काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा मुलुकमा साढे २५ अर्ब रुपियाँ बराबरको रासायनिक मल आयात भएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि वैशाख महिनासम्म २५ अर्ब ५६ करोड रुपियाँको रासायनिक मल आयात भएको थियो । गत आवको सोही अवधिमा ३१ अर्ब ८७ करोड रुपियाँको आयात भएको थियो । यो गत वर्षको १० महिनाको तुलनामा छ अर्ब ३१ करोड रुपियाँको मल आयात भएको छ ।
नेपालमा इन्डोनेसिया, दक्षिण कोरिया, मोरोक्को, जापान र अमेरिका तथा जर्मनीबाट समेत विभिन्न प्रकारका रासायनिक मल आयात हुने गरेका छन् ।
नेपालमा आयात हुने रासायनिक मललगायत अन्य प्रकारका मल १३ वटा देशबाट भित्रिने गरेका छन् । यस अवधिमा जनावर र खेतीमा प्रयोग हुने मल, युरिया, एनोमियम सल्फेट, सोडियम नाइट्रेट, पोटासियमलगायतका मल आएका छन् ।
विभागका अनुसार तुर्किमिनिस्तानबाट एक अर्ब ११ करोडको युरिया आयात हुँदा साउदी अरेबियाबाट एक अर्ब ११ करोड रुपियाँको युरिया भित्रिएको छ । यस्तै रुसबाट दुई अर्ब ५५ करोडको युरिया, कतारबाट एक अर्ब ८९ करोडको र ओमानबाट चार अर्ब ७० करोडको युरिया आयात भएको छ । चीनबाट २५ करोडको र ब्रुरुनाईबाट तीन अर्ब ४६ करोडको युरिया भित्रिएको तथ्याङ्क छ ।
यस्तै संयुक्त राज्य इमिरेट्सबाट ८३ लाख र भारतबाट ४२ लाखको युरिया आयात हुँदा जनावर र खेतीमा प्रयोग हुने अन्य रासायनिक मल भारतबाट पाँच करोड १३ लाख रुपियाँको आयात भएको छ ।
यस्तै टर्कीबाट १० करोडको युरिया र एमोनियम मिश्रित रासायनिक मल भित्रिएको तथ्याङ्क छ । यस्तै क्यानडाबाट ३३ करोड ६४ लाखको पोटास र तुर्किमिनिस्तानबाट ४४ करोड १५ लाख रुपियाँको पोटास आयात भएको छ । धान बाली, गहुँ बाली, तरकारी बालीलगायतका अन्य बालीमा रासायनिक मलको प्रयोग हुन्छ । अन्य बालीको तुलनामा धान बालीका लागि रासायनिक मलको माग बढी हुने गर्छ ।
प्रत्येक वर्ष धान रोप्ने बेला बजारमा रासायनिक मलको माग बढी हुने गर्छ । माग अनुसार मलको आपूर्ति नहुँदा प्रत्येक वर्ष किसानले अभाव खेप्ने गरेका छन् । योे समाचार आजको गोरखापत्र दैनिकले लेखेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ०७:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...
पौष १४ गते, २०८२ - ०७:४४
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...
पौष १४ गते, २०८२ - ०७:२३
काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...
पौष १४ गते, २०८२ - ०७:२०
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...
पौष १४ गते, २०८२ - ०७:१९
चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...
पौष १४ गते, २०८२ - ०७:०८
सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...
पौष १४ गते, २०८२ - ०७:०२
महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...
पौष १३ गते, २०८२ - ०९:२९
कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...
पौष १३ गते, २०८२ - ०९:२०
अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति
पौष १३ गते, २०८२ - ०९:१०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...




प्रतिकृया लेख्नुहोस्: