भक्तपुर। भक्तपुरमा नेपाल इको प्यानल गोपाल खागी स्मृति फिडे रेटिङ व्रिट्ज चेस प्रतियोगिता हुने भएको छ । गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते भक्तपुरको देकोचा चाँगुनारायण जाने बस स्टप चोकको भबनमा प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता सफलतापूर्वक सञ्चालन गर्नका लागि चेसका भेट्रान्स् गणेशमान दुवालको संयोजकत्वमा प्रतियोगिता आयोजक समिति गठन गरिएको छ । प्रतियोगिताका प्रमुख निर्णायक ज्ञानेन्द्र खाइजूका अनुसार प्रतियोगितामा देशविदेशका जसले पनि सहभागिता जनाउन सकिने खुल्ला हो । प्रतियोगितामा सहभागी हुन जेठ १३ गतेसम्मलाई अन्तिम नाम दर्ता गर्ने समय राखेको र ८० जना खेलाडी पुगेपछि सहभागिता दर्ता बन्द गर्ने योजना रहेको उनले सुनाए । प्रतियोगिता स्विस लिगको आधारमा नौ चरणमा खेलाइने उनले जानकारी गराए ।
प्रतियोगितामा प्रथम हुनेलाई ६ हजार, दोश्रोलाई चार हजार, तेश्रोलाई तीन हजार नगद पुरस्कार पनि व्यवस्था गरिएको छ । साथै यी तीनसहित कुल १९ जना विभिन्न समूहलाई गरी कुल ३० हजार नगद बराबरको पुरस्कार वितरण गरिने जनाइयो ।
प्रतियोगिताका प्रायोजक नेपाल इको प्यानलले सामाजिक उतदायित्व अन्तर्गत प्रतियोगिता सञ्चालन गरेको जनाएको छ । नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । प्रतियोगिता भक्तपुर जिल्ला बुद्धिचाल संघका पूर्व सल्लाहकार स्वर्गीय गोपाल खागीको स्मृतिमा हुन लागेको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८३ - १७:०८
काठमाडौं । नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा प्रयोग गरेको ‘घाँटी सुक्नेगरी’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त श...
आषाढ़ २६ गते, २०८३ - १६:५४
काठमाडौँ । गणेश नेपाली आत्मदाह प्रकरणको छानबिन गर्न सरकारले नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्...
आषाढ़ २६ गते, २०८३ - १६:३७
तपाईंहरूले बनाएको कानुनअनुसार नै हामीले काम गरेका हौँ
आषाढ़ २६ गते, २०८३ - १६:१७
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नक...
आषाढ़ २६ गते, २०८३ - १६:०८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजीका लागि नभई जनताको सेवा गर्न सरकारमा आएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर ...
आषाढ़ २६ गते, २०८३ - १५:५९
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्न रोस्ट्रममा पुगेपछि भावुक बनेका छन्। प्रतिनिधिसभा बैठकमा समय लिएर आफ्नो धारणा ...
आषाढ़ २६ गते, २०८३ - १५:५०
काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरू काठमाडौं महानगरपालिका घेराउ गर्न जाने क्र...
आषाढ़ २६ गते, २०८३ - १५:३४
काठमाडौं । आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा ...
आषाढ़ २६ गते, २०८३ - १५:१८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन ‘अनन्त’ले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारसँग जवाफ माग गरेका छन्। ...
आषाढ़ २६ गते, २०८३ - १५:०१
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकार नागरिकमा आशा जगाउनेभन्दा त्रासको प्रतीक बन्दै गएको टिप्पणी गरेका छन्। मुगुका गणेश न...



प्रतिकृया लेख्नुहोस्: