काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठनको तयारी थालेका छन्।उनले सरकारमा रहेका केही मन्त्रीहरुलाई हटाएर नयाँलाइ सामेल गराउने गृहकार्य सुरु गरेका हुन् ।
गत फागुन २१ गते सत्ता समीकरण बदलिए पछि वर्तमान मन्त्रिपरिषद्मा सहभागी प्रमुख घटक एमालेले महत्वपूर्ण मन्त्रालय नपाएको चर्चा भइरहँदा प्रधानमन्त्री पप्रचण्डले एमाललेलाई महत्वपूर्ण मन्त्रालय दिने तयारी गरेका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्रीले केही दिनमै परराष्ट्र, खानेपानी र भूमिसुधार मन्त्री परिवर्तन गर्न लागेका स्रोतको भनाइ छ। स्रोतका अनुसार उक्त मन्त्रालय सम्हालेका मन्त्रीहरुलाई हटाएर मन्त्रिमण्डल मा नयाँलाई सामेल गराउने प्रधानमन्त्री दाहालको तयारी छ।
हाल परराष्ट्र मन्त्री रहेका नारायणकाजी श्रेष्ठलाई हटाएर उनको स्थानमा एमालेकी अञ्जना शाक्यलाई ल्याउन लागेको स्रोतले जनाएको छ। शाक्य भर्खरै राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनीत भएकी हुन्। संखुवासभाकी शाक्य यस अघि इजरायलको राजदूत भइसकेकी छन्।
परराष्ट्र मामिलामा जानकार मानिने शाक्यलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको आग्रहमा प्रधानमन्त्रीले परराष्ट्र मन्त्री श्रेष्ठलाई हटाएर उनको स्थानमा शाक्यलाई ल्याउने तयारीमा लागेका हुन् । यस्तै एमालेका खानेपानी मन्त्री राजेन्द्र राई र भूमिसुधार मन्त्री बलराम अधिकारीलाई पनि हटाएर उनको स्थानमा अन्यलाई ल्याउने तयारी भइरहेको छ।
भूमिसुधार मन्त्री अधिकारीकोे स्थानमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र खानेपानी मन्त्री राईको स्थानमा स्वतन्त्र सांसद अमरेशकुमार सिंह या आम जनता पार्टीका प्रभु साहलाई ल्याउने तयारीमा प्रधानमन्त्री रहेको बालुवाटार स्रोतको दाबी छ।
सरकारमा सहभागी हुन इच्छुक रहेका सिंह र साहमध्ये एक जनालाई मन्त्रिमण्डलमा सहभागी गराउन प्रधानमन्त्री दाहाल सकारात्मक रहेका छन् । यद्यपि दुई जनामध्ये कसलाई सामेल गराउने भन्ने बारेमा अझै निक्र्योल हुन नसकेको स्रोतले बतायो।
तर, प्रधानमन्त्रीको सचिवालयले भने मन्त्रिमण्डल पुनर्गठनको विषयमा प्रधानमन्त्रीले कुनै तयारी नगरेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १९:००
जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर
मंसिर २८ गते, २०८२ - १८:५६
काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...
मंसिर २८ गते, २०८२ - १८:५३
दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...
मंसिर २८ गते, २०८२ - १८:५०
काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...
मंसिर २८ गते, २०८२ - १८:२१
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं
मंसिर २८ गते, २०८२ - ११:११
काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...
मंसिर २८ गते, २०८२ - १०:५१
काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...
मंसिर २८ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...
मंसिर २८ गते, २०८२ - १०:४०
काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...
मंसिर २८ गते, २०८२ - १०:४०
भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...




प्रतिकृया लेख्नुहोस्: