Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

कैलालीमा हिउँदेबाली उत्पादन वृद्धि

खबरडबली संवाददाता
कैलाली । कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार गत वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा तीन दशमलव ४२ प्रतिशतले वृद्धि भएको हो ।
 
दाना लाग्ने बेला पानी परेकाले गहुँ उत्पादन वृद्धि भएको कृषि ज्ञानकेन्द्र कैलालीका सूचना अधिकारी श्यामराज जोशीले बताउनुभयो । गत वर्ष जिल्लाभर ३४ हजार पाँच सय ६५ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख तीन हजार चार सय ७१ मेट्रिकटन उत्पादन भएको थियो । यस वर्ष ३२ हजार आठ सय ४० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख १२ हजार तीन सय १२ मेट्रिकटन उत्पादन भएको सूचना अधिकारी जोशीले जानकारी दिए।
 
उनले गत वर्षको तुलनामा एक हजार सात सय २५ हेक्टर कम क्षेत्रफलमा गहुँखेती गरिए पनि दाना लाग्ने बेलामा पानी परेकाले गहुँ उत्पादनमा वृद्धि भएको जानकारी दिए । यसैगरी यो वर्ष नौ हजार पाँच सय २० हेक्टर क्षेत्रफलमा दलहनबाली लगाइएकामा १० हजार चार सय ९१ मेट्रिकटन उत्पादन भएको छ । गत वर्ष नौ हजार पाँच सय चार हेक्टर क्षेत्रफलमा आठ हजार सात सय ७० मेट्रिकटन दलहन बाली उत्पादन भएको थियो । यस वर्ष दलहनबाली एक हजार सात सय २१ मेट्रिकटनले वृद्धि भएको हो ।
 
यो वर्ष १४ हजार ६० हेक्टरमा तेलहनबाली लगाइएकामा १४ हजार ३२ मेट्रिकटन उत्पादन भएको छ । गत वर्ष १४ हजार ४१ हेक्टर क्षेत्रफलमा १३ हजार सात सय ९७ मेट्रिकटन तेलहनबाली उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
 
त्यस्तै ५४ हजार ८२ हेक्टर क्षेत्रफलमा यस वर्ष हिउँदे तरकारीखेती गरिएकामा ६९ हजार एक सय ३६ मेट्रिकटन उत्पादन भएको जनाइएको छ । गत वर्ष ५५ हजार एक हेक्टर क्षेत्रफलमा ६९ हजार एक सय छ मेट्रिकटन हिउँदे तरकारी उत्पादन भएको थियो ।
 
यस वर्ष जिल्लामा मसलाबाली उत्पादनमा समेत वृद्धि भएको छ । यो वर्ष १६ हजार छ सय ६७ हेक्टरमा मसला खेती गरिएकामा १९ हजार १७ मेट्रिकटन उत्पादन भएको छ । गत वर्ष १६ हजार २७ हेक्टरमा १८ हजार छ सय ८२ मेट्रिकटन मसला बाली उत्पादन भएको थियो ।
 
गत वर्षको तुलनामा फलफूल बाली र नगदेबाली उत्पादनमा केही ह्रास आएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष तीन सय २६ हेक्टर क्षेत्रफलमा दुई हजार नौ सय ५३ मेट्रिकटन फलफूल उत्पादन भएको छ । गत वर्ष तीन सय २६ हेक्टरमा तीन हजार २० मेट्रिकटन फलफूल उत्पादन भएको थियो ।
 
दुई हजार नौ सय ९२ हेक्टरमा छ हजार १४ मेट्रिकटन अन्य नगदेबाली उत्पादन भएको छ । गत वर्ष दुई हजार नौ सय १० हेक्टरमा छ हजार ३२ मेट्रिकटन नगदेबाली उत्पादन भएको थियो ।
 
कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष कैलालीमा जम्मा ५९ हजार दुई सय २५ हेक्टर क्षेत्रफलमा हिउँदे खेती गरिएकामा तीन लाख छ हजार आठ सय १९ मेट्रिकटन उत्पादन भएको छ । गत वर्ष ६० हजार सात सय ९६ हेक्टर क्षेत्रफलमा दुई लाख ९१ हजार ५२ मेट्रिकटन उत्पादन भएको तथ्याङ्क कृषि ज्ञान केन्द्रसँग छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले सचिवमा २० उम्मेदवारमा कसको अग्रता छ ?

काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा सचिव पदतर्फको प्रारम्भिक मतगणनामा पद्मा कुमारी अर्यालले सर्वाधिक मत ल्याउँदै अग्रता लिएकी ...

एमाले उपाध्यक्षमा विष्णु पौडेलको अग्रता

काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा उपाध्यक्ष पदतर्फ प्रारम्भिक मतगणनामा विष्णु पौडेलले सर्वाधिक मत ल्याउँदै अग्रता लिएका छन्।...

मतगणनाको प्रारम्भिक नतिजा: ओलीले १५६ मत पाउँदा ईश्वर पोखरेलले पाए ६७

काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार ओ...

रवि लामिछाने र छविलाल जोशीको धरौटी मागसम्बन्धी मुद्दाको पेसी आज

बुटवल । सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ...

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...

झापा राजस्व कार्यालयमा पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।  ...

जेन–जी आन्दोलन जाँचबुझ आयोगले अर्काे सातादेखि राजनीतिक नेताको बयान लिने

काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्: प्रधानमन्त्री कार्की

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending