Ntc summer Offer
Khabar Dabali १६ कार्तिक २०८१ शुक्रबार | 1st November, 2024 Fri
Investment bank

सुनसरी, लम्जुङ र बाराबाट अवैध लागूऔषधसहित चार जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ परेका छन् । सुनसरी, लम्जुङ र बाराबाट अवैध लागूऔषधसहित प्रहरीले चार।जना नियन्त्रणमा लिएको हो । 

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ५ सय मिलिग्रामसहित इटहरी उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय संजिब रिजाल र सोही बस्ने संजिब प्रधानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०५३ प ७६१७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागू पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी लमजुङको  सुन्दरबजार नगरपालिका-७ छबिसेटोल बस्ने ४२ वर्षीय रामशरण सापकोटालाई अवैध लागूऔषध गाँजा ४ किलो ३ सय ५ ग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुन्दरबजार र इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका-२१स्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ किलो ४ सय ग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ बस्ने ३१ वर्षीय दिपक बैजुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले बनेपाबाट पर्साठोरीतर्फ जाँदैगरेको ना.७ ख ७१३२ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेका सबैका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैगरी प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १४ किलो ९ सय ग्राम बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।

अस्थाई प्रहरी पोष्ट श्यामचोकबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ को।३३ प ३७८४नम्बरको मोटरसाइकलमा सवार व्यक्तिले मोटरसाइकल र बोरा छाडी फरार भए पश्चात प्रहरीले बोरा तलासी गर्दा उक्त गाँजा बरामद गरेको हो ।

प्रहरीले हाल फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाका  सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तिहारमा किन र कसरी खेलिन्छ देउसी-भैलो ?

काठमाडौँ । तिहार नेपालीहरूको महान चाँड हो । तिहार पाँच दिन मनाइन्छ जसलाई यमपन्चक पनि भनिन्छ । तिहार खास गरि रङ, फूलको झिलिमीली, प्रकृति पूजन र बत्तीहर...

जुवातास खेलिरहेको अवस्थामा ३९ जना पक्राउ

काठमाडौं । ललितपुरकाे गोदावरी नगरपालिका-७ देविचौर बस्ने छिरिङ तामाङको टहरोमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय श्याम तामाङ समेत ७ जनाल...

जुवातास खेलिरहेको अवस्थामा ३९ जना पक्राउ

काठमाडौं । ललितपुरकाे गोदावरी नगरपालिका-७ देविचौर बस्ने छिरिङ तामाङको टहरोमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय श्याम तामाङ समेत ७ जनाल...

राष्ट्रिय एकतालाई बलियो बनाउनेमा सबैको ध्येय छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकतालाई अझ बढी बलियो बनाउनेमा सबैको ध्येय रहेको बताएका छन् ।  राष्ट...

कलाकार र सञ्चारकर्मीको देउसीमा छमछमी नाचे प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कलाकार र सञ्चारकर्मीसँग देउसीमा छमछमी नाचेका छन् । ...

चीनले बनायो चन्द्रमामा प्रयोग गर्न मिल्ने इट्टा

काठमाडौं । चिनियाँ वैज्ञानिकहरूले चन्द्रमामा प्रयोग गर्न सकिने इट्टा बनाएका छन् । यो इट्टा हुआचोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा रहेको नेशनल ...

‘कुकुरबिनाको गोठालाको कल्पना गर्न सकिदैन’

रुकुम पूर्व ।  बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटनको बुकीमा भेडापालन गर्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका रनबहादुर विकको गोठमा पाँचवटा ...

पाल्पामा चोरी गर्ने तीन जना पक्राउ

पाल्पा । पाल्पाको  रामपुरमा घरमा चोरी गर्ने तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेममा  रौतहट चन्द्रनिगाहपुर नगरपालिका–१० का २४ वर्षीय ...

वर्षौंदेखि कोठामा थुनेर राखिएकी जानकीको उद्धार

कञ्चनपुर । वर्षौंदेखि कोठामा थुनेर राखिएकी शुक्लाफाँटा नगरपालिका–३ की मानसिक सन्तुलन गुमाएकी २५ वर्षीया जानकी बाँनियाको आज उद्धार गरिएको छ । नगर उप...

सरकारी अस्पतालमा जन्मनासाथ बालबालिकाको अपांगतासहित ४ प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य गर्ने निर्णय

 काठमाडौं ।  अब नेपालका प्रसुती सेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा जन्मिएका बालबालिकाको प्रमुख स्वास्थ्य समस्या परीक्षण बर्न स्क्रिनिङ अनिवार्य हुने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy