Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

कैलालीमा हिउँदेबाली उत्पादन वृद्धि

खबरडबली संवाददाता
कैलाली । कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार गत वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा तीन दशमलव ४२ प्रतिशतले वृद्धि भएको हो ।
 
दाना लाग्ने बेला पानी परेकाले गहुँ उत्पादन वृद्धि भएको कृषि ज्ञानकेन्द्र कैलालीका सूचना अधिकारी श्यामराज जोशीले बताउनुभयो । गत वर्ष जिल्लाभर ३४ हजार पाँच सय ६५ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख तीन हजार चार सय ७१ मेट्रिकटन उत्पादन भएको थियो । यस वर्ष ३२ हजार आठ सय ४० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख १२ हजार तीन सय १२ मेट्रिकटन उत्पादन भएको सूचना अधिकारी जोशीले जानकारी दिए।
 
उनले गत वर्षको तुलनामा एक हजार सात सय २५ हेक्टर कम क्षेत्रफलमा गहुँखेती गरिए पनि दाना लाग्ने बेलामा पानी परेकाले गहुँ उत्पादनमा वृद्धि भएको जानकारी दिए । यसैगरी यो वर्ष नौ हजार पाँच सय २० हेक्टर क्षेत्रफलमा दलहनबाली लगाइएकामा १० हजार चार सय ९१ मेट्रिकटन उत्पादन भएको छ । गत वर्ष नौ हजार पाँच सय चार हेक्टर क्षेत्रफलमा आठ हजार सात सय ७० मेट्रिकटन दलहन बाली उत्पादन भएको थियो । यस वर्ष दलहनबाली एक हजार सात सय २१ मेट्रिकटनले वृद्धि भएको हो ।
 
यो वर्ष १४ हजार ६० हेक्टरमा तेलहनबाली लगाइएकामा १४ हजार ३२ मेट्रिकटन उत्पादन भएको छ । गत वर्ष १४ हजार ४१ हेक्टर क्षेत्रफलमा १३ हजार सात सय ९७ मेट्रिकटन तेलहनबाली उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
 
त्यस्तै ५४ हजार ८२ हेक्टर क्षेत्रफलमा यस वर्ष हिउँदे तरकारीखेती गरिएकामा ६९ हजार एक सय ३६ मेट्रिकटन उत्पादन भएको जनाइएको छ । गत वर्ष ५५ हजार एक हेक्टर क्षेत्रफलमा ६९ हजार एक सय छ मेट्रिकटन हिउँदे तरकारी उत्पादन भएको थियो ।
 
यस वर्ष जिल्लामा मसलाबाली उत्पादनमा समेत वृद्धि भएको छ । यो वर्ष १६ हजार छ सय ६७ हेक्टरमा मसला खेती गरिएकामा १९ हजार १७ मेट्रिकटन उत्पादन भएको छ । गत वर्ष १६ हजार २७ हेक्टरमा १८ हजार छ सय ८२ मेट्रिकटन मसला बाली उत्पादन भएको थियो ।
 
गत वर्षको तुलनामा फलफूल बाली र नगदेबाली उत्पादनमा केही ह्रास आएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष तीन सय २६ हेक्टर क्षेत्रफलमा दुई हजार नौ सय ५३ मेट्रिकटन फलफूल उत्पादन भएको छ । गत वर्ष तीन सय २६ हेक्टरमा तीन हजार २० मेट्रिकटन फलफूल उत्पादन भएको थियो ।
 
दुई हजार नौ सय ९२ हेक्टरमा छ हजार १४ मेट्रिकटन अन्य नगदेबाली उत्पादन भएको छ । गत वर्ष दुई हजार नौ सय १० हेक्टरमा छ हजार ३२ मेट्रिकटन नगदेबाली उत्पादन भएको थियो ।
 
कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष कैलालीमा जम्मा ५९ हजार दुई सय २५ हेक्टर क्षेत्रफलमा हिउँदे खेती गरिएकामा तीन लाख छ हजार आठ सय १९ मेट्रिकटन उत्पादन भएको छ । गत वर्ष ६० हजार सात सय ९६ हेक्टर क्षेत्रफलमा दुई लाख ९१ हजार ५२ मेट्रिकटन उत्पादन भएको तथ्याङ्क कृषि ज्ञान केन्द्रसँग छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ परेका छन् ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महा...

निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने

इलाम। निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने जनाएको छ । २१ गते हुुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्...

यस वर्षको मतगणनामा दलका प्रतिनिधिले हेर्न पाउँछन्, छुन पाउँदैनन्: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयो...

२४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी

काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने ...

झापा ५ मा नेपाली सेनाको हवाई गस्ती

दमक। झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ । बिहीबार हुने निर्वाचनलाई ध्यान...

बाँके क्षेत्र नम्बर २ को मतगणनास्थलमा तारजाली र सिसिटिभि जडान

नेपालगन्ज । फागुन २१ गते विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि बाँके निर्वाचन क्षेत्र नम्बर २ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि ...

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आम...

टिकटकर रतन कार्कीमाथि प्रहरीको सोधपुछ

काठमाडौं । निर्वाचनको मौन अवधिमा उम्मेदवारका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ। जिल्ला प...

निर्वाचनअघि राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् को बैठक सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्की ले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन्। केहीबेरदेख...

निर्वाचन सुरक्षामा खटिएका १२ जना सुरक्षाकर्मी र दुई मतदान अधिकृतको मृत्यु

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का दौरान देशभरका मतदान केन्द्रमा खटिएका ११ जना निर्वाचन प्रहरी र एक सहायक निरीक्षकको विभिन्न दुर्घटना र ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE