अनुभवी कप्तानहरू हुन्।

रोहित पछिका युवा कप्तान भने अफगानिस्तानका रसिद खान र बाङ्ग्लादेशका नाजमुल हुसेन सान्तो हुन्। दुवै २५ वर्षका भए।

कान्छो कप्तान हुनुले विश्वकप जस्तो प्रतिस्पर्धामा देखिने दबाव झेल्न गाह्रो हुने हो कि भन्ने डर कतिपयलाई हुन सक्छ।

राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा भन्छन्, “युवा खेलाडीहरू खुलेर खेल्यो भने त्यसले सकारात्मक नतिजा दिन सक्ने सम्भावना पनि उतिकै रहन्छ।” यी दुवै उदाहरण विश्व क्रिकेटमा देख्न सकिन्छ।

मेहनती

रोहितले आफूलाई योग्य प्रमाणित गर्न कुनै मेहनत बाँकी राखेको देखिएको छैन। उनको नेतृत्वमा नेपालले जति उपलब्धि हात पारेका छन्, त्यसमा कतिपय खेलमा रोहितको ‘कप्तानी इनिङ’ लाई पनि महत्त्वपूर्ण ठान्छन्।

टी-२० विश्वकपमा छानिने युएई विरुद्धको निर्णायक सेमिफाइनलमा रोहितको त्यस्तै साहसिक कप्तानी पारी देखिएको थियो।

अहिले त आफ्नो खेलमा थप धार ल्याउँदै रोहितले राष्ट्रिय टोलीमा अभावको रूपमा रहेको ‘अफ स्पिनर’ को भूमिकामा पनि आफूलाई ‘सेट’ गरिरहेको देखिन्छ।

मज्जाको विषय के हो भने विश्वकपको पूर्व सन्ध्यामा उनको ब्याटिङ पनि धारिलो बनेको छ।

काठमान्डूमा वेस्ट इन्डिज ‘ए’ सँगको प्रतिस्पर्धामा शतक प्रहार गरेका रोहित ‘वान म्यान आर्मी’ जसरी नै प्रस्तुत भएका थिए। रोहित मात्र होइन, नेपाली टोलीमा युवा खेलाडीहरूकै बाहुल्यता छ।

हुन त विश्वकपको पूर्व सन्ध्यामा रोहितलाई हटाउँदै अर्का खेलाडीलाई कप्तानीको जिम्मेवारी दिने चर्चा पनि खुबै चलेको थियो। तर त्यो विषय हल्लैमा सीमित हुन पुग्यो।

जे होस्, त्यो हल्ला होइन। विश्वकप सुरु हुनु अगाडि नै कान्छो कप्तानको रूपमा रोहितले चर्चा बटुलिसकेका छन्। त्यो चर्चालाई उत्कृष्ट प्रदर्शनमा बदल्न सफल होलान् भन्ने धेरैको मनमा जिज्ञाशा छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्ड सचिवालयको प्रष्टीकरण- रास्वपासँग चुनावी सहकार्यको प्रस्ताव गरिएको छैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...

११ किलोको माला लगाएर ओलीलाई बधाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...

रास्वपासँग ठोस सहमति नजुटेपछि ‘देश विकास पार्टी’ सक्रिय पार्ने बालेनको तयारी

कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...

चुनावभन्दा संसद् पुनःस्थापनामा कांग्रेस-एमालेको कसरत

काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...

सरकारले किन सार्वजनिक गरेन मन्त्रीहरूको सम्पत्ति विवरण ?

काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...

त्रिविको ५१ औँ दीक्षान्त समारोह आज, ८९ हजार उत्तीर्ण विद्यार्थीमध्ये १६ हजार मात्रै दीक्षित हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ।   विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...

उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending