बागलुङ । बागलुङको जैमिनी नगरपालिका-५ बिनामारेस्थित पर्यटकीय क्षेत्र रिठेडाँडामा पर्यटन पूर्वाधार निर्माण भइरहेका छन् । अनकन्टार भिरको शिरमा रहेको रिठेडाँडामा नगरपालिका र गण्डकी प्रदेश सरकारले विसं २०७४ देखि पूर्वाधार निर्माण गर्दै आएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न पर्यटन पूर्वाधार निर्माण गरिरहेको जैमिनी नगरपालिका-५ का अध्यक्ष ठगबहादुर थापाले बताए।
अग्लो डाँडाको शिरमा समथर भूभाग छ । यहाँ आन्तरिक पर्यटक घुम्न आउने हुँदा यसलाई उत्कृष्ट गन्तव्य बनाउन संरचना थप्दै गएको उनको भनाइ छ । हालसम्म रु ४५ लाख बढी लगानी गरिसकेको अध्यक्ष थापाले जानकारी दिए।
रिठेडाँडामा शौचालय, खानेपानी, चौतारा, मन्दिर घेराबारलगायतका संरचना बनिसकेका छन् । यहाँ आउने पर्यटकलाई समथर मैदानको बीचमा रहेको पोखरी र चिसो बतास चल्ने रिठेडाँडादेखि देखिने दृश्यले लोभ्याउने गरेको छ । गर्मी याममा शीतल खोज्दै पर्यटक आउने गर्छन् । नगरपालिकाले आगन्तुकका लागि रुखमुनि बसेर शीतल ताप्न चौतारी बनाइदिएको छ । पछिल्लो समय पर्यटक बढ्दै गएपछि घाम पानी छेक्न विश्रामस्थल बनाइएको छ ।
“रिठेडाँडा जैमिनीको मात्रै नभई सिङ्गो बागलुङको पर्यटकीय क्षेत्र हो, यो ठाउँ वर्षौंदेखि ओझेलमा परेको थियो, नगरपालिका स्थापना भएपछि हामीले यहाँ लगानी गर्दै आएका छौँ”, उनले भने, “यस वर्ष पनि प्रदेश र नगरपालिकाको रु १० लाख बजेटले सार्वजनिक शौचालय र खानेपानी व्यवस्थापनको काम हुँदैछ, पहिलेको तुलनामा अहिले निकै परिवर्तन भएको छ, पर्यटकले पनि रुचाउँदै गएका छन् ।”
यहाँ पर्यटन पूर्वाधार निर्माणसँगै प्रचारप्रसार हुन थालेपछि पर्यटक बढेको जैमिनी नगरपालिका(५ का स्थानीय हर्कबहादुर थापामगरले जानकारी दिए। पहिले गाउँलेले गाईभैँसी चरन क्षेत्रका रुपमा प्रयोग गर्ने रिठेडाँडा अहिले पर्यटक रमाउने स्थलकारुपमा विकास भएको उनको भनाइ छ ।अझ सबैभन्दा बढी त माघ, फागुनको समयमा आन्तरिक पर्यटक आउने गर्छन् । चाडपर्वमा आन्तरिक पर्यटकको भीड लाग्ने गर्छ ।
रिठेडाँडादेखि बागलुङको विभिन्न स्थानसहित पर्वत, स्याङ्जा र उच्च पहाड नजिकबाट अवलोकन गर्न सकिन्छ । ग्रामीण जनजीवन बुझ्न र अर्गानिक खानाका स्वाद लिन पर्यटक रिठेडाँडा आउने गर्छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८३ - १७:०८
काठमाडौं । नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा प्रयोग गरेको ‘घाँटी सुक्नेगरी’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त श...
आषाढ़ २६ गते, २०८३ - १६:५४
काठमाडौँ । गणेश नेपाली आत्मदाह प्रकरणको छानबिन गर्न सरकारले नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्...
आषाढ़ २६ गते, २०८३ - १६:३७
तपाईंहरूले बनाएको कानुनअनुसार नै हामीले काम गरेका हौँ
आषाढ़ २६ गते, २०८३ - १६:१७
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नक...
आषाढ़ २६ गते, २०८३ - १६:०८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजीका लागि नभई जनताको सेवा गर्न सरकारमा आएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर ...
आषाढ़ २६ गते, २०८३ - १५:५९
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्न रोस्ट्रममा पुगेपछि भावुक बनेका छन्। प्रतिनिधिसभा बैठकमा समय लिएर आफ्नो धारणा ...
आषाढ़ २६ गते, २०८३ - १५:५०
काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरू काठमाडौं महानगरपालिका घेराउ गर्न जाने क्र...
आषाढ़ २६ गते, २०८३ - १५:३४
काठमाडौं । आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा ...
आषाढ़ २६ गते, २०८३ - १५:१८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन ‘अनन्त’ले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारसँग जवाफ माग गरेका छन्। ...
आषाढ़ २६ गते, २०८३ - १५:०१
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकार नागरिकमा आशा जगाउनेभन्दा त्रासको प्रतीक बन्दै गएको टिप्पणी गरेका छन्। मुगुका गणेश न...



प्रतिकृया लेख्नुहोस्: