Khabar Dabali १ भाद्र २०८३ सोमबार | 17th August, 2026 Mon
Investment bank

सरकारसँग पानी माग्दै काठमाडौं आइपुगे चुरेका जनता

खबरडबली संवाददाता

काठमाडौं । मधेस प्रदेशका विभिन्न जिल्लाका नागरिक सरकारसँग पानी माग्न काठमाडौं आइपुगेका छन् । २५ दिनको कष्टपूर्ण पैदल यात्रा गरेर उनीहरू बिहीबार मात्रै काठमाडौं आइपुगेका हुन् ।

जथाभावी चुरेको वन फँडानी, अवैध क्रसरधन्दा र गिट्टी-बालुवा दोहनले खानेपानी र सिँचाइका मुहान सुक्न थालेपछि अहिले तराईका धेरै जिल्लामा पानीको अभाव खड्किन थालेको छ । कल तथा ट्यूबेलहरूमा पानी सुक्न थालेको छ ।  सोही विषयमा सरकारको ध्यानाकर्षण गर्न उनीहरू काठमाडौं आएका हुन् । आजभन्दा पाँच सात वर्षअगाडि कमला तथा बालुवा जस्ता ठूला नदीहरूमा बाह्रमासै पानी बग्ने गरेको वीरगञ्जका दीपक यादव बताउँछन् । तर, अहिले ती ठूला नदीमा पानी नभएर वालुवा मात्रै रहेको उनी बताउँछन्  ।  सरकार आफुहरुले नै बनाएको र न्याय दिन्छ दिँदैन त्यो हेर्न बाँकी रहेको उनको भनाइ छ । 

वन अतिक्रमणले आजित उनीहरूमा सरकारप्रति झिनो आस छ । ‘चुरे रहे पानी, पानी रहे हामी’ भन्ने नारासहित उनीहरूले गत वैशाख १६ देखि चुरे संरक्षण पैदल यात्रा सुरु गरेका थिए ।

चुरे, वनजङ्गल संरक्षण, दलित भूमिहीन, सुकुम्वासीहरूको भूमि अधिकार र अवैध उत्खनन तथा सिर्सियालगायतका नदीको प्रदूषण एवम् अतिक्रमणको विरोध गर्दै उनीहरू सप्तरी जिल्लाको भारदहदेखि बाराको पथलैया हुँदै काठमाडौंसम्मको पैदल यात्रा गरेर २५औं दिन बिहीबार माइतीघर आइपुगेको जनकपूरकी शान्तिदेवी यादव बताउँछिन् । “पानी छैन अब के खाएर बाँच्नु, सरकारलाई मतलब छैन । स्थानीय निकायसँग पटक-पटक भनेको पनि हो, कुरै सुन्दैन,” उनी गुनासो गर्छिन् ।

दुई वर्षभन्दा बढी वन क्षेत्रमा कार्यालय प्रमुख भएर बसेका कर्मचारीलाई तत्काल सरुवा गर्नुपर्ने, चुरे क्षेत्रका खोलामा हुने अवैध क्रसरधन्दा र गिट्टी-बालुवा दोहन रोक्न ठोस कदम चाल्नुपर्ने, मधेसलाई सुक्खा क्षेत्र घोषणा गरी डढेलो नियन्त्रणका योजना बनाउनुपर्ने लगायतका उनीहरूका १२ वटा माग छन् ।

सोही विषयमा उनीहरूले सरकारलाई ज्ञापनपत्र पनि बुझाएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै, साना दलको समर्थन निर्णायक

काठमाडौँ  । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मु...

नागपोखरीमा नागदेवताको पूजा, दर्शन गर्न सर्वसाधारणको भीड

काठमाडौँ  । श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी पर्वका अवसरमा काठमाडौँको नागपोखरीमा सोमबार नागदेवताको पूजा–आराधना गरिएको छ। नागपञ्चमीका अवसरमा नागपो...

कोशीटप्पुको निगुरो कालीमाटीमा, स्थानीयलाई मासिक लाखौँ आम्दानी

सुनसरी  । सुनसरीको कोशीटप्पु क्षेत्रमा पाइने निगुरो स्थानीय बासिन्दाका लागि आम्दानीको भरपर्दो स्रोत बन्दै गएको छ। जङ्गल तथा खुला क्षेत्रमा पाइने निगुर...

देशभर मनसुनी वायुको प्रभाव, पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

काठमाडौँ  । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपाल ...

ग्यास मौज्दातबारे गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति, ‘होटलमा २०० सिलिन्डर अस्वाभाविक होइन’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...

युवालाई विदेशिन बाध्यता होइन, रोजाइ बनाउने शिक्षा र उद्योगबीच सहकार्य आवश्यक

काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...

दुई दशकमा पनि अधुरै मध्यपहाडी लोकमार्ग, लागत ५१ अर्बले बढ्यो

काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...

भदौ १ देखि ग्यास वितरण नियमित, अति आवश्यक उपभोक्तालाई प्राथमिकता

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...

एमालेभित्र चर्कियो नेतृत्व विवाद, ओलीको हुँकारले झन् तरङ्गित भयो पार्टी

विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending