Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

जुम्ला, बैतडी, गोरखा र कञ्चनपुरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

खबरडबली संवाददाता
काठमाडौँ । बैतडी, गोरखा र  कञ्चनपुरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदैछ ।
 
कञ्चनपुरका ३३ हजार नौ सय ४२ बालबालिकालाई पोलियोविरुद्धको आइपिभी खोप लगाइने छ । पाँच वर्ष मुनिका बालबालबालिकाई राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जेठ १३ गतेदेखि २६ सम्म सम्बन्धित पालिकाका विद्यालय र खोप केन्द्रमा खोप लगाईने भएको हो ।
 
खोप अभियानका लागि जिल्लामा एक सय ५३ स्वास्थ्यकर्मी र सात सय १० महिला स्वास्थ्य स्वयंसेविका गरी आठ सय ६३ जना परिचालन गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । यो खोप २०७१ सालदेखि लगाउन सुरु गरिएको हो । शुक्लाफाँटा नगरपालिकाका तीन हजार पाँच सय ८०, भीमदत्त नगरपालिकाका आठ हजार पाँच सय ६२, बेल्डाँडी गाउँपालिका एक हजार एक सय ७४, बेलौरी नगरपालिकाका दुई हजार सात सय ९३, लालझाडी गाँउपालिकाका एक हजार तीन ८१ बालबालिकालाई खोप लगाइने छ । पुनर्वास नगरपालिकाका चार हजार तीन सय ११, बेदकोट नगरपालिकाका तीन हजार दुई सय ३२, कृष्णपुर नगरपालिकाका पाँच हजार छ सय ६७ र दोधाचाँदनी नगरपालिकाका तीन हजार दुई सय ४२ बालबालिकालाई खोप लगाइने छ ।
 
जुम्लाका पाँच हजार आठ सय बालबालिकालाई पोलियोेविरुद्धको खोप लगाइने भएको छ । पहिलो चरणमा जेठ १३ गतेदेखि १५ गतेसम्म  पातारासी, गुठिचौर, चन्दननाथ र तातोपानीमा खोप अभियान सञ्चालन हुनेछ । दोस्रो चरणमा जेठ १८ गतेदेखि २० गतेसम्म तिला, हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा खोप अभियान सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । खोप अभियानअन्तर्गत २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका पाँचदेखि आठ वर्ष उमेर समूहका बालबालिकालाई मात्र खोप लगाइँनेछ ।
 
यसैबीच गोरखा समाचारदाताले जनाएअनुसार गोरखाका आठ हजारभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने भएको छ । जिल्लाका सबै पालिकामा जेठ १६ गते एकैसाथ खोप अभियान सञ्चालन गरी आठ हजार पाँच सय ३९ जना बालबालिकालाई  खोप लगाउने तयारी जारी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
 
एघार पालिका रहेको गोरखामा गोरखा नगरपालिकामा सबैभन्दा धेरै दुई हजार चार सय ८६ जना बालबालिकालाई खोप लगाइने छ । पालुङटार नगरपालिकामा एक हजार ९१, आरुघाट गाउँपालिकामा सात सय ३०, बारपाक सुलिकोट गाउँपालिकामा छ सय ६७ जना बालबालिकालाई खोप लगाइनेछ ।
 
गण्डकी गाउँपालिकामा छ सय ४१, धार्चे गाउँपालिकामा छ सय २८, सहिदलखन गाउँपालिकामा छ सय तीन,  सिरानचोक गाउँपालिकामा चार सय ९९, भीमसेन थापा गाउँपालिकामा चार सय ८५, अजिरकोट गाउँपालिकामा चार सय १२ र चुमनुब्री गाउँपालिकामा दुई सय ९७ जना बालबालिकालाई खोप लगाउने कार्यक्रम छ ।
 
खोप कार्यक्रम सञ्चालन गर्न जिल्लाभर दुई सय ५९ केन्द्र तोकिएको छ भने दुई सय ५९ जना स्वास्थ्यकर्मी र पाँच सय १८ जना स्वयंसेवक परिचालन गरिने छ । साथै एक सय २३ जना जनशक्ति पनि परिचालन गरिनेछ 
 
यसैगरी बैतडीका १३ हजार बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार जेठ १६ देखि २३ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनुसन्धान र आविष्कारका क्षेत्रमा कञ्जुस्याइँ नगरी सरकारले विकासमा जोड दिनुपर्छ: मन्त्री पुन

ललितपुर। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्...

पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने

काठमाडौँ। ओपनरद्वय साम हेजलेट र फाफडु प्लेसिस चम्किएपछि विराटनगर किङ्ग्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको क्वालिफायर–१ मा प्रवेश गरेको छ । त्र...

हाहुकै भरमा सरकार बन्दैन, चुनावपछि फेरि एमालेकै सरकार बन्छ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि राजनीतिक दलहरूकै सरकार बन्ने दाबी गरेका छन्। अहिले धेरैले ‘फेरि त्यही पुर...

दाङमा गोली चल्यो, सुन पसल सञ्चालक घाइते

बुटवल ।  दाङको लमहीमा गोली चल्दा एकजना घाइते भएका छन् । लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली ...

फिफा विश्वकप ड्र सार्वजनिक

काठमाडौँ। विश्व फुटबल महासङ्घ (फिफा) ले सन् २०२६ को विश्वकप फुटबलको ड्र सार्वजनिक गरेको छ । फिफाले अमेरिकाको वासिङ्टन डिसीमा शुक्रबार राति विश्वकप ड्र...

एनपीएलमा आजको दोस्रो खेल: चितवनले टस जितेर पहिले ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको आजको दोस्रो खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गरिरहेको छ। टस जितेका चितवनका कप्तान कुशल मल्लले पहिला ब्याटि...

उपत्यकाका नदी सफा गर्न धेरै प्रशोधन प्लान्ट बनाउने योजनामा छौँ : मन्त्री घिसिङ

काठमाडौँ । काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माण...

रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

बाँके। रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ । उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माटोको ...

टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

काठमाडौँ। काठमाडौँको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिकरूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाध...

सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै विराटनगर क्वालिफायरमा प्रवेश

काठमाडौं । फाफ डु प्लेसी र साम हिजलेटको आक्रमक अर्धशतकको बलमा विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending