काठमाडौं । दिल्ली प्रहरीले हवाई यात्रामा मात्रै चोरी गर्ने एकजना हाई प्रोफाइल चोरलाई पक्राउ गरेको छ । ४० वर्षीय अभियुक्त राजेश कपुरले यात्राको क्रममा सहयात्रीहरूको ह्यान्डब्यागबाट गहना र बहुमूल्य सामानहरू चोर्ने गर्थे। प्रहरीले उनलाई दिल्लीको पहाडगञ्ज क्षेत्रबाट पक्राउ गरेको हो ।
राजेश कपुरले गत वर्ष ११० दिनभन्दा बढी समयसम्म २०० भन्दा बढी उडानमा चोरी गरेको प्रहरीले जनाएको छ । आईजीआई एयरपोर्टमा पत्रकार सम्मेलनमा पुलिस उपायुक्त (आईजीआई) उषा रंगनानीले कपूरलाई पहाडगञ्जबाट पक्राउ गरिएको बताइन्, जहाँ उनले चोरीका गहना लुकाएर राखेका थिए।
उनले भनिन्, ‘आरोपीले करोलबागबाट पक्राउ परेका शरद जैनलाई चोरीका सामान बेच्ने योजना बनाएका थिए।’ रंगनानीले विगत तीन महिनामा विभिन्न उडानमा दुईवटा चोरीका घटना सार्वजनिक भएपछि अपराधीलाई पक्राउ गर्न आइजीआई विमानस्थलबाट विशेष टोली गठन गरिएको बताइन् ।
अप्रिल ११ मा हैदरावादबाट दिल्ली जाने क्रममा एक यात्रुको ७ लाख रुपैयाँ बराबरको गहना हराएको थियो । अर्को चोरी फेब्रुअरी २ मा रिपोर्ट गरिएको थियो, जहाँ अमृतसरबाट दिल्ली जाँदै गर्दा एक यात्रुले २० लाखको गहना हराएका थिए ।
रंगनानीले अनुसन्धानका क्रममा दिल्ली र अमृतसर एयरपोर्ट र उडानहरूको सीसीटीभी फुटेजको विश्लेषण गरिएको बताइन् । उनले भनिन्, ‘चोरीका घटना भएका दुवै उडानमा देखिएकाले शंकास्पद व्यक्तिलाई सर्टलिस्ट गरिएको हो ।’
संदिग्ध यात्रुको फोन नम्बर सम्बन्धित एयरलाइन्सबाट लिएको भए पनि बुकिङ गर्दा नक्कली नम्बर दिएको अधिकारीले बताए । प्राविधिक निगरानी पछि, कपूरको मूल फोन नम्बर ट्रेस गरियो र उनी समातिए।
लगातार सोधपुछ गर्दा उनले हैदरावादको फ्लाइटमा चोरी गरेको लगायत पाँचवटा घटनामा संलग्न रहेको स्वीकार गरेको प्रहरीले जनाएको छ । उनले अनलाईन र अफलाइन जुवा खेल्नमा सबैभन्दा बढी पैसा खर्च गरेको खुलासा गरेका छन् ।
कपूर चोरी, जुवा र आपराधिक गतिविधिका ११ वटा मुद्दामा संलग्न रहेको पाइएको थियो, जसमध्ये पाँच मुद्दा विमानस्थलसँग सम्बन्धित थिए। अर्का प्रहरी अधिकारीले कपूरले विशेष गरी अन्तर्राष्ट्रिय यात्रा गर्ने वृद्ध महिलाहरूलाई लक्षित गरेको बताए।
“यस्ता यात्रुहरूको आफ्नो ह्यान्डब्यागमा बहुमूल्य सामानहरू बोक्ने प्रवृत्तिलाई पहिचान गर्दै, उनले रणनीतिक रूपमा प्रिमियम घरेलु उडानहरूमा यात्रा गरे । विशेष गरी एयर इन्डिया र विस्तारा एयरमा यात्रा गरे जुन दिल्ली, चंडीगढ़ र हैदरावाद जस्ता ठाउँहरूबाट सञ्चालन हुन्छ,” अधिकारीले भने।
“बोर्डिङमा हुने भिडभाडको फाइदा उठाउँदै उनले गोप्य रूपमा ओभरहेड क्याबिनहरूमा राखिएका ह्यान्डब्यागहरूको होसियारीपूर्वक मूल्याङ्कन गर्थे र त्यसपछि सुनियोजित रणनीतिमा तिनीहरूको ह्यान्डब्यागहरूबाट बहुमूल्य सामानहरू चोर्थे”, अधिकारीले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: