Khabar Dabali ४ जेष्ठ २०८३ सोमबार | 18th May, 2026 Mon
Investment bank

कोशी प्रदेशमा एक सय ७७ मानवअधिकार उल्लङ्घनका घटना

खबरडबली संवाददाता

मोरङ। राष्ट्रिय मानवअधिकार आयोगले कोशी प्रदेशमा मानवअधिकार उल्लङ्घनका घटनामा गरिएका अधिकांश सिफारिस कार्यान्वयन नभएका जनाएको छ । आयोगको कार्यालय हरिहर भवन काठमाडाँैद्वारा आज विराटनगरमा आयोजित ‘आयोगबाट भएका सिफारिसको कार्यान्वयनसम्बन्धी  छलफल” मा आर्थिक वर्ष २०८० को असार मसान्तसम्म प्रदेशमा ७२ प्रतिशत मानवअधिकार उल्लङ्घनका घटनाका सिफारिस  कार्यान्वयन नभएको बताइएको छ ।

प्रदेशमा एक सय ७७ मानवअधिकार उल्लङ्घनका घटना भएकामा तिमध्ये १७ पूर्ण, ४९ आंशिक र एक सय ११ वटा  कार्यान्वयन नभएको जानकारी दिइयो । प्रदेशका १४ जिल्लामध्ये मोरङ जिल्लामा सबैभन्दा बढी २७ वटा उल्लङ्नका घटनाका सिफारिस कार्यान्वयन नभएको आयोगद्वारा जारी तथ्याङ्कामा उल्लेख छ । 

त्यसअवसरमा आयोगका सदस्य मनोज दुवाडीले सरकारले कानुनी शासनलाई जनतामा प्रत्याभूति गराउन कानुनको व्यवहारिक कार्यान्वयन जरूरी रहेको बताए । जनताले राखेको विश्वास पूरा गर्ने प्रतिबद्धतासहित आयोग मानवअधिकार रक्षाका लागि क्रियाशील रहेको उनको भनाइ थियो । 

कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले प्रदेशमा जनताको मानवाधिकार संरक्षणका लागि आयोगसँग समन्वय र सहकार्य गरी अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको बताए। 

जिल्ला समन्वय समिति मोरङकी उपप्रमुख उषा झा र नेपाल पत्रकार महासङ्घ प्रदेशका कार्यबाहक अध्यक्ष लवदेव ढुङ्गानाले हिंसारहित समाज निर्माणमा सबै लाग्नुपर्ने सुझाव दिए । 

आयोगका अनुसन्धान अधिकृत श्यामबाबु काफ्लेले आयोगको सिफारिस कार्यान्वयनसम्बन्धी कार्यपत्र प्रस्तुत गरको थिए । कार्यक्रममा द्वन्द्वपीडित परिवारका सदस्य, विभिन्न मानअवधिकारका क्षेत्रमा क्रियाशील सङ्घ सङ्गठन, सुरक्षा निकाय, प्रदेश सरकारका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल बार एशोसिएशन ललितपुरमा नेकपाको सुवेदी प्यानलै विजयी

काठमाडौं । नेपाल बार एशोसिएशन ललितपुर को २९औं कार्यसमिति निर्वाचनमा नेकपा निकट कानुन व्यवसायीहरूले प्रभावशाली जित हासिल गरेका छन्। शनिबार सम्पन्न निर्...

सुन्धारा कारागारबाट जन्मकैद सजाय भोगिरहेकी महिला फरार

काठमाडौं । सुन्धारा कारागार बाट जन्मकैद सजाय भोगिरहेकी एक महिला कैदी मध्यराति फरार भएकी छन्। फरार हुनेमा विदुर नगरपालिका निवासी २५ वर्षीया सपना ताम...

पेन्टीभित्र ब्राउनसुगर लुकाएर ल्याउने पक्राउ

बिर्तामोड। भारतबाट पेन्टीभित्र लागूऔषध लुकाएर ल्याउने एक युवक मेचीनगरबाट पक्राउ परेका छन् । मेचीनगर ६ पुरानो मेची पुलमुनि पैदल मार्ग हुँदै भारतबाट ...

युवा पुस्ताको भावना सम्बोधन गर्न संविधान संशोधन आवश्यक: उपसभापति शर्मा

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधान संशोधनको प्रक्रियालाई गम्भीरताप...

देशका मुद्दामा केन्द्रित हुन कांग्रेस तयार हुनुपर्छ - गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादभन्दा देशका प्रमुख मुद्दामा केन्द्रित हुने समय आएको बताएका छन्। आइत...

एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति

काठमाडौँ। आर्थिक वर्ष  २०९२ /९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत...

ललितपुरको विचार गोष्ठी कार्यक्रममा तनावग्रस्त, कमल थापाले अँठ्याए एक युवकको घाँटी

काठमाडौं । ललितपुरस्थित हिमालय होटलमा आयोजित “वैदिक सनातन हिन्दु अधिराज्य नेपाल” विषयक विचार गोष्ठीमा राप्रपा पूर्वअध्यक्ष कमल थापा सहभागी हुँदा कार्य...

बुटवलमा सुकुमवासीको प्रदर्शन, वैकल्पिक व्यवस्था बिना बस्ती हटाएको आरोप

बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीहरू वैकल्पिक व्यवस्था बिना हटाएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबा...

कांग्रेसका सांसदसँग संसदीय मामिलाबारे छलफल

काठमाडौं । नेपाली कांग्रेसले आज आफ्ना संघीय सांसदहरूसँग समसामयिक राजनीतिक घटनाक्रम तथा संसदीय गतिविधिबारे छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय स...

भानु नगरपालिकामा कृषकलाई नै अनुगमनको जिम्मेवारी

तनहुँ। तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ । नगरपालिकाले आर्थिक ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending