Khabar Dabali १ भाद्र २०८३ सोमबार | 17th August, 2026 Mon
Investment bank

दर्जनौं अवैध अस्पताल सञ्चालनमा हुँदा पनि हुँदैन अनुगमन

खबरडबली संवाददाता

रौतहट । रौतहटमा मापदण्ड पूरा नगरी खोलिएका दर्जनौं निजी अवैध अस्पतालहरूमा झोले डाक्टरहरूले उपचार गरी सयौं नेपालीको ज्यानसँग खेलवाड गरिरहेका छन । उनीहरूले उपचारको नाममा त्यस्ता अस्पतालमा बिरामीसँग लाखौं रुपैयाँ लुटिरहेका छन् ।

तर, नियमनकारी निकाय मौन बसेको गुनासो बढ्दै गएको छ। नियमनकारी कुनै पनि निकायबाट त्यस्ता अवैध अस्पतालहरूको अनुगमन/निरीक्षण भएको देखिएको छैन ।

त्यसको ज्वलन्त उदाहरणको रुपमा रहेको छ शिवनगरस्थित आनन्द हस्पिटल। जिल्लाको मध्यभाग गरुडा नगरपालिका शिवनगरमा रहेको उक्त अस्पताल वर्षौंदेखि अवैध रूपमा मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको छ।

उक्त अस्पतालमा प्यारालाइसिस पक्षाघात (लकवा) रोगको ग्यारेन्टी उपचारको नाममा झोले डाक्टर उमेशप्रसाद जैसवालले प्रत्येक बिरामीसँग एकदेखि डेढ लाख रुपैयाँसम्म लुट्दै आएका छन्।

तर नियमनकारी कुनै पनि निकायले हालसम्म नियमन/अनुगमन गरेको छैन । स्थानीय प्रशासन, स्थानीय निकाय अथवा औषधी व्यवस्था विभाग वीरगन्ज मुकदर्शक बनेको छ।

आनन्द पोलिक्लिनिक एक्युपञ्चर शिवनगरले २०७३ साउन १९ गते जिल्ला स्वास्थ्य कार्यालय गौरबाट स्वीकृति लिएर २०७६ फागुन १३ गते गरुडा नगरपालिकामा नवीकरण गरेको तथ्यांक रहेको छ। तथ्यांकमा आनन्द पोलिक्लिनिक एक्युपञ्चर रहेको छ तर यथार्थमा आनन्द हस्पिटल प्रालि नाम राखेर वर्षौंदेखि सञ्चालन गर्दै झोले डाक्टर जैसवालले बिरामीहरूसँग लाखौं रकम लुट्दै आएका छन् ।

अस्पतालमा बेड राख्ने प्रक्रिया पूरा नै नगरी दर्जनौं बेड राखेर नक्कली डाक्टर उमेशप्रसाद जैसवालले बिरामीहरूको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा खेलवाड गरिरहेका छन् ।

स्थानीय स्रोतका अनुसार जैसवालले नियमनकारी निकायलाई पैसाको प्रभाव र राजनीतिक दबाबमा पारेर अहिलेसम्म बिरामीलाई उपचार गर्ने निहुँमा लुट्दै आएका छन्।

गाउँ-गाउँमा दलाल राखेर पक्षाघात (लकवा) भएका बिरामीहरूलाई आफ्नो हस्पिटलमा ल्याएर उपचारको नाममा उनले आर्थिक लुट मच्चाउँदै आएका छन्। झण्डै एक दशकदेखि नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको मापदण्ड विपरीत गैरकानुनी रुपमा हस्पिटल सञ्चालन गर्दै आएको स्थानीयहरूले बताएका छन्।

निजीस्तरको हस्पिटल सञ्चालन गर्न नेपाल सरकारको स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागद्वारा निर्धारण गरिएको परिपत्र अनुसार २८ वटा बुँदामा लेखिएका पूर्वाधार पूरा गर्नु पर्दछ । तर, बिनापूर्वाधार आनन्द हस्पिटल प्रालि गैरकानुनी रुपमा सञ्चालन रहँदा कुनै पनि निकायबाट कारबाही नगरेको स्थानीयहरूले गुनासो गर्दै आएका छन्।

आनन्द हस्पिटल एउटा उदाहरण मात्र हो, रौतहट जिल्लाको प्रायः सबै पालिकामा मापदण्ड विपरीत दर्जनौं निजी अस्पताल सञ्चालनमा रहेका छन् । अबैध रुपमा सञ्चालित त्यस्ता अस्पतालहरूमा एकातर्फ बिरामीको स्वास्थ्यसँग खेलवाड भइरहेको छ भने अर्कोतर्फ उपचारको नाममा बिरामीसँग लाखौं लाख असुल भइरहेको छ।

यस्तै, गुनासो आएपछि केही महिनाअघि जिल्ला प्रशासन र जिल्ला प्रहरीको संयुक्त टोलीले सुकदेव चौकस्थित एक निजी अस्पतालमा छापा मारी तीन जना भारतीय नक्कली डाक्टरलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको थियो।

पालिकाभित्र कसैले पनि बिना मापदण्ड पूरा गरी अस्पताल, क्लिनिक, मेडिकल सञ्चालन गरेर नागरिकको स्वास्थसँग खेलवाड गर्छ भने त्यस्तालाई कारबाहीको दायरामा ल्याउने अधिकार स्थानीय निकायसँग रहेको छ।

तर विभिन्न राजनीतिक प्रभावको कारण जिल्लाको १८ स्थानीय तहमध्ये प्रायः कुनै पनि पालिकाले अहिलेसम्म अनुगमनको पहल गरेको देखिएको छैन ।

रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गैरकानुनी रुपमा जिल्लामा सञ्चालनमा रहेका निजी अस्पतालहरूमा अनुगमन गर्ने पहिलो अधिकार स्थानीय निकायको रहेको बताएका छन् । तर, स्थानीय तहसँगै अन्य निकायले ध्यान नदिँदा जिल्ला प्रशासनबाट चाँडै अनुगमन सुरू गर्ने तयारी भइरहेको रेग्मीले जानकारी दिएका छन्।

शिक्षा र स्वास्थ्यजस्ता नागरिकसँग प्रत्यक्ष सरोकारको विषयमा स्थानीय प्रशासनसँगै स्थानीय निकायका प्रमुखहरूको पनि ध्यान जान जरुरी रहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीको ‘आवारा’ टिप्पणीले एमालेभित्र तरंग, नेतृत्वमाथिको असन्तुष्टि झन् सतहमा

काठमाडौँ  । जेन–जी आन्दोलनपछि सत्ताबाट बाहिरिएको, निर्वाचनमा धक्का व्यहोरेको र पार्टीभित्रै नेतृत्वमाथि प्रश्न उठिरहेका बेला नेकपा एमाले अध्यक्ष केपी ...

‘आवारा’पछि ओलीको अर्को कटाक्ष : आफ्नै नेता–कार्यकर्तालाई दिए ‘किर्ना’को संज्ञा

झापा, भदौ १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केही नेता–कार्यकर्तालाई ‘किर्ना’को संज्ञा दिएका छन्। पार्टी अध्यक्षबाट आफूलाई हटाउन खोज्...

कोशी सरकारमा नेकपा प्रवेश गर्दै, चार मन्त्रीलाई आजै शपथ

मोरङ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको तीनबुँदे सहमतिअनुसार कोशी प्रदेश सरकार सोमबार विस्तार हुने भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्...

नेपाली श्रमिकका लागि प्रमुख गन्तव्यमा ‘सेल्टर हाउस’ बनाउन सरकारसँग एनआरएनएको माग

गोन्जाउ । गैरआवासीय नेपाली संघले नेपाली श्रमिकको संख्या धेरै रहेका मुलुकमा समस्यामा परेका श्रमिकको तत्काल उद्धार तथा सुरक्षित बसोबासका लागि ‘सेल्टर हा...

सङ्घीय संसद्का दुवै सदन बस्दै, विभिन्न विधेयक कार्यसूचीमा

काठमाडौँ   । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक १ः१५ बजे सिंहदर...

किन गरिन्छ नागको पूजा ? नागपञ्चमीसँग जोडिएका धार्मिक विश्वास र किंवदन्ती

काठमाडौँ  । नागपञ्चमी पर्व आज देशभर नागको पूजा–आराधना गरी मनाइँदै छ। श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा घरको मूलढोकामा विधिपूर्वक नागको तस्बिर...

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै, साना दलको समर्थन निर्णायक

काठमाडौँ  । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मु...

नागपोखरीमा नागदेवताको पूजा, दर्शन गर्न सर्वसाधारणको भीड

काठमाडौँ  । श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी पर्वका अवसरमा काठमाडौँको नागपोखरीमा सोमबार नागदेवताको पूजा–आराधना गरिएको छ। नागपञ्चमीका अवसरमा नागपो...

कोशीटप्पुको निगुरो कालीमाटीमा, स्थानीयलाई मासिक लाखौँ आम्दानी

सुनसरी  । सुनसरीको कोशीटप्पु क्षेत्रमा पाइने निगुरो स्थानीय बासिन्दाका लागि आम्दानीको भरपर्दो स्रोत बन्दै गएको छ। जङ्गल तथा खुला क्षेत्रमा पाइने निगुर...

देशभर मनसुनी वायुको प्रभाव, पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

काठमाडौँ  । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपाल ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending