सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकामा संचालन भैरहेको सुरक्षीत आप्रवासन ९सामी० कार्यक्रमको अन्तरक्रिया सम्पन्न भएको छ । बैदेशिक रोजगारको वर्तमान परिवेश, हाल सम्मको कार्यक्रमको समिक्षा र आगामी कार्ययोजनाका बारेमा जनप्रतिनिधि, सम्बन्धित शाखा र सरोकारवाला संग मंगलबार अन्तरक्रिया सम्पन्न भएको हो ।
कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले वैदेशिक रोजगार रहर नभएर बाध्यता भएकाले बैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउन जरुरी रहेको भन्दै यसका लागि सामी कार्यक्रमले सकारात्मक भुमिका खेलेको बताए । यद्यपी गाउँपालिकाले साझेदारी गरेर आगामी नयाँ आर्थिक वर्षमा कार्यक्रम सञ्चालन गर्ने सन्दर्भमा सम्पूर्ण जनप्रतिनिधीहरुविचमा छलफल गरेर आवश्यक निर्णय लिइने बताए ।
सामी कार्यक्रमले वैदेशिक रोजगारीमा जानेहरुलाई काउन्सिलिंग, सिप, दक्षता अभिवृद्धि, ठगिएका तथा मृत्यु भएकाहरुलाई क्षतिपुर्ति तथा शब नेपाल ल्याउने लगायतका कार्यमा सहयोग पुर्याउदै आएको छ । वैदेशिक रोजगारीमा जानेहरुको सीप र सुचनामा पहुच, न्यायमा पहुच, मनोपरामर्श र वित्तिय साक्षरताको लागि सामी कार्यक्रमले काम गर्दै आएको सामी कार्यक्रमका सल्यान जिल्ला संयोजक विमल गौतमले जानकारी दिए ।
छत्रेश्वरीमा भएको अन्तरक्रिया कार्यक्रममा सामी कार्यक्रमका प्रदेश कार्यक्रम अधिकृत विष्णु अर्यालले बैदेशिक रोजगारको वर्तमान परिवेशबारे विभिन्न तथ्यांकहरु सहित प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा नम्बर ३ का वडा अध्यक्ष तिर्थराज दाहाल, वडा नम्बर ५ कार्यवाहक वडा अध्यक्ष टंक वली, वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम बुढा, वडा नम्बर ७ का वडा अध्यक्ष टेक बहादुर बिष्ट लगायत सम्बन्धीत शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।
मनोसामाजिक परामर्श सेवालाई स्वास्थ्य शाखामा एकीकृत गरी सञ्चालन गर्ने तथा मनोसामाजिक तथा मानसिक स्वास्थ्य सेवालाई निरन्तरता दिनका लागि मनोसामाजिक तथा मानसिक स्वास्थ्य नीतिको कार्यान्वयन लगाएतका विषयमा छलफल गरिएको सामी कार्यक्रम छत्रेश्वरीका मनोसामाजिक परामर्शकर्ता कमला शाहीले जानकारी दिइन् ।
‘स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारिमा जाने नै भए सहि सुचना लिएर र सीप सिकेर मात्र जाऔं’ भन्ने मुल उदेश्यका साथ छत्रेश्वरीमा सामी कार्यक्रम सञ्चालनमा छ । अन्तरक्रिया कार्यक्रमको सहजिकरण वित्तिय साक्षरता सहजकर्ता तिलक पुन मगरले गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: