रौतहट । उपचार छोडेर पूजापाठ र ध्यानमा लागेका रौतहटको पूर्वीभेग गढीमाई नगरपालिका-८ का वडाध्यक्ष रामाज्ञाप्रसाद यादवको निधन भएको छ । ५५ वर्षीय अध्यक्ष यादवको उपचारको क्रममा शनिवार राति क्यान्सर अस्पताल भरतपुरमा मृत्यु भएको गढीमाईका मेयर श्यामबाबु यादवले बताए । मलद्वारमा क्यान्सर रोगले ग्रस्त उनी उपचारको लागि पछिल्लो एक वर्षदेखि भरतपुर अस्पतालमा भर्ना रहेका थिए।
लामो समयदेखि भगन्दर रोगबाट ग्रसित यादवलाई दुई वर्षअघि क्यान्सर रोग लागेको भरतपुर क्यान्सर अस्पतालले पुष्टि गरेको थियो । त्यसको एक वर्ष लगातार क्यान्सर रोगको उपचार गराएका वडाध्यक्ष यादव धनाधन सतगुरुको गरुडास्थित आश्रममा लागेका थिए।
आश्रमका गुरुको सल्लाह अनुसार उनले क्यान्सर रोगको उपचार छोडेर एक वर्षबढी समयदेखि पूजापाठ र ध्यानमा लागेपछि उनको अवस्था नाजुक भएको थियो। त्यसपछि उनलाई पुनः उपचारको लागि क्यान्सर अस्पताल भरतपुरमा भर्ना गरिएको मेयर यादवले जानकारी दिए।
मृतकको शव आजै ल्याएर गढीमाई नगरपालिकास्थित बागमती नदी किनारमा अन्तेष्टि गरिने गढीमाई नगरपालिकाले जनाएको छ । क्यान्सर रोग लागेका जनप्रतिनिधिजस्ता जिम्मेवार मानिस पूजापाठ र ध्यान जस्ता अन्धविश्वासमा लागेर ज्यान गुमाउनु ठूलो बिडम्बना रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...
पौष ११ गते, २०८२ - २१:४९
सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...
पौष ११ गते, २०८२ - २१:२४
अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा
पौष ११ गते, २०८२ - २१:११
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...
पौष ११ गते, २०८२ - २१:०८
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...
पौष ११ गते, २०८२ - २१:०४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...
पौष ११ गते, २०८२ - २०:५४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...
पौष ११ गते, २०८२ - २०:२०
काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...
पौष ११ गते, २०८२ - २०:०५
काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...
पौष ११ गते, २०८२ - २०:०४
धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...




प्रतिकृया लेख्नुहोस्: