Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

आज जेठ १० गतेः रुकुममा भएकाे समुहिक हत्याकाण्डकाे चार वर्ष पूरा

नवराजहरूको मृत्यु सामान्य होइन

खबरडबली संवाददाता

काठमाडौं । जातीय भेदभावका कारण रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती ठाउँमा ६ जना युवाको ज्यान जाने गरी भएको घटनाको चार वर्ष पूरा भएको छ ।

१० जेठ २०७७ मा सोती गाउँमा आफ्नी प्रेमिकालाई भगाएर बिहे गर्न गएका २१ वर्षीय नवराज विक र उनका साथीहरूलाई गाउँले मिलेर कुटपिट र हत्या गरी भेरीमा बगाइदिएका थिए । कथित उच्च जातकी युवतीसँग विवाह गर्न लागेको भन्दै उनकी प्रेमिकाका आफन्त र गाउँले मिलेर नवराजसहित उनका साथीहरूलाई कुटपिट र हत्या गरेका थिए । 

घटनामा नवराजसहित चार दलित र दुई गैर दलित गरी छ जना युवाको ज्यान गएको थियो भने ११ जना नवराजका साथीहरू घाइते भएका थिए । सो हत्याकाण्डमा ३४ जनाविरुद्ध सामूहिक हत्या, जातीय छुवाछुत तथा भेदभाव लगाएको अभियोगमा मुद्दा दायर गरिएको थियो । 

जिल्ला अदालत रुकुम पश्चिमले २०८० पुस ५ मा उनीहरूमध्ये २४ जनालाई जन्मकैदको फैसला सुनाएको थियो भने आठ जनालाई सफाइ दिएको थियो । अदालतले विककी प्रेमिका र उनकी आमालाई जातीय छुवाछुतको कसुरमा दुई वर्षको कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो । 

घटनामा परेर जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विकसहित उनका साथीहरू गणेश बुढा, लोकेन्द्र सुनार, सञ्जीव विक, गोविन्द शाही र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका टीकाराम नेपालीले ज्यान गुमाएका थिए । जेठ १० को साँझ ५ बजेतिर भएको घटनाको अर्को दिनबाट भेरी नदीमा शव भेटिन सुरु भएको थियो । 

घटनाबारे गृह मन्त्रालयले गठन गरेको सहसचिव नेतृत्वको छानबिन समिति, राष्ट्रिय मानवअधिकार आयोगले केन्द्रबाट पठाएको अनुसन्धान टोली र स्थानीय प्रहरी प्रशासनले अनुसन्धान गरेका थिए । राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो अनुसन्धानमा उक्त घटनाको प्रमुख कारण जातीय भेदभाव र छुवाछुत भएको निष्कर्ष निकालेको थियो । 

विभिन्न सामाजिक संघसंस्था, मानवअधिकारकर्मी र पत्रकारहरूले पनि घटनाको स्थलगत अवलोकनपछि जातीय भेदभावकै कारण घटना भएको निष्कर्ष निकालेका थिए । जातीय भेदभाव र छुवाछुतकै कारण यति ठूलो घटना भएको र घटनामा संलग्नले अदालतबाट न्याय पाए पनि समाजमा अझै पनि उस्तै सामाजिक व्यवस्था रहेको भन्दै सो दिनलाई सामाजिक न्यायका पक्षधरहरूले कालो दिनकारुपमा लिने गरेका छन् भने अधिकारकर्मीहरूले प्रतिरोध दिवसकारुपमा मनाउने गरेका छन् । 

जेठ १० को त्यही घटनालाई स्मरण गर्दै बिहीबार काठमाडौंसहित देशभर विभिन्न कार्यक्रम हुँदै छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सो घटनाका पीडितका आफन्तहरू समेतको उपस्थितिमा विशेष दलित जागरण सभा हुँदै छ । दलितका लागि दलित आन्दोलनले  बिहीबार वीरेन्द्रनगरस्थित घण्टाघरमा बृहत् सभा गर्दै छ । सभामा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मासहितले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभामा नवराजसहित छ जना युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै कर्णालीमा अन्तरजातीय विवाह गर्ने दम्पतीहरूलाई सम्मान गर्ने कार्यक्रमसमेत छ ।

दलितका लागि दलित आन्दोलनका संयोजक खगेन्द्र सुनारले जागरण सभामा देशभरिबाट दलितहरूको सहभागिता हुँदै गरेको बताए । जेठ १० को त्यो हत्याकाण्ड एउटा घटना वा हत्याकाण्ड मात्रै थिएन, त्यसले देशको १५ प्रतिशत जनसङ्ख्या भएको समुदायमाथि शताब्दीऔँदेखिको अन्याय र विभेदको स्वरूपलाई छताछुल्ल बनाएको थियो । सामाजिक न्याय र सद्भाव चाहने समुदायमाथि प्रहार भएको भएकाे सुनारले बताए । उनले भने, त्यस कारण पनि नवराजहरूको मृत्यु सामान्य होइन, हुन सक्दैन । यो हामीले भुल्न सक्ने, भुल्न मिल्ने घटना होइन ।’

उनले नवराजलाई अदालतले न्याय दिएको, तर मुद्दा भने बल्ल सुरुवात भएको बताए । ‘नवराज विक र उनका साथीहरूलाई न्याय मिलेको छ । तर समाजमा जातीय भेदभाव र छुवाछुत निरन्तर छ । यस्तो कलङ्कित प्रथा समाजमा निरन्तर हुँदासम्म यो मुद्दा सकिँदैन,’ उनले भने । 

काठमाडौंमा जात व्यवस्था उन्मूलन मोर्चाले सोही घटनाको स्मरणमा जात व्यवस्थाविरुद्धको विद्रोह दिवसकारुपमा सप्ताहव्यापी कार्यक्रम गरेको छ । जात व्यवस्था उन्मूलन मोर्चा, संयुक्त दलित अधिकार मञ्च, एकीकृत दलित मुक्ति मोर्चा र नेपाल राष्ट्रिय दलित केन्द्रले संयुक्तरुपमा जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाएका हुन् । सो सन्दर्भमा बिहीबार दिउँसो १ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending