Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

मधेसमा नेकपा एसले छाडेन जसपाको साथ, नयाँ समीकरणको गृहकार्यमा कांग्रेस

सरकार जोगाउन उपेन्द्रको दौडधूप, एमाले-माओवादीको पनि आ-आफ्नै दाउ

खबरडबली संवाददाता

जनकपुर । मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकारका साझेदार दलले समर्थन फिर्ता लिएपछि अहिले सरकार गठन चुनौतिपूर्ण बनेको छ । 

जसपाले आफ्नो नेतृत्वमा रहेको सरकारको निरन्तरताका लागि विभिन्न दलसँग संवाद गरिरहेको छ । नेकपा माओवादी केन्द्र र नेकपा एमालेले समर्थन फिर्ता लिएपछि सरकार जोगाउन जसपाले अन्य दलसँग संवाद तीब्र बनाएको छ । 

एमाले र माओवादी पनि आआफ्नो नेतृत्वमा सरकार बनाउनका लागि अन्य दलसँग साथ र समर्थन मागिरहेका छन् । विगतदेखि नै सङ्घीय सरकारभन्दा मधेश प्रदेश सरकारलाई प्राथमिकतामा राख्ने गरेको जसपाले सङ्घीय सरकारबाट बाहिरिएलगत्तै अन्य दलसँग संवाद सुरू गरिसकेको छ । 

पार्टी अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री र नेता दीपक कार्कीले राज्यमन्त्रीबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएर मधेशमा सरकार जोगाउन जोड गरिरहेका छन्। 

अध्यक्ष यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरलाई उनकै निवासमा पुगेर सरकारलाई समर्थन गर्न आग्रह गरे भने अन्य दलसँग पनि संवादका लागि पहल गरिरहेका छन्। 

सरकारलाई समर्थन गरिरहेको नेकपा एकीकृत समाजवादीलाई साथमै राख्ने र सरकारबाहिर रहेका नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा, जनमत पार्टीलगायतलाई सरकारमा ल्याउन जसपाले पहल गरिरहेको सो पार्टीका प्रमुख सचेतक रामअशिष यादवले जानकारी दिए। 

“हामी सरकारको निरन्तरताका लागि सबै दलसँग संवाद र सहकार्य गर्न तयार छौँ । सबैसँग छलफल भइरहेकाले यही सरकारले निरन्तरता पाउँछ भन्नेमा हामी आशावादी पनि छौँ र यसका लागि संसदीय दलले संवाद बढाउने निर्णय गरिसकेको छ”, उनले भने। 

एकीकृत समाजवादी मधेश प्रदेश संसदीय दलका नेता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपाने आफूसहितको सरकार जोगाउन पार्टीले पहल गर्ने बताए। 

उनले भने, “हामीले जसपा नेपाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएका थियौँ, अहिले पनि यही सरकारमा छौँ । यो सरकारलाई निरन्तरताका लागि पहल गर्नु हाम्रो पनि दायित्व हो त्यो पूरा गर्छौ ।”

अहिले पुर्नगठन गरिएको सरकारमा मुख्यमन्त्रीसहित पाँच मन्त्री र एक जना राज्यमन्त्री छन् । त्यसमा नेकपा एकीकृत समाजवादीका दुई मन्त्री छन्। मधेस प्रदेशसभामा जसपाका १९ र नेकपा एकीकृत समाजवादीको सात सांसद छन् । 

जसपा नेपालको नेतृत्वमा सरकार टिकाउन अझै २८ मत आवश्यक हुन्छ । जसपाले २२ मत रहेको नेपाली कांग्रेसको साथ खोजिरहेको छ तर कांग्रेसले भने आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गरिरहेको छ । 

कांग्रेस मधेस प्रदेशसभाका संसदीय दलका उपनेता विरेन्द्रकुमार सिंहले अब आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन छलफल भइरहेको बताउँछन्। त्यसका लागि नेकपा माओवादी केन्द्र र नेकपा एमालेबाहेक सबै दलसँग छलफल भइरहेको उनको भनाइ छ । 

यसअघि गत मङ्गलबार कांग्रेस मधेस प्रदेशका सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता कृष्ण यादवले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर मधेस प्रदेशमा सरकार बनाउनका लागि सहयोग गर्न आग्रह गरेका छन् । 

लोसपाका उपाध्यक्ष एवम् मधेस प्रदेशसभा सदस्य जितेन्द्र सोनल जसपा नेपाललाई सहयोग गर्ने अवस्था नरहेको बताए। आफ्नो पार्टीले विपक्षमा रहेका कांग्रेसलगायत दलसँग संवाद गरिरहेकाले सोही सहमतिअनुसार अगाडि बढ्ने उनको भनाइ छ । 

मधेस प्रदेशमा एमालेको २५, कांग्रेसको २२, जसपा नेपालको १९, जनमत पार्टीको १३, लोसपा र माओवादी केन्द्रको नौ÷नौ, नेकपा एकीकृत समाजवादीको सात र नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एक–एक सांसद छन् ।

माओवादी केन्द्र र एमालेले पनि सरकार बनाउन पहल सुरु गरेका छन् । यी दुई दलले पनि जसपा नेपालबाहेक अन्य सबै दलसँग कुराकानी गरिरहेका छन् । एमाले र माओवादीसँग जम्मा ३२ सिट छ । सरकार बनाउन यो पक्षलाई थप २२ सिटको आवश्यकता छ । 

एमालेसहितको पक्षले जनमत पार्टीले जसपा नेपाल इतर सरकार गठनका लागि सहयोग गर्ने अपेक्षा गरिरहेको छ । जनमत पनि सरकार गठनका लागि उपयुक्त अवसरको पर्खाइमा छ । सो पार्टी मधेश प्रदेशसभा संसदीय दलका नेता महेशप्रसाद यादवले सरकार गठनका लागि सबै पार्टीसँग संवाद जारिरहेकाले चाँडै निष्कर्षमा पुग्ने बताएका छन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending