Khabar Dabali १ भाद्र २०८३ सोमबार | 17th August, 2026 Mon
Investment bank

२५ विधामा अवार्ड प्रदान गर्दै ७ औं सिने सर्कल अवार्ड सम्पन्न

खबरडबली संवाददाता

काठमाडौं । नेपाली चलचित्रको अवार्डको अबस्था खस्की रहेको बेला चलचित्रकर्मीलाई नै गर्वको महसुस हुनेगरी काठमाडौंमा भव्यताका साथ ‘एलजी ७ औं सिने सर्कल अवार्ड – २०८०’ सम्पन्न भएको छ । काठमाडौंको अर्मी अफिसर्स क्लबमा शुक्रबार बेलुका यो अवार्ड सम्पन्न भएको हो । समारोहमा विभिन्न २५ विधामा अवार्ड प्रदान गरियो ।

नेपाली सैनिक कलाकारद्धारा विभिन्न नेपाली चलचित्रमा अर्केष्ट्रा धुन प्रस्तुतिसँगै शुरु भएको यो अवार्ड समारोहको सञ्चालन कार्यक्रम आयोजक तथा सिनेमा सर्कल नेपालका अध्यक्ष निर्देशक डिसीले गरेका थिए । सिनेमा सर्कल नेपालका संरक्षक तथा चौधरी समूहका प्रवन्ध निर्देशक वरुण चौधरीले अवार्डको महत्वबारे प्रकाशपार्दै स्वागत मन्तव्य राखेका थिए ।

नेपाली चलचित्र क्षेत्रमा क्यामेराको पछाडी रहेर निरन्तर योगदान दिएको भन्दै दुई अग्रज प्राविधिकलाई समारोहमा दुई अग्रज प्राविधिकलाई दीर्घ साधना सम्मानबाट सम्मानित गरियो । जनही ५१ हजार रुपैयाँ सहित चलचित्र सम्पादक नरेन्द्र खडका र चलचित्र मेकअप कलाकार अशोक रोकालाई दीर्घ साधना सम्मानबाट सम्मानित गरियो ।

 अग्रज अभिनेत्रीहरु भुवन चन्द, बसुन्धरा भुसाल, चैत्य देवी, अग्रज संगीतकार शम्भुजीत बासकोटा, अग्रज अभिनेता शिब श्रेष्ठ, अर्जुन जँग शाही, सन्तोष पन्त, सरोज खनाल, चलचित्र सम्बन्धि करिब एक दर्जन संघ संस्थाका अध्यक्षहरुलगायतले यो सम्मान सँयुक्त रुपमा प्रदान गरे । आफुहरुले जहिले पनि पर्दा पछाडी रहेर काम गर्ने अग्रज चलचित्रकर्मीलाई दीर्घ साधाना सम्मान प्रदान गर्दै आएको अवार्ड आयोजक दिनेश डिसीले कार्यक्रममा प्रकाश पारे ।

यो अवार्ड समारोहमा सम्पन्न अवार्ड समारोहमा यसपटक निश्चल बस्नेतको चलचित्र दिमाग खराबले सर्वाधिक अवार्ड जित्यो । यो चलचित्रले उत्कृष्ट चलचित्रको अवार्ड सहित पाँच अवार्ड पायो । जसमा यही फिल्मबाट निर्देशकको अवार्ड निश्चल बस्नेतले, अभिनेत्रीको अवार्ड स्वस्तिमा खड्काले, छायाँकारको अवार्ड सुसन प्रजापतिले र सम्पादकको अवार्ड निमेश श्रेष्ठले प्राप्त गरे ।  उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र अगस्तेबाट सौगात मल्लले चुमे भने चलचित्र अगस्तेबाटै उत्कृष्ट खल चरित्रको अवार्ड प्रमोद अग्रहरीले र अगस्तेबाटै द्धन्द्ध निर्देशकको अवार्ड श्री श्रेष्ठले हाँसिल गरे ।

यसैगरी २०८० मा राम्रो व्यापार गर्न सफल चलचित्र जारीले पनि अवार्डमा राम्रो पकड जमायो । जारीबाट उपेन्द्र सुब्बाले उत्कृष्ट नव निर्देशक र उत्कृष्ट स्कृनप्ले राईटरको अवार्ड हाँसिल गरे । जारीले नै वर्षको बक्स अफिसमा वर्षको सर्वाधिक व्यापार गर्ने चलचित्रको अवार्ड प्राप्त ग¥यो भने जारीबाटै दयाहाङ राई र मिरुना मगरले उत्कृष्ट अन स्क्रिन जोडीको अवार्ड चुमे ।

गीत संगीत तर्फ उत्कृष्ट संगीतकारको अवार्ड चलचित्र बगानका लागि संगीतकार सुवास भुसालले, पाश्र्व गायिकाको अवार्ड बगानबाटै गायिका अन्जु पन्तले र पाश्र्व गायकको अवार्ड चलचित्र प्ररदेशी २ बाट  निशान भट्टराईले प्राप्त गरे । यस्तै उत्कृष्ट कोरियोग्राफरको अवार्ड चलचित्र नाँगो गाउँको सुन सुन गीतबाट रामजी लामिछानेले, उत्कृष्ट भीएफएक्सको अवार्ड चलचित्र उपहारबाट अनुपम गौतम शर्माले, उत्कृष्ट पोस्टर डिजाइनरको अवार्ड चलचित्र बुलाकीबाट राकेश दाहालले, उत्कृष्ट ट्रेलरको अवार्ड चलचित्र काँडेतारबाट बन्दे प्रसादले र उत्कृष्ट स्टन्टको अवार्ड पनि चलचित्र काँडेतारबाटै लक्ष्मण सेन्चुरीले पाए ।

यसपटक समारोहमा क्रिटिक्स अवार्ड अभिनेताको अवार्ड चलचित्र बुलाकीबाट अभिनेता नरेन खड्काले र अभिनेत्रीको अवार्ड चलचित्र बुलाकीबाटै अभिनेत्री सुरक्षा पन्तले र निर्देशकको अवार्ड चलचित्र अन्तिम संस्कारबाट प्रदीप शाहीले पाए । यस्तै ट्रेण्ड सेटर्स अवार्ड चलचित्र निर्देशक रामबाबु गुरुङ र अर्का चलचित्र निर्देशक प्रदीप भट्टराईलाई प्रदान गरियो । रामबाबुलाई कबड्डी जस्ता ग्रामिण परिवेशका सफल चलचित्र निर्माता र प्रदीपलाई सफल सामसामयिक हास्यप्रधान सामाजिक चलचित्र निर्माणका लागि यी अवार्ड प्रदान गरिएको अवार्ड आयोजक संस्था सिने सर्कल नेपालका अध्यक्ष दिनेश डिसीले बताए ।

अवार्ड समारोहमा गायक यम बराल, गायिका देविका बन्दना, नेपाल आर्मीका कलाकार र चलचित्र पुराज सार्कीका कलाकारको गीत संगीत प्रस्तुतिसँगै विभिन्न कलाकारको नृत्य रह्यो । यी प्रस्तुतिले सिने सर्कल अवार्ड समारोह संगीतमय बनेको थियो । यो अवार्डको निर्णायकमा चलचित्र निर्देशक कलाकार मोहन निरौला, संगीतकार सुरेश अधिकारी, द्धन्द्ध निर्देशक एनवी महर्जन, सञ्चारकर्मी कृष्ण भट्टराई थिए ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीको ‘आवारा’ टिप्पणीले एमालेभित्र तरंग, नेतृत्वमाथिको असन्तुष्टि झन् सतहमा

काठमाडौँ  । जेन–जी आन्दोलनपछि सत्ताबाट बाहिरिएको, निर्वाचनमा धक्का व्यहोरेको र पार्टीभित्रै नेतृत्वमाथि प्रश्न उठिरहेका बेला नेकपा एमाले अध्यक्ष केपी ...

‘आवारा’पछि ओलीको अर्को कटाक्ष : आफ्नै नेता–कार्यकर्तालाई दिए ‘किर्ना’को संज्ञा

झापा, भदौ १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केही नेता–कार्यकर्तालाई ‘किर्ना’को संज्ञा दिएका छन्। पार्टी अध्यक्षबाट आफूलाई हटाउन खोज्...

कोशी सरकारमा नेकपा प्रवेश गर्दै, चार मन्त्रीलाई आजै शपथ

मोरङ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको तीनबुँदे सहमतिअनुसार कोशी प्रदेश सरकार सोमबार विस्तार हुने भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्...

नेपाली श्रमिकका लागि प्रमुख गन्तव्यमा ‘सेल्टर हाउस’ बनाउन सरकारसँग एनआरएनएको माग

गोन्जाउ । गैरआवासीय नेपाली संघले नेपाली श्रमिकको संख्या धेरै रहेका मुलुकमा समस्यामा परेका श्रमिकको तत्काल उद्धार तथा सुरक्षित बसोबासका लागि ‘सेल्टर हा...

सङ्घीय संसद्का दुवै सदन बस्दै, विभिन्न विधेयक कार्यसूचीमा

काठमाडौँ   । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक १ः१५ बजे सिंहदर...

किन गरिन्छ नागको पूजा ? नागपञ्चमीसँग जोडिएका धार्मिक विश्वास र किंवदन्ती

काठमाडौँ  । नागपञ्चमी पर्व आज देशभर नागको पूजा–आराधना गरी मनाइँदै छ। श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा घरको मूलढोकामा विधिपूर्वक नागको तस्बिर...

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै, साना दलको समर्थन निर्णायक

काठमाडौँ  । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मु...

नागपोखरीमा नागदेवताको पूजा, दर्शन गर्न सर्वसाधारणको भीड

काठमाडौँ  । श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी पर्वका अवसरमा काठमाडौँको नागपोखरीमा सोमबार नागदेवताको पूजा–आराधना गरिएको छ। नागपञ्चमीका अवसरमा नागपो...

कोशीटप्पुको निगुरो कालीमाटीमा, स्थानीयलाई मासिक लाखौँ आम्दानी

सुनसरी  । सुनसरीको कोशीटप्पु क्षेत्रमा पाइने निगुरो स्थानीय बासिन्दाका लागि आम्दानीको भरपर्दो स्रोत बन्दै गएको छ। जङ्गल तथा खुला क्षेत्रमा पाइने निगुर...

देशभर मनसुनी वायुको प्रभाव, पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

काठमाडौँ  । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपाल ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending