Khabar Dabali १ भाद्र २०८३ सोमबार | 17th August, 2026 Mon
Investment bank

मन्त्रिमण्डल पुनर्गठनको तयारीमा प्रधानमन्त्री

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठनको तयारी थालेका छन्।उनले सरकारमा रहेका केही मन्त्रीहरुलाई हटाएर नयाँलाइ सामेल गराउने गृहकार्य सुरु गरेका हुन् ।

गत फागुन २१ गते सत्ता समीकरण बदलिए पछि वर्तमान मन्त्रिपरिषद्मा सहभागी प्रमुख घटक एमालेले महत्वपूर्ण मन्त्रालय नपाएको चर्चा भइरहँदा प्रधानमन्त्री पप्रचण्डले एमाललेलाई महत्वपूर्ण मन्त्रालय दिने तयारी गरेका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्रीले केही दिनमै परराष्ट्र, खानेपानी र भूमिसुधार मन्त्री परिवर्तन गर्न लागेका स्रोतको भनाइ छ। स्रोतका अनुसार उक्त मन्त्रालय सम्हालेका मन्त्रीहरुलाई हटाएर मन्त्रिमण्डल मा नयाँलाई सामेल गराउने प्रधानमन्त्री दाहालको तयारी छ।

हाल परराष्ट्र मन्त्री रहेका नारायणकाजी श्रेष्ठलाई हटाएर उनको स्थानमा एमालेकी अञ्जना शाक्यलाई ल्याउन लागेको स्रोतले जनाएको छ। शाक्य भर्खरै राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनीत भएकी हुन्। संखुवासभाकी शाक्य यस अघि इजरायलको राजदूत भइसकेकी छन्।

परराष्ट्र मामिलामा जानकार मानिने शाक्यलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको आग्रहमा प्रधानमन्त्रीले परराष्ट्र मन्त्री श्रेष्ठलाई हटाएर उनको स्थानमा शाक्यलाई ल्याउने तयारीमा लागेका हुन् । यस्तै एमालेका खानेपानी मन्त्री राजेन्द्र राई र भूमिसुधार मन्त्री बलराम अधिकारीलाई पनि हटाएर उनको स्थानमा अन्यलाई ल्याउने तयारी भइरहेको छ।

भूमिसुधार मन्त्री अधिकारीकोे स्थानमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र खानेपानी मन्त्री राईको स्थानमा स्वतन्त्र सांसद अमरेशकुमार सिंह या आम जनता पार्टीका प्रभु साहलाई ल्याउने तयारीमा प्रधानमन्त्री रहेको बालुवाटार स्रोतको दाबी छ।

सरकारमा सहभागी हुन इच्छुक रहेका सिंह र साहमध्ये एक जनालाई मन्त्रिमण्डलमा सहभागी गराउन प्रधानमन्त्री दाहाल सकारात्मक रहेका छन् । यद्यपि दुई जनामध्ये कसलाई सामेल गराउने भन्ने बारेमा अझै निक्र्योल हुन नसकेको स्रोतले बतायो।

तर, प्रधानमन्त्रीको सचिवालयले भने मन्त्रिमण्डल पुनर्गठनको विषयमा प्रधानमन्त्रीले कुनै तयारी नगरेको जनाएको छ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास मौज्दातबारे गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति, ‘होटलमा २०० सिलिन्डर अस्वाभाविक होइन’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...

युवालाई विदेशिन बाध्यता होइन, रोजाइ बनाउने शिक्षा र उद्योगबीच सहकार्य आवश्यक

काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...

दुई दशकमा पनि अधुरै मध्यपहाडी लोकमार्ग, लागत ५१ अर्बले बढ्यो

काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...

भदौ १ देखि ग्यास वितरण नियमित, अति आवश्यक उपभोक्तालाई प्राथमिकता

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...

एमालेभित्र चर्कियो नेतृत्व विवाद, ओलीको हुँकारले झन् तरङ्गित भयो पार्टी

विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending