Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

टी-२० विश्वकप : पीएनजीलाई वेष्टइन्डिजले ५ विकेटले हरायो

खबरडबली संवाददाता

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटान सहआयोजक वेस्ट इण्डिजले विजयी सुरुआत गरेको छ। घरेलु मैदान प्रोभिडेन्स स्टेडियम गायनामा आइतबार राति भएको खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५ विकेटले हराउँदै वेष्ट इण्डिजले विजयी सुरुआत गरेको हो।​ 

पीएनजीले दिएको १ सय ३७ रनको लक्ष्य वेस्ट इण्डिजले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।  वेस्ट इण्डिजका लागि रोस्टन चेसले नटआउट ४२,  ब्रान्डन किंगले ३४, निकोलस पुरनले २७, आन्द्रे रसेलले नटआउट १५ र कप्तान रोभमन पावेलले पनि १५ रन बनाए।

बलिङतर्फ पीएनजीका लागि कप्तान असद भालाले २ तथा अलेई नाओ र चाद सोपर र जोन कारिकोले समान १/१ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो। ​​ पीएनजीका लागि सेसे बाउले ५०, किप्लिन डोरिगा ले नटआउट २५, असद भालाले २१ रन‚ चार्ल्स अमिनीले १२ रन र चाड सोपरले १० रन बनाए।

बलिङतर्फ वेष्ट इण्डिजका आन्द्रे रसेल र अल्जारी जोसेफले २र२ तथा अकिल होसेन‚ रोमारियो सेफर्ड र गुडाकेश मोतीले समान १/१ विकेट लिए।

आइतबार अमेरिकामा भएको उद्घाटन खेलमा घरेलु टोली अमेरिकाले क्यानडालाई हराउँदै विजयी सुरुआत गरेको थियो।

प्रतियोगिता अन्तरगत आज २ खेल हुनेछन्।  बिहान सवा ६ बजे सुरु हुने खेलमा ओमान र नामिबिया भिड्नेछन्। आजै राति सवा ८ बजे दक्षिण अफ्रिका र श्रीलंका आमनेसामने हुनेछन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै

सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...

सिँचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...

देउवा अब नेपाल फर्किएलान् ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...

निर्वाचन हारबारे नेकपाको समीक्षा- पश्चिमा प्रभाव र आन्तरिक कमजोरी दुवै जिम्मेवार

एमालेसँगको सम्भावित एकताबारे पनि छलफल

बादलको अभिव्यक्तिले गर्माएको एमाले

काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...

यसरी चलाएका थिए भट्टले ‘बिचौलिया साम्राज्य’

सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending