Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

आज जेठ १० गतेः रुकुममा भएकाे समुहिक हत्याकाण्डकाे चार वर्ष पूरा

नवराजहरूको मृत्यु सामान्य होइन

खबरडबली संवाददाता

काठमाडौं । जातीय भेदभावका कारण रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती ठाउँमा ६ जना युवाको ज्यान जाने गरी भएको घटनाको चार वर्ष पूरा भएको छ ।

१० जेठ २०७७ मा सोती गाउँमा आफ्नी प्रेमिकालाई भगाएर बिहे गर्न गएका २१ वर्षीय नवराज विक र उनका साथीहरूलाई गाउँले मिलेर कुटपिट र हत्या गरी भेरीमा बगाइदिएका थिए । कथित उच्च जातकी युवतीसँग विवाह गर्न लागेको भन्दै उनकी प्रेमिकाका आफन्त र गाउँले मिलेर नवराजसहित उनका साथीहरूलाई कुटपिट र हत्या गरेका थिए । 

घटनामा नवराजसहित चार दलित र दुई गैर दलित गरी छ जना युवाको ज्यान गएको थियो भने ११ जना नवराजका साथीहरू घाइते भएका थिए । सो हत्याकाण्डमा ३४ जनाविरुद्ध सामूहिक हत्या, जातीय छुवाछुत तथा भेदभाव लगाएको अभियोगमा मुद्दा दायर गरिएको थियो । 

जिल्ला अदालत रुकुम पश्चिमले २०८० पुस ५ मा उनीहरूमध्ये २४ जनालाई जन्मकैदको फैसला सुनाएको थियो भने आठ जनालाई सफाइ दिएको थियो । अदालतले विककी प्रेमिका र उनकी आमालाई जातीय छुवाछुतको कसुरमा दुई वर्षको कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो । 

घटनामा परेर जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विकसहित उनका साथीहरू गणेश बुढा, लोकेन्द्र सुनार, सञ्जीव विक, गोविन्द शाही र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका टीकाराम नेपालीले ज्यान गुमाएका थिए । जेठ १० को साँझ ५ बजेतिर भएको घटनाको अर्को दिनबाट भेरी नदीमा शव भेटिन सुरु भएको थियो । 

घटनाबारे गृह मन्त्रालयले गठन गरेको सहसचिव नेतृत्वको छानबिन समिति, राष्ट्रिय मानवअधिकार आयोगले केन्द्रबाट पठाएको अनुसन्धान टोली र स्थानीय प्रहरी प्रशासनले अनुसन्धान गरेका थिए । राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो अनुसन्धानमा उक्त घटनाको प्रमुख कारण जातीय भेदभाव र छुवाछुत भएको निष्कर्ष निकालेको थियो । 

विभिन्न सामाजिक संघसंस्था, मानवअधिकारकर्मी र पत्रकारहरूले पनि घटनाको स्थलगत अवलोकनपछि जातीय भेदभावकै कारण घटना भएको निष्कर्ष निकालेका थिए । जातीय भेदभाव र छुवाछुतकै कारण यति ठूलो घटना भएको र घटनामा संलग्नले अदालतबाट न्याय पाए पनि समाजमा अझै पनि उस्तै सामाजिक व्यवस्था रहेको भन्दै सो दिनलाई सामाजिक न्यायका पक्षधरहरूले कालो दिनकारुपमा लिने गरेका छन् भने अधिकारकर्मीहरूले प्रतिरोध दिवसकारुपमा मनाउने गरेका छन् । 

जेठ १० को त्यही घटनालाई स्मरण गर्दै बिहीबार काठमाडौंसहित देशभर विभिन्न कार्यक्रम हुँदै छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सो घटनाका पीडितका आफन्तहरू समेतको उपस्थितिमा विशेष दलित जागरण सभा हुँदै छ । दलितका लागि दलित आन्दोलनले  बिहीबार वीरेन्द्रनगरस्थित घण्टाघरमा बृहत् सभा गर्दै छ । सभामा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मासहितले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभामा नवराजसहित छ जना युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै कर्णालीमा अन्तरजातीय विवाह गर्ने दम्पतीहरूलाई सम्मान गर्ने कार्यक्रमसमेत छ ।

दलितका लागि दलित आन्दोलनका संयोजक खगेन्द्र सुनारले जागरण सभामा देशभरिबाट दलितहरूको सहभागिता हुँदै गरेको बताए । जेठ १० को त्यो हत्याकाण्ड एउटा घटना वा हत्याकाण्ड मात्रै थिएन, त्यसले देशको १५ प्रतिशत जनसङ्ख्या भएको समुदायमाथि शताब्दीऔँदेखिको अन्याय र विभेदको स्वरूपलाई छताछुल्ल बनाएको थियो । सामाजिक न्याय र सद्भाव चाहने समुदायमाथि प्रहार भएको भएकाे सुनारले बताए । उनले भने, त्यस कारण पनि नवराजहरूको मृत्यु सामान्य होइन, हुन सक्दैन । यो हामीले भुल्न सक्ने, भुल्न मिल्ने घटना होइन ।’

उनले नवराजलाई अदालतले न्याय दिएको, तर मुद्दा भने बल्ल सुरुवात भएको बताए । ‘नवराज विक र उनका साथीहरूलाई न्याय मिलेको छ । तर समाजमा जातीय भेदभाव र छुवाछुत निरन्तर छ । यस्तो कलङ्कित प्रथा समाजमा निरन्तर हुँदासम्म यो मुद्दा सकिँदैन,’ उनले भने । 

काठमाडौंमा जात व्यवस्था उन्मूलन मोर्चाले सोही घटनाको स्मरणमा जात व्यवस्थाविरुद्धको विद्रोह दिवसकारुपमा सप्ताहव्यापी कार्यक्रम गरेको छ । जात व्यवस्था उन्मूलन मोर्चा, संयुक्त दलित अधिकार मञ्च, एकीकृत दलित मुक्ति मोर्चा र नेपाल राष्ट्रिय दलित केन्द्रले संयुक्तरुपमा जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाएका हुन् । सो सन्दर्भमा बिहीबार दिउँसो १ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौंलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण मंगलबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका ...

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीद्वारा भेरी करिडोर अनुगमन

सुर्खेत । भौतिक पूर्वाधार तथा यातायाता एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भेरी करिडोर सडक आयोजनाको अगुगमन गरेका छन् । उनले जाजरकोटको भेरी...

महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा

महोत्तरी । महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । सदरमुकाम जलेश्वरमा मंगलबार आयोजित विपद् तयारी तथा ‘लजिस्टिक्स’ ...

जलवायु परिवर्तनले अष्ट्रेलियाका वन्यजन्तु र वातावरणमा तीव्र क्षति: प्रतिवेदन

काठमाडाैँ । अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए पनि जलवायु परिवर्तनका कारण वन्यजन्तु र प्राकृतिक वातावरणमा क्षति तीव्र रूपमा बढिरह...

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत । पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७५ वर्षीय पूर्णबहादुर दर्जीको आ...

निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने

काठमाडौँ ।  गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा ५९...

सुडान अस्पताल आक्रमणमा मृतक सङ्ख्या ७० पुग्यो : विश्व स्वास्थ्य सङ्गठन

काठमाडाैँ । पूर्व डारफुरस्थित एक अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ६४ बाट बढेर ७० पुगेको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार जनाएको छ । सङ्ग...

इनरुवामा फहराइयो नेपालकै अग्लो राष्ट्रिय झण्डा

काठमाडौं । सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ । इनरुवाको वडा नम्बर ७ मा निर्माणाधिन ग्रिन सिटी पार्क भित्र २ सय १० फिट अग्लो र...

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए...

भक्तपुर । भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी दुई सार्वजनिक बस एक आपसमा ठोक्किए । दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भयो ...

आगलागीबाट १० बिघामा लगाइएको उखु खेती नष्ट

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा करिब १० बिघा भन्दाबढी क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । रामनगर गाउँपा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: