Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

भोजपुर– खोटाङ जोडिने कोट–पाँचधारे सडकखण्ड स्तरोन्नति हुँदै

खबरडबली संवाददाता

भोजपुर ।  भोजपुरलाई खोटाङ सदरमुकाम दिक्तेलसँग जोड्ने कोट–पाँचधारे सडकको स्तरोन्नति थालिएको छ । वर्षा याममा आवागमन नै अवरुद्ध हुने टेम्केमैयुङ गाउँपालिका–६ कोटक्षेत्रको सात किलोमिटर सडक स्तरोन्नति थालिएको हो ।     

सडकको मोड मिलाउने, ग्याविन जाली भर्ने, नाली कटाउने, अप्ठ्यारो ठाउँमा ढलान गर्ने, ग्राभेल गर्नेलगायतको काम भइरहेको छ । छ नम्बर वडा कार्यालयको पहलमा केन्द्र सरकारबाट विनियोजन भएको ८० लाख रूपैयाँ बजेटबाट पिखुवाखोला पुलबाट वडा नं ६ कार्यालयसम्मको सडक स्तरोन्नति थालिएको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए । पश्चिमी क्षेत्रको महत्त्वपूर्ण सडक रहेकाले प्राथमिकतासाथ काम अघि बढाएको उनले बताए । हालसम्म करिब ५० प्रतिशत काम सम्पन्न भएको छ ।     

सडक स्तरोन्नतिपछि कृषि उपज बजार पुर्याउन सहज हुने स्थानीय हरिकुमार राईले बताए । विगतका वर्षायाममा झै अब सास्ती खेप्नुनपर्नेमा उनी ढुक्क रहेका छन्  ।     


 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौंलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण मंगलबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका ...

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीद्वारा भेरी करिडोर अनुगमन

सुर्खेत । भौतिक पूर्वाधार तथा यातायाता एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भेरी करिडोर सडक आयोजनाको अगुगमन गरेका छन् । उनले जाजरकोटको भेरी...

महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा

महोत्तरी । महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । सदरमुकाम जलेश्वरमा मंगलबार आयोजित विपद् तयारी तथा ‘लजिस्टिक्स’ ...

जलवायु परिवर्तनले अष्ट्रेलियाका वन्यजन्तु र वातावरणमा तीव्र क्षति: प्रतिवेदन

काठमाडाैँ । अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए पनि जलवायु परिवर्तनका कारण वन्यजन्तु र प्राकृतिक वातावरणमा क्षति तीव्र रूपमा बढिरह...

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत । पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७५ वर्षीय पूर्णबहादुर दर्जीको आ...

निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने

काठमाडौँ ।  गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा ५९...

सुडान अस्पताल आक्रमणमा मृतक सङ्ख्या ७० पुग्यो : विश्व स्वास्थ्य सङ्गठन

काठमाडाैँ । पूर्व डारफुरस्थित एक अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ६४ बाट बढेर ७० पुगेको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार जनाएको छ । सङ्ग...

इनरुवामा फहराइयो नेपालकै अग्लो राष्ट्रिय झण्डा

काठमाडौं । सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ । इनरुवाको वडा नम्बर ७ मा निर्माणाधिन ग्रिन सिटी पार्क भित्र २ सय १० फिट अग्लो र...

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए...

भक्तपुर । भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी दुई सार्वजनिक बस एक आपसमा ठोक्किए । दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भयो ...

आगलागीबाट १० बिघामा लगाइएको उखु खेती नष्ट

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा करिब १० बिघा भन्दाबढी क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । रामनगर गाउँपा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: