Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

रोहित पौडेल : टी-२० क्रिकेट विश्वकपमा कान्छा कप्तानको प्रदर्शनको पर्खाइ

खबरडबली संवाददाता

काठमाडौं । एक समय थियो, जब पूर्व कप्तान ज्ञानेन्द्र मल्ल रोहित पौडेल क्यानको खेलाडी वर्गीकरणमा किन परेनन् भनेर आन्दोलनमा उत्रिएका थिए।

त्यो आन्दोलनले ज्ञानेन्द्रको कप्तानी नै खोसियो। तर समय यति छिटो बदलियो कि दुई वर्षको बीचमा उनै रोहितले नेपाली टोलीका कप्तानको जिम्मेवारी सम्हालेर एकपछि अर्को सफलता दिलाएका छन्।

यसमा समय, परिस्थिति, राजनीति वा उनको भाग्य जस्ता विषयहरू पनि जोडिएको मान्नेहरू छन्।

ज्ञानेन्द्रभन्दा पछाडि सन्दीप लामिछाने कप्तान बने। तर उनी आफै बलात्कार मुद्दामा मुछिए। टोलीमा सिनियर तथा कप्तान बन्न योग्य खेलाडीहरू नभएका होइनन्, तर नवलपरासी वरघाटका यी युवाको भागमा कप्तानीको गहन जिम्मेवारी पर्‍यो।

उनी कप्तान के बनेका थिए, नेपाली क्रिकेटलाई उनको नेतृत्वको झन्डै दुई वर्षमा राष्ट्रिय टोली र रोहित आफैँले सफलताका थुप्रै कीर्तिमानहरू रच्न भ्याइसकेका छन्।

उनको कप्तानीमा नेपालले विश्वकप लीग-२ मा शानदार पुनरागमन सहित एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) जोगायो।

एसीसी प्रिमियम कपको फाइनलमा पुग्दै एसिया कपमा पहिलो पटक छानिएर भारत र पाकिस्तान जस्तो टेस्ट राष्ट्र सँग खेल्यो।

अनि युएईलाई हराउँदै १० वर्षपछि आइसीसी मेन्स टी-२० क्रिकेट विश्वकपमा छनोट भयो।

रोहितको नेतृत्वमा हात परेका यी उपलब्धिहरू राष्ट्रिय टोलीका खेलाडी, समर्थक र क्यान पदाधिकारीहरूका लागि पनि अपत्यारिलो थियो।

र, अहिले रोहित पौडेल अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्ने नवौँ संस्करणका कान्छो कप्तान बनेका छन्।

सन् २०१६ को रियो ओलिम्पिक्समा पौडीकी गौरिका सिंह सबैभन्दा कान्छी खेलाडी बनेर चर्चित भएकी थिइन्।

कान्छो कप्तान हुनु उपलब्धि हो ?

जून महिनाको ४ तारिखमा द नेदरल्यान्डस् विरुद्धको विश्वकपको पहिलो खेलमा कप्तानी गर्दा रोहितको उमेर २१ वर्ष ९ महिना २ दिनको हुनेछ।

अधिकांश युवा कीर्तिमान रोहितकै नाममा छ। २० वर्षकै उमेरमा एक दिवसीय टोलीको कप्तानी गर्ने कीर्तिमान रोहित कै हो।

एसिया कपमा ऐतिहासिक एक दिवसीय प्रतिस्पर्धामा उत्रिँदा पनि रोहित कान्छा कप्तान बनेका थिए । उनी १५ वर्ष ३३५ दिनको उमेरमै एक दिवसीय खेल्ने छैटौँ युवा खेलाडी हुन् ।

कान्छो कप्तान हुनु नै उपलब्धि हुँदै होइन। अझ विश्वकप जस्तो विशाल प्रतिस्पर्धामा त पाका र अनुभवी खेलाडीहरूलाई नै टोलीले कप्तानीमा रोज्ने गर्छन्।

सहभागी अन्य १९ राष्ट्रलाई हेर्ने हो भने प्राय:ले पाका खेलाडीलाई नै टोलीको जिम्मेवारी सुम्पिएको छ। जस्तै भारतीय टोलीको कप्तानी ३७ वर्षका अनुभवी पाका खेलाडी रोहित शर्माको काँधमा छ।

विश्वकपका दाबेदार राष्ट्रहरू इङ्गल्यान्डका जस बटलर ३३ वर्ष, अस्ट्रेलियाका मिचेल मार्स ३२ वर्षका छन्। क्यानडाका कप्तान साद विन जफर र स्कटल्यान्डका रिची बेरिंगटन ३७ वर्षका छन्।

पपुवा न्युगिनीका असद भाला (३६ वर्ष), न्युजिल्यान्डका केन विलियम्सन र आयरल्यान्डका पाउल स्टर्लिङ (३३ वर्ष) यस विश्वकपमा अनुभवी कप्तानहरू हुन्।

रोहित पछिका युवा कप्तान भने अफगानिस्तानका रसिद खान र बाङ्ग्लादेशका नाजमुल हुसेन सान्तो हुन्। दुवै २५ वर्षका भए।

कान्छो कप्तान हुनुले विश्वकप जस्तो प्रतिस्पर्धामा देखिने दबाव झेल्न गाह्रो हुने हो कि भन्ने डर कतिपयलाई हुन सक्छ।

राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा भन्छन्, “युवा खेलाडीहरू खुलेर खेल्यो भने त्यसले सकारात्मक नतिजा दिन सक्ने सम्भावना पनि उतिकै रहन्छ।” यी दुवै उदाहरण विश्व क्रिकेटमा देख्न सकिन्छ।

मेहनती

रोहितले आफूलाई योग्य प्रमाणित गर्न कुनै मेहनत बाँकी राखेको देखिएको छैन। उनको नेतृत्वमा नेपालले जति उपलब्धि हात पारेका छन्, त्यसमा कतिपय खेलमा रोहितको ‘कप्तानी इनिङ’ लाई पनि महत्त्वपूर्ण ठान्छन्।

टी-२० विश्वकपमा छानिने युएई विरुद्धको निर्णायक सेमिफाइनलमा रोहितको त्यस्तै साहसिक कप्तानी पारी देखिएको थियो।

अहिले त आफ्नो खेलमा थप धार ल्याउँदै रोहितले राष्ट्रिय टोलीमा अभावको रूपमा रहेको ‘अफ स्पिनर’ को भूमिकामा पनि आफूलाई ‘सेट’ गरिरहेको देखिन्छ।

मज्जाको विषय के हो भने विश्वकपको पूर्व सन्ध्यामा उनको ब्याटिङ पनि धारिलो बनेको छ।

काठमान्डूमा वेस्ट इन्डिज ‘ए’ सँगको प्रतिस्पर्धामा शतक प्रहार गरेका रोहित ‘वान म्यान आर्मी’ जसरी नै प्रस्तुत भएका थिए। रोहित मात्र होइन, नेपाली टोलीमा युवा खेलाडीहरूकै बाहुल्यता छ।

हुन त विश्वकपको पूर्व सन्ध्यामा रोहितलाई हटाउँदै अर्का खेलाडीलाई कप्तानीको जिम्मेवारी दिने चर्चा पनि खुबै चलेको थियो। तर त्यो विषय हल्लैमा सीमित हुन पुग्यो।

जे होस्, त्यो हल्ला होइन। विश्वकप सुरु हुनु अगाडि नै कान्छो कप्तानको रूपमा रोहितले चर्चा बटुलिसकेका छन्। त्यो चर्चालाई उत्कृष्ट प्रदर्शनमा बदल्न सफल होलान् भन्ने धेरैको मनमा जिज्ञाशा छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै

सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...

सिँचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...

देउवा अब नेपाल फर्किएलान् ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...

निर्वाचन हारबारे नेकपाको समीक्षा- पश्चिमा प्रभाव र आन्तरिक कमजोरी दुवै जिम्मेवार

एमालेसँगको सम्भावित एकताबारे पनि छलफल

बादलको अभिव्यक्तिले गर्माएको एमाले

काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...

यसरी चलाएका थिए भट्टले ‘बिचौलिया साम्राज्य’

सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending