Khabar Dabali १ भाद्र २०८३ सोमबार | 17th August, 2026 Mon
Investment bank

गिरीबन्धु टि–स्टेटजस्तै हदबन्दी छुटको नाममा ५० खर्बको खेलोफड्को भएको छः बालेन्द्र साह

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले  गिरीबन्धु टि–स्टेटजस्तै हदबन्दी छुटको नाममा ५० खर्बको खेलोफड्को भएको बताएका छन् ।  सोमबार हदबन्दी छुट तथा सट्टापट्टाका लागि निवेदन दिने १०१ कम्पनीको नाम सार्वजनिक गर्दै उनले यस्तो दाबी गरेका हुन् । 

सामाजिक सञ्जालमार्फत् कम्पनीहरुको नाम सार्वजनिक गर्दै बालेनले सर्वोच्च अदालतको एउटा फैसलाले अहिले यसरी निवेदन दिने कम्पनीको खेलमा केही धक्का लागेको भए पनि उनीहरूको स्वर नघटेको बताएका छन् । 

उनले समाजिक सञ्जालमा भनेका छन् ‘कानून नै परिवर्तन गर्न कुरेर बसेका छन् । यदि त्यस्तो भयो भने यसले राज्यको खर्बौं रकम अपचलनको ढोका खोलिदिन्छ।’ उनले अडाडी भनेका छन् ‘जुन रकम राज्यसँग हुने हो र सदुपयोग गर्ने हो भने १० हजार मेगावाट बिजुली निस्किने आयोजना बन्ला, २२ खर्ब नेपाली को ऋण तिर्न सकिएला, स्वास्थ्य बिमामा झन् धेरै सुविधा दिन सकिएला, हजारौं किलोमीटर रेलको लिक बन्ला । देशले ऋण नै लिन नपर्न सक्ला ।’

साहले गिरीबन्धु प्रकरणमा जग्गाको बैना दिएकालाई नडराई उजुरी गर्न पनि आग्रह गरे । उनले भने, ‘यसै पनि सर्वोच्चले बाँझो भए वा अरू नै प्रयोजनमा भए सरकारीकरण गर्नु भनिसकेको छ । त्यो गरीहालौं । अनि, घडेरी दिने प्रलोभनमा धेरै मान्छेसँग बैना पनि लिइएको छ । त्यो रकम करोडौं हुन सक्छ । ती मान्छेलाई विश्वासमा लिई घडेरी बेच्न बैना लिनेहरू विरुद्ध ठगी उजुरी शुरू गरौँ ।’

यस्तो छ बालेनको विवरण–

कामकुरो एकातिर  ‘कुम्लो बोकी ठिमीतिर’ गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भने पछि अरु १०० भन्दा बढी कम्पनीले गिरीबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै हजारौँ बिगा जमीन बेच्न पाउने निवेदन हालेका थिए । 

यसरी सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तीमा पनि ५० खर्बसम्मको खेलोफड्को हुने सम्भावना रहेको आँकलन गरिएको छ । 

सर्वोच्च अदालतको एउटा फैसलाले अहिले यसरी निवेदन दिने कम्पनीको खेलमा केही धक्का लागेको छ । तर, बिचौलियाको गिरोह र नीतिगत तहमा बसेर निर्णय गराउनेहरू भने खुलेआम राजनीतिक शक्ति केन्द्रमा रहेका छन् । उनीहरूको स्वर घटेको छैन । कानून नै परिवर्तन गर्न कुरेर बसेका छन् । यदि त्यस्तो भयो भने यसले राज्यको खर्बौं रकम अपचलनको ढोका खोलिदिन्छ । जुन रकम राज्यसँग हुने हो र सदुपयोग गर्ने हो भने १० हजार मेघावाट बिजुली निस्किने आयोजना बन्ला, २२ खर्ब नेपाली को ऋण तिर्न सकिएला , स्वास्थ्य बिमामा झन् धेरै सुविधा दिन सकिएला, हजारौं किलोमीटर रेलको लिक बन्ला । देशले ऋण नै लिन नपर्न सक्ला ।

यो तर्फ दायाँबायाँ नसोची, सरकार भत्केला कि भन्ने नडराई, तेरो यो अपराधसँग मेरो यो अपराध मिलाऊँ भन्ने बार्गेनिङ नगरी तत्काल पहलकदमीको आवश्यकता छ । यसै पनि सर्वोच्चले बाँझो भए वा अरू नै प्रयोजनमा भए सरकारीकरण गर्नु भनिसकेको छ । त्यो गरीहालौं । अनि, घडेरी दिने प्रलोभनमा धेरै मान्छेसँग बैना पनि लिइएको छ । त्यो रकम करोडौं हुन सक्छ । ती मान्छेलाई विश्वासमा लिई घडेरी बेच्न बैना लिनेहरू विरुद्द ठगी उजुरी शुरू गरौँ । 

संसदमा उभिएर गालीगलौज र savage हान्ने कोसिस त बर्षौं देखि चलेकैछ । त्यो तिनलाई नै छोडिदिउँ । काम गर्नका पक्षमा जनता सँधै छन् । 
जग्गा सट्टापट्टा गर्न निवेदन दिने कम्पनीहरू : 
१.     केपी ओली ट्रस्ट 
२ .    रेराङ्ग हाइड्रोपावर डेभलपमेन्ट पाँचथर 
३ .    केशरी चिया बगान पाँचथर 
४.     ओमटी गार्डेन प्रालि इलाम
५.     सिद्धपोखरी टी–स्टेट प्रालि इलाम
६.     इलाम टी–स्टेट इलाम
७.     सान्भी इनर्जी प्रालि सानाजलविद्युत् आयोजना इलाम
८.    माङमालुङ चियाबगान लि. इलाम
९.    किरातेश्वर टी गार्डेन प्रालि त्रिशूल इलाम
१०.    हिम चियाबगान प्रालि इलाम
११.    फिक्कल टी एन्ड कफी कम्पनी प्रालि कन्याम पशुपति, पञ्चकन्या इलाम
१२.    रोनक टी–स्टेट झापा
१३.    गोमादेवी टी–स्टेट झापा
१४.    झापा टी–स्टेट झाप
१५.    राजगढ चिया विकास कम्पनी प्रालि भद्रपुर झापा
१६.    कल्पना टी–स्टेट झापा
१७.    मोहन टी–स्टेट इन्डस्ट्रिज झापा
१८.    बज्रायोगिनी टी–स्टेट प्रालि झापा
१९.    ज्यामिरगढी टी–स्टेट झापा
२०.    राज टी–स्टेट झापा
२१.    पदम टी–टेट झापा
२२.    इलाम चियाबारी प्रालि झापा
२३.    पौडेल बन्धु टी–स्टेट प्रालि झापा
२४.    हिमाल इन्टरनेसनल प्रालि झापा
२५.    नक्कलबन्दा टी–स्टेट झापा
२६.    चकचकी टी–स्टेट झापा
२७.    लक्ष्मी टी–स्टेट झापा
२८.    सौरभ चिया उद्योग प्रालि झापा
२९.    इन्टरनेसनल इन्स्टिच्युट अफ हेल्थ साइन्स एन्ड सर्भिसेज प्रालि झापा
३०.    चन्द्रगढी टी–स्टेट प्रालि झापा
३१.    रोमन टी–स्टेट प्रालि झापा
३२.    हडिया रियल टी–स्टेट प्रालि झापा
३३.    प्रयास चिया उद्योग झापा
३४.    ऋद्धि गणेश टी–स्टेट प्रालि झापा
३५.    न्यू–गिरी एन्ड सन्स झापा
३६.    गुप्ता टी–स्टेट प्रालि भद्रपुर झापा
३७.    कुवाडीदेवी टी–स्टेट प्रालि पागनडुब्बा, झापा
३८.    जीपीको इराला फाउन्डेसन मोरङ
३९.    इस्टर्न स्टार कृषि तथा सहकारी स.लि मोरङ
४०.    जिरी टी डेभलपमेन्ट प्रालि धनकुटा 
४१.    कुवापानी टी प्लान्टेसन प्रालि धनकुटा
४२.    मुँगा टी गार्डेन्स प्रालि धनकुटा
४३.    चुलाचुली टी–स्टेट प्र.लि धनकुटा
४४.    मारुती सिमेन्ट प्रालि सिरहा
४५.    केचना टी–स्टेट प्रालि दोलखा
४६.    सोलु हाइड्रोपावर प्रालि (तल्लो सोलु)  गार्मा र तिङला, सोलु र रसुवा
४७.    अप्परसोलु हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालि सल्लेरी, तिङला, गामा, रसुवार सोलु
४८     ग्रीनभेन्चर्स प्रालि रामेछाप
४९.    हिमालय ऊर्जा विकास क.(अप्पर खिम्ती) चुचुरे रामेछाप
५०.    रिलायन्स सुगुर एन्ड केमिकल्स इ.प्रालि बारा
५१.    गिजरा खाडाखारी मिल प्रालि बाँके
५२.    युनाइटेड सिमेन्ट प्रालि नौबीसे धादिङ
५३.    इको अर्गानिक फार्मस प्रालि काभ्रे
५४.    गेल्डेन फ्रार्मस प्रालि कफी, तरकारी पशुपन्छी काभ्रे
५५.    तिमाल इन्ट्रगे्रटेड फाउन्डेसन काभे्र
५६.    युलेन्स एजुकेसन फाउन्डेसन काभ्रेपलाञ्चोक
५७.    द्वारिकाज हिमालयन सांग्रिला भिलेज रिसोर्ट काभे्र
५८.    आदि शक्ति विद्युत विकास कं.प्रालि नुवाकोट
५९.    नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कं. प्रालि (माथिल्लो त्रिशूली) हाकुगाविस रसुवा
६०.    लिबर्टी इनर्जी हाइड्रो पावर लमजुङ
६१.    आराभ नेपाल भोर्डन एग्रिकल्चर क. प्रालि लमजुङ
६२.    हिमालयन पावर पार्टनरसिप लमजुङ
६३.    होङ्गसी शिवम् सिमेन्ट प्रालि नवलपरासी पाल्पा
६४.    सान्जेन जलविद्युत् कं.लि रसुवा
६५.    सगरमाथा सिमेन्ट प्रालि हटिया, मकवानपुर
६६.    घोरही सिमेन्ट उद्योग घोराही दाङ
६७.    सोनापुर सिमेन्ट प्रालि दाङ
६८.    रोल्पा सिमेन्ट प्रालि बुढागाउँ रोल्पा
६९.    रोवष्ट इनर्जी प्रालि (मिष्ठी खोला जलविद्युत आयोजना) म्याग्दी
७०.    रोड सो रियल स्टेट प्रालि कास्की
७१.    सैबु भिलेज रिसोर्ट प्रालि भैंसेपाटी ललितपुर
ललितपुर
७२.    नारायणी उष्ट प्रालि ललितपुर
७३.    ओरियन्टल बिल्डर्स एन्ड डेभलपर्स प्रालि ललितपुर
७४.    होमल्यान्ड हाउजिङ प्रा.िललितपुर
७५.    सिभिल होम्स प्रालि ललितपुर काठमाडौं
७६.    सैबु भिलेज रिसोर्ट प्रालि भैंसेपाटी ललितपुर
७७.    पवनपुत्र सेक्युरिटी प्रालि ललितपुर 
७८.    उपहार हाउजिङ क.लि. बलम्बु काठमाडौं
७९.    सिभिल इन्फ्रास्ट्रकचर काठमाडौं
८०.    सिनर्जी प्रोपर्टिज डेभलप्र्स प्रालि दहचोक काठमाडौं
८१.    एसबी कम्पनी प्रालि सीतापाइला, चितवन
८२.    सांग्रिला हाउजिङ प्रालि काठमाडौं
८३.    सि.ई कन्स्ट्रक्सन प्रालि काठमाडौं
८४.    बागमती प्रपर्टी डिलर्स प्रालि. काठमाडौं भक्तपुर
८५.    युरो इन्भेस्टमेन्ट् प्रालि काठमाडौं
८६.    आयुषा डेभलपर्स प्रालि काठमाडौं
८७.    कोहिनुर हिलहाउजिङ प्रालि काठमाडौं
८८.    हेभेन्स भिलेज प्रालि काठमाडौं
८९.    बृहत् इनभेन्टमेन्ट प्रालि काठमाडौं
९०.    होमल्यान्ड हाउजिङ प्रालि काठमाडौं 
९१.    पदमा मर्चेन्ट कं. प्रालि सीतापाइला, काठमाडौं
९२.    टावर हाउजिङ प्रालि काठमाडौं चितवन
९३.    टचउड हाउजिङ प्रालि काठमाडौं
९४.    सुभारम्भा  हाउजिङ एन्ड डेभलपर्स प्रालि
९५.    सीडी डेभलपर्स प्रालि काठमाडौं
९६.    सिद्धार्थ हाउजिङ प्रालि काठमाडौं
९७.    तनहुँ हाइड्रोपावर लि. तनहुँ
९८.    लिवर्टी इनर्जी क.लि. लमजुङ
९९.    काबेली इनर्जी पाँचथर
१००.    हिमालय महालक्ष्मी गार्डेन प्रालि झापा
१०१.    गिरिबन्धु टी
–स्टेट प्रालि झापा

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास मौज्दातबारे गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति, ‘होटलमा २०० सिलिन्डर अस्वाभाविक होइन’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...

युवालाई विदेशिन बाध्यता होइन, रोजाइ बनाउने शिक्षा र उद्योगबीच सहकार्य आवश्यक

काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...

दुई दशकमा पनि अधुरै मध्यपहाडी लोकमार्ग, लागत ५१ अर्बले बढ्यो

काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...

भदौ १ देखि ग्यास वितरण नियमित, अति आवश्यक उपभोक्तालाई प्राथमिकता

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...

एमालेभित्र चर्कियो नेतृत्व विवाद, ओलीको हुँकारले झन् तरङ्गित भयो पार्टी

विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending