Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

आइपिएलमा कुन कुन खेलाडीले के के अवार्ड पाए ?

खबरडबली संवाददाता

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल० ले नयाँ च्याम्पियन पाएको छ । गएराती सम्पन्न फाइनल खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक उपाधि जितेको हो । 

कोलकोताले उपाधि जितेकोमा २० करोड भारु पुरस्कार पाएको छ । उपविजेता सनराइजर्सले १२ करोड ५० लाख भारु नगद पुरस्कार पाएको छ ।  त्यस्तै तेस्रो स्थानमा रहेको राजस्थान रोयल्सले ७ करोड र चौथो स्थानमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरले ६ करोड ५० लाख भारु नगद पाएको छ ।

फाइनल खेलेका कोलकाता र हैदरावादका खेलाडीले व्यक्तिगत ९ मध्ये ६ अवार्ड जितेका छन् । सुनिल नारायणले सर्वाधिक २ अवार्ड पाए । त्यस्तै यस आइपिएलमा सर्बाधिक ७४१ रन बनाएका बैंगलुरुबाट खेलेका विराट कोहलीले ओरेन्ज क्याप जितेका छन् ।

त्यस्तै यस सिजनमा सर्बाधिक २४ विकेट लिएका पञ्जावबाट खेलेका हर्षल पटेलले पर्पल क्याप पाए । त्यस्तै प्रतियोगितामा ४८८ रन र २१ विकेट लिएका कोलकोताबाट खेलेका सुनिल नारन प्लेयर अफ द टुर्नामेन्ट बने । त्यस्तै यस सिजनको इमर्जिङ प्लेयर अफ द सिजनको उपाधि सनराइजर्सका नितिश रेड्डीले जितेका  छन् । उनले यस सिजनमा ३०३ रन बनाए भने ३ विकेट समेत लियका थिए ।

त्यस्तै यस सिजनमा सनराइजर्सका अभिषेक शर्माले सर्बाधिक ४२ छक्का प्रहार गरेका थिए भने सनराइजर्सकै ट्राभिस हेडले सर्बाधिक ६४ चौका प्रहार गरेका थिए ।

त्यसैगरी कोलकोताका रामनदीप सिंहले लखनउविरुद्ध लिएको क्याच प्रतियोगिताकै उत्कृष्ट क्याच बनेको थियो । उनले लखनउका ब्याट्सम्यान अर्शिन कुलकर्नीलाई सो क्याच लिएर आउट गरेका थिए ।

त्यसैगरी यस सिजनमा अल्टिमेट फेन्टासी प्लेयर सुनिल नारन बने भने उत्कृष्ट स्ट्राइकरेट दिल्लीबाट खेलेका ज्याक फ्रेजर म्यागर्कको रहेको थियो । उनले २३४।०४ को स्ट्राइकरेटले ९ खेलमा ३३० रन बनाएका थिए ।

सबै व्यक्तिगत अवार्ड विजेतालाई १०(१० लाख भारु नगद पुरस्कार दिइएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली राजमार्गमा दुर्घटना : नौ दिनपछि चालकको शव भेटियो

दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतडामा असार १८ गते कर्णाली नदीमा खसेको मिनीबसका चालक तुलाराम सुवेदीको शव दुर्घटनाको नौ दिनपछि अछ...

जलेको अवस्थामा अस्पताल भर्ना भएका रावतको निधन

काठमाडौँ। बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलनबाट मृत्यु भएको छ । वीर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।  अस्पतालको  जलन उपचार केन्द्र...

बझाङमा जीप दुर्घटना : ३ जनाको मृत्यु, १३ घाइते, ७ जनाको अवस्था गम्भीर

धनगढी। बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। जिल्ला प्रहरी क...

भेनेजुएलामा दोहोरो भूकम्पबाट मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

काराकस । भेनेजुएलामा आएको दोहोरो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ। भेनेजुएला सरकारले भूकम्पका कारण हालसम्म ४ हजार ११८ जनाको...

घोराहीका शिक्षा अधिकृत बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार, वडा सदस्यमाथि आरोप

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार गरिएको छ। घोराही–१५ का वडा सदस्य लेखनाथ...

बुद्धनगरमा आत्मदाह प्रयास गरेका आश्विन राउतको अवस्था गम्भीर, आईसीयूमा राखेर उपचार हुँदै

काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको अवस्था गम्भीर रहेको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको छ भ...

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

  काठमाडौँ। निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेको छिन् । यसअघिका कार्यवा...

धनुषाको मिथिला नगरपालिकामा खानेपानी आयोजनाको ट्रान्सफर्मर चोरी, ७ सय धारामा पानी आपूर्ति अवरुद्ध

ढल्केबर । धनुषाको मिथिला नगरपालिका–२ नकटाझिजस्थित खानेपानी आयोजनामा जडान गरिएको विद्युतीय ट्रान्सफर्मर शुक्रबार राति चोरी भएको छ। ट्रान्सफर्मर चोरी भए...

कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा बाढी पस्यो, डुबे लत्ताकपडा, नष्ट भए औषधि

काठमाडौं । काठमाडौं महानगर क्षेत्रबाट हटाइएका सुकुमवासी परिवारलाई अस्थायी रूपमा राखिएको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा शुक्रबार मध्यराति ब...

इजाजतपत्र नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको लाइसेन्स स्वतः खारेज

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र समयमै नवीकरण नगर्ने ४४ वटा फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको जनाएको छ। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending