Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

निर्माण थालिएको छ वर्षदेखि जनजाति सङ्ग्रहालय अधुरै

गाउँपालिकाकाे ५८ लाख लगानी वालुवामा पानी

खबरडबली संवाददाता

बागलुङ ।  बागलुङको काठेखोला गाउँपालिकाले गौरवको योजनाका रुपमा रहेको जनजाति सङ्ग्रहालय छ वर्षदेखि अधुरै रहेको छ । २०७५ देखि सुरु गरिएको काठेखोला–४ तङ्ग्रामस्थित जनजाति सङ्ग्रहालय बजेट अभावमा अधुरै रहेको छ ।     

सङ्ग्राममा रहेका जनजातिको पहिचान, भाषा, वेषभूूषा र संस्कृतिलाई सङ्ग्रहित गर्ने उद्देश्यले जनजाति सङ्ग्रहालय निर्माणमा गाउँपालिकाले थालनी गरेको थियो । गाउँपालिकाबाट ‘एक वडा एक गौरवको योजना’अन्तर्गत हालसम्म झन्डै रु ५८ लाख रकम खर्च भइसकेको छ ।     

अहिले सङ्ग्रहालयको एकतला भवनमात्रै निर्माण भएको छ । उक्त एकतला भवनले अझै पूर्णता पाउन नसकेको हो । बजेट अभावमा भवनमा झ्याल तथा ढोकासमेत राख्न सकिएको छैन ।  सङ्ग्रहालय निर्माणसँगै आन्तरिक र बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको भए पनि गाउँपालिकाले बजेट अभावका कारण समयमै निर्माण गर्न नसकेको गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले बताए ।     

गाउँपालिकाको एक वडा एक गौरवको योजनाअनुसार पर्यटन तथा जनजाति सङ्ग्रहालय निर्माण थाले पनि चालु आर्थिक वर्षमा गाउँपालिकाले बजेट विनियोजन गर्न सकेको छैन । 

“गौरवको योजनाका रुपमा गाउँपालिकाले लिएको जनजाति सङ्ग्रहालयमा पछिल्लो समय गाउँपालिकाले बजेट राख्न सकेको छैन, प्रदेश सरकारसँग समन्वय भइराखेको छ, आगामी आर्थिक वर्षमा सके प्रदेशबाट नसके गाउँपालिकाबाट थोरै रकम भए पनि विनियोजन गरेर एक तला भवनलाई पूर्णता दिने योजनामा गाउँपालिका छ”, प्रवक्ता विकले भने, “गाउँपालिकाले नै रु ५८ लाख खर्चेको भवनलाई अलपत्र छाड्ने भन्ने हुँदैन तर बजेट अभावले ढिलाइ भएकै छ, आगामी वर्ष पूर्णता पाउँछ, त्यसपछि तला थप गर्ने अथवा सङ्ग्रहालय सञ्चालन गर्ने भन्ने विषयमा गाउँपालिकाले छलफल गर्छ ।”     

जनजाति सङ्ग्रहालयका लागि गाउँपालिकाले २०७५ सालमा रु पाँच लाख, २०७६ मा रु २० लाख, २०७७ मा रु १३ लाख, २०७८ मा  १५ लाख र २०७९ मा रु पाँच लाख गरी रु ५८ लाख खर्च गरिसकेको छ । सङ्ग्रहालयमा गाउँपालिकाभित्र बसोबास गर्ने विभिन्न जाति–जनजातिको पहिचान झल्कने सामग्री राखिने भए पनि सङ्ग्रहालय निर्माणमा ढिलाइ भएको स्थानीय नरबहादुर विकले बताए ।     

सङ्ग्रहालय बनेपछि गाउँमा पर्यटक आउने र आर्थिकरुपमा जीविकोपार्जनमा समेत टेवा पुग्ने भए पनि भवनको छ वर्षसम्म निर्माण नसकिएको हो । सङ्ग्रहालयमा गाउँपालिकाभित्र बसोबास गर्ने जातजातिको वेषभूषा, संस्कृति, रीतिरिवाज, परम्परा झल्किने वस्तु राखिने र गाउँपालिकाका जनजातिको लोपोन्मुख भाषा, संस्कृति तथा सामग्रीलाई झल्काउन मद्दत गर्नेगरी निर्माण थालिएको थियो ।     

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था

काठमाडौँ। विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ। ...

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

रुपन्देही । लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह र भैरहवामा धम्मयात्रा आयोजना हुने भएको छ । साेमबार आ...

पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको साेमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्...

निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन एमालेकाे निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ । एमाले...

‘सांसद भए पनि किताब बेच्न छाड्दिनँ, कृषि कारखानालाई अझ राम्रो बनाउनु छ’ : डा. महावीर पुन

वीरगन्ज। म्याग्दी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.महावीर पुन सांसद बनेपछि पहिलो पटक वीरगन्ज पुगेर आफ्नो आत्मकथा पुस्तक बिक्री ग...

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्...

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

रुपन्देही । दुई दिनसम्म परेको बैमौसमी वर्षाले रुपन्देहीामा ठुलो परिणाममा काँचो इँटामा क्षति पुगेको छ । शुक्रबार र शनिबार हुरीबताससहितको वर्षाका कारण क...

सूर्यदर्शन प्रकरणमा जाहेरीकर्ता कृष्णप्रसाद जैसी नै सहकारी ठगी आरोपमा पक्राउ

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैसी नै अर्क...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरण : पूर्वमन्त्री भीम आचार्यसँग साढे २ लाख धरौटी माग

काठमाडौं। विशेष अदालतले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

काठमाडौँ । प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ । मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: