सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकामा संचालन भैरहेको सुरक्षीत आप्रवासन ९सामी० कार्यक्रमको अन्तरक्रिया सम्पन्न भएको छ । बैदेशिक रोजगारको वर्तमान परिवेश, हाल सम्मको कार्यक्रमको समिक्षा र आगामी कार्ययोजनाका बारेमा जनप्रतिनिधि, सम्बन्धित शाखा र सरोकारवाला संग मंगलबार अन्तरक्रिया सम्पन्न भएको हो ।
कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले वैदेशिक रोजगार रहर नभएर बाध्यता भएकाले बैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउन जरुरी रहेको भन्दै यसका लागि सामी कार्यक्रमले सकारात्मक भुमिका खेलेको बताए । यद्यपी गाउँपालिकाले साझेदारी गरेर आगामी नयाँ आर्थिक वर्षमा कार्यक्रम सञ्चालन गर्ने सन्दर्भमा सम्पूर्ण जनप्रतिनिधीहरुविचमा छलफल गरेर आवश्यक निर्णय लिइने बताए ।
सामी कार्यक्रमले वैदेशिक रोजगारीमा जानेहरुलाई काउन्सिलिंग, सिप, दक्षता अभिवृद्धि, ठगिएका तथा मृत्यु भएकाहरुलाई क्षतिपुर्ति तथा शब नेपाल ल्याउने लगायतका कार्यमा सहयोग पुर्याउदै आएको छ । वैदेशिक रोजगारीमा जानेहरुको सीप र सुचनामा पहुच, न्यायमा पहुच, मनोपरामर्श र वित्तिय साक्षरताको लागि सामी कार्यक्रमले काम गर्दै आएको सामी कार्यक्रमका सल्यान जिल्ला संयोजक विमल गौतमले जानकारी दिए ।
छत्रेश्वरीमा भएको अन्तरक्रिया कार्यक्रममा सामी कार्यक्रमका प्रदेश कार्यक्रम अधिकृत विष्णु अर्यालले बैदेशिक रोजगारको वर्तमान परिवेशबारे विभिन्न तथ्यांकहरु सहित प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा नम्बर ३ का वडा अध्यक्ष तिर्थराज दाहाल, वडा नम्बर ५ कार्यवाहक वडा अध्यक्ष टंक वली, वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम बुढा, वडा नम्बर ७ का वडा अध्यक्ष टेक बहादुर बिष्ट लगायत सम्बन्धीत शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।
मनोसामाजिक परामर्श सेवालाई स्वास्थ्य शाखामा एकीकृत गरी सञ्चालन गर्ने तथा मनोसामाजिक तथा मानसिक स्वास्थ्य सेवालाई निरन्तरता दिनका लागि मनोसामाजिक तथा मानसिक स्वास्थ्य नीतिको कार्यान्वयन लगाएतका विषयमा छलफल गरिएको सामी कार्यक्रम छत्रेश्वरीका मनोसामाजिक परामर्शकर्ता कमला शाहीले जानकारी दिइन् ।
‘स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारिमा जाने नै भए सहि सुचना लिएर र सीप सिकेर मात्र जाऔं’ भन्ने मुल उदेश्यका साथ छत्रेश्वरीमा सामी कार्यक्रम सञ्चालनमा छ । अन्तरक्रिया कार्यक्रमको सहजिकरण वित्तिय साक्षरता सहजकर्ता तिलक पुन मगरले गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - २१:५९
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...
श्रावण ३१ गते, २०८३ - २१:५६
काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...
श्रावण ३१ गते, २०८३ - २१:५२
पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...
श्रावण ३१ गते, २०८३ - २१:४०
काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...
श्रावण ३१ गते, २०८३ - २१:२४
काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...
श्रावण ३१ गते, २०८३ - २१:०९
विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...
श्रावण ३१ गते, २०८३ - १०:०८
ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...
श्रावण ३१ गते, २०८३ - ०९:५८
भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...
श्रावण ३१ गते, २०८३ - ०९:५१
भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...
श्रावण ३१ गते, २०८३ - ०९:४८
पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...



प्रतिकृया लेख्नुहोस्: