Ntc summer Offer
Khabar Dabali १२ असार २०८१ मंगलवार | 25th June, 2024 Tue
NIMB

उडिरहेको विमान आकाशमै भयानक तुफानमा फस्दा १ को मृत्यु धेरै घाइते

खबरडबली संवाददाता

काठमाडौं । लण्डनबाट आउँदै गरेको सिंगापुर एयरलाइन्सको विमानलाई गम्भिर एयर टर्बुलेन्सका कारण मंगलबार बैंककमा आकस्मिक अवतरण गर्नुपरेको छ ।

यस क्रममा एकजना यात्रुको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् । एयरलाइन्सले यो जानकारी दिएको हो । विमान लन्डनबाट सिंगापुर जाँदै थियो, जसमा २११ यात्रु र १८ चालक दलका सदस्य थिए ।

सिङ्गापुर एयरलाइन्सले कति जना घाइते भएका छन् भन्ने बताएको छैन तर धेरै थाई मिडियाका अनुसार ३० जना घाइते भएका छन् । एयरलाइन्सले एक विज्ञप्तिमा भनेअनुसार बोइङ ७७७-३०० इआर विमान २११ यात्रु र १८ चालक दलका सदस्यहरू लिएर सिंगापुर जाँदै थियो, तर बैंककमा आपतकालीन अवतरण गर्नुपर्‍यो।

बैंककको सुवर्णभूमि विमानस्थलका प्रवक्ताले मेडिकल टोली तयारी अवस्थामा रहेको बताए । एयरलाइन्सले भन्यो, ‘हाम्रो प्राथमिकता विमानमा रहेका सबै यात्रु र चालक दलका सदस्यहरूलाई सम्भव भएसम्म सहयोग उपलब्ध गराउनु हो। हामी आवश्यक चिकित्सा सहायता प्रदान गर्न थाइल्याण्डका स्थानीय अधिकारीहरूसँग काम गरिरहेका छौं।

सिंगापुर एयरलाइन्सको विमान २० मे २०२४ मा लन्डनको हिथ्रोबाट सिंगापुरको लागि उडेको थियो। बाटोमा गम्भीर टर्बुलेन्सको कारण, यो बैंकक तर्फ मोडियो र प्लेन २१ मे २०२४ मा स्थानीय समय ३ः४५ मा अवतरण गरियो।

उड्डयनको क्षेत्रमा, टर्बुलेन्स शब्द धेरै प्रयोग गरिन्छ। यो एक घटना हो जसबाट हरेक पाइलट जोगिन चाहन्छ। यो हरेक यात्रुको लागि धेरै नराम्रो अनुभव हो। टर्ब्युलेन्स वास्तवमा हावाको प्रवाहमा चाप र गतिमा भएको अचानक परिवर्तन हो, जसले गर्दा विमान हल्लिन्छ। विमान उड्दा माथि र तल हल्लिन थाल्छ, जसलाई एयरक्राफ्ट शेकिङ भनिन्छ।

टर्ब्युलेन्सको कारण, सानो कम्पन देखि बलियो र लामो कम्पनहरू महसुस गर्न सकिन्छ। जसको नतिजा निकै डरलाग्दो हुन सक्छ । हावाको स्थिरताको आधारमा, टर्बुलेन्सलाई हल्का, मध्यम, गम्भीर वा चरम टर्बुलेन्समा विभाजन गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सञ्चालनमा आयाे भक्तपुरको नलिनचोकमा निर्माण भएकाे हेलिपोर्ट

१२ हेलिकोप्टर कम्पनीले उडान गर्ने

यस्तो छ राजेशपायलको ‘मनको सारङ्गी’ सार्वजनिक

काठमाडौं । गायक राजेशपायल राईको नयाँगीत‘मेरो मनको सारङ्गी’ सार्वजनिकभएको छ । सरिता लिङ्देनको शब्द रहेको यो गीतमामन्जु मितेरीले संगीत भरेका छन् ।  य...

इलाममा एघार सय शिक्षकले बुझाए पद त्यागको निवेदन

इलाम  । शिक्षा मन्त्रालयको निर्देशनअनुसार इलाममा एक हजार एकसय शिक्षकले आफूहरू कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको भन्दै जिल्लास्थित शिक्षा विकास तथा स...

नेपाली सेनाका नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले सैनिक प्राड सेवा, प्राविधिक सेवा (स्वास्थ्य तथा इन्जिनियरिङ्ग समूह), हवाई सेवा तथा विविध सेवामा रिक्त रहेका...

असार २७ गते अर्थमन्त्री वर्षमान पुन चीन जाँदै

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन चीनको तीनदिने भ्रमणमा जाने भएका छन् । उनी असार २७ गते चीन जाने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । अर्...

प्रधानमन्त्री राम्रो जादुगर बनेको रमेश लेखकको आरोप

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल राम्रो प्रधानमन्त्रीको ठाउँमा राम्रो जादुगर बनेर आउनुभएको बताएका छन...

भरतपुर महानगरको बजेट ६ अर्ब ५५ करोड

चितवन । चितवनकाे भरतपुर महानगरपालिकाको सोमबारदेखि सुरु भएको नगरसभा तथा १५ औं अधिवेशनमा नगरप्रमुख रेनु दाहालले १९० बुँदे नीति तथा कार्यक्रम पेस गरेकी छ...

कांग्रेसभित्रको फोहोर सफा गर्नुपर्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्रको फोहोर सफा गर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उ...

फिल्म ‘ईश्वर’को गीत ‘डुब्दै डुब्दै थिएँ म’ सार्वजनिक

काठमाडौं । आगामी साउन ११ गतेबाट रिलिज हुने फिल्म ‘ईश्वर’को गीत ‘डुब्दै डुब्दै थिएँ म’ सार्वजनिक भएको छ । कृष्ण काफ्ले र गीता पाण्डेको स्वर रहेको गीतमा...

ब्याट्री प्लान्टमा आगलागी हुँदा दर्जनौँ कामदार हताहती

२० मृत शरीर निकालियो

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies