Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

युनियनलाई महासचिव दिएर निर्मलालाई सर्वसम्मत बनाउने प्रयासमा युनियनले झिक्यो बखेडा

खबरडबली संवाददाता

काठमाडौं। नेपाल पत्रकार महासंघको आगामी नेतृत्व चयनका लागि निर्वाचन मिति तय भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैशाख २१ मा उद्घाटन गरेको २७ औं महाधिवेशले नयाँ नेतृत्व चयन गर्न जेठ २६ गते निर्वाचन मिति तय गरेको हो।

यस पटक महासंघको निर्वाचनमा माओवादी सम्बद्ध प्रेस सेन्टर, एमालेको प्रेस चौतारी र कांग्रेसको प्रेस युनियनबीच सहमति गरेर सर्वसम्मत नेतृत्व चयनको प्रयत्न गरिएको छ ।  एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपाललाई पनि सहमतिमा ल्याएर पद बाँडफाँटमा सहभागी गराउने गरि गृहकार्य थालिएको छ।

अन्य ससाना पेशागत संगठन र स्वतन्त्र पत्रकारहरुलाई पनि समेटेर सबैको सहभागितामा महासंघलाई साझा बनाउने पहल गरिए पनि दलीय पत्रकारहरुले नेतृत्वको आकांक्षा व्यक्त गर्न थालेका छन् ।

यसअघि प्रेस चौतारीको तर्फबाट महासंघको अध्यक्षमा उम्मेदवारी दिएर पराजित भएकी निर्मला शर्मा यस पटक पुनः अध्यक्षमा उम्मेदवारी दिने तयारीमा छन् । उनले दलीय समीकरण अनुसार चुनावी गठबन्धन एमाले निकट चौतारी र माओवादी निकट सेन्टरबीच हुने देखेर माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेकी छन्।

यसै साता प्रधानमन्त्रीसँग भएको भेटमा उनले आफू यसपाली अध्यक्ष बन्ने तयारीमा रहेको बताएकी थिइन्। भेटमा प्रधानमन्त्री प्रचण्डले महिला अध्यक्ष बन्नुपर्ने विषयमा आफू सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले महासंघको निर्वाचनमा वाम पत्रकारहरुको गठबन्धन हुने र पहिलो महिला अध्यक्ष बनाउने बचनबद्धता दिइसकेका छन्।

शर्माले आफूले प्रधानमन्त्रीसँग भेट गरेको तर उम्मेदवारी दिने विषयमा छलफल नै नभएको बताइन् । उनले अघिल्लो निर्वाचनमा पनि उम्मेदवारी दिएकाले यसपाली पनि आकांक्षी रहेको भने सहर्स स्वीकार गरिन्।  उनले भनिन्, ‘यस अघि पनि उम्मेदवारी दिएकाले यसपाली पनि आकांक्षी हुनु स्वाभाविकै हो। तर संस्थागत रुपमा निर्णय र सहमति हुन बाँकी छ।’

यता एमाले र माओवादी निकट पत्रकार संगठनको चुनावी मोर्चाबन्दीबाट कांग्रेस निकट प्रेस युनियन त्रसित बनेको छ। कांग्रेस निकट युनियनलाई महासचिव दिएर महासंघको पदाधिकारी सर्वसम्म्मत चयन गर्ने तयारीमा वाम दल सम्बद्ध पत्रकार संगठन लागेका छन्।

यसपाली एमाले निकट चौतारीले अध्यक्ष, माओवादीले वरिष्ठ उपाध्यक्ष र कांग्रेसलाई महासचिव दिएर सर्वसम्मत बनाउने तयारी भइरहेको बताइएको छ। माओवादी र एमाले निकट पत्रकारहरुले चुनावी सहकार्यका लागि वार्ता समिति समेत गठन गरिसकेका छन्।

माओवादीको तर्फबाट वार्ताटोलीमा प्रेस सेन्टरका अध्यक्ष बिष्णु सापकोटा, महासंघका पूर्वअध्यक्ष एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य र पत्रकार महासंघका पूर्वकोषाध्यक्ष खिलबहादुर भण्डारी रहेको तीन सदस्यीय समिति गठन गरिएको छ।

एमालेबाट प्रचार विभाग सचिव रहेका गगन बिष्ट, महासंघका पूर्वअध्यक्ष महेन्द्र बिष्ट र चौतारीका अध्यक्ष गणशे बस्नेत रहेको तीन सदस्यीय वार्ता टोली गठन गरि चुनावी सहकार्यका लागि छलफल चलिरहेको छ।

एमालेको तर्फबाट गठित वार्ता टोलीका सदस्य गगन बिष्टले सबैसँग छलफल गरि महासंघको नेतृत्व सर्वसम्मत गर्न वार्ता टोली गठन गरिएको बताउँछन् । उनले वार्ता टोली गठन गरिए पनि महासंघको सदस्यता विवाद यथावत रहेकाले कसैसँग छलफल हुन नसकेको जनाए । उनले भने, ‘सबै दल सम्बद्ध पत्रकार संगठनसँग छलफल गरि सर्वसहमतिमा महासंघको नेतृत्व चयन गर्न वार्ता टोली गठन गरिए पनि सदस्यता बिवादले छलफल सुरु हुन सकेको छैन।’

द्विपक्षीय वार्ता टोलीसहित अन्यबीच पदाधिकारी लगायत अन्य पद बाँडफाँटका बारेमा छलफल गर्ने तयारीमा रहेको बिष्टले बताए ।

माओवादी निकट प्रेस सेन्टरका अध्यक्ष सापकोटाले पनि अहिले औपचारिक रुपमा कसैसँग वार्ता टोलीले छलफल नगरेको बताउँछन् । उनले अनौपचारिक ढंगले कुराकानी चलिरहे पनि संस्थागतरुपमा कुनै निर्णय नभएको जनाए । अध्यक्ष सापकोटाले भने, ‘पत्रकार महासंघलाई सबैको साझा चरित्रको संस्था बनाउने तवरले अनौपचारिक रुपमा छलफल भइरहेको छ। तर अन्य उम्मेदवारी र दाबेदारीको विषयमा कुनै दल सम्बद्ध पत्रकार संगठन र अन्यबीच सहमति भएको छैन।’  उनले संगठनको तर्फबाट उम्मेदवार र दाबेदारीको बारेमा अहिले कुनै ठोस छलफल नभएको प्रष्ट्याए। सबैको साझा चरित्रको संस्था बनाउन सबैलाई समेट्नुपर्ने आफूहरुको जोड रहेको उनको भनाइ छ।

यसैबीच महासचिव लिन तयार भए युनियनलाई पनि समेटेर सर्वसम्मत बनाउने गरि छलफल भइरहेको बताइए पनि युनियनका अध्यक्ष शिव लम्सालले आफूहरुको अध्यक्षमै दाबी रहने बताउँछन् ।  उनले महासंघमा सदस्यता संख्याको आधारमा आफ्नो संगठन ठूलो भएकाले महासचिव स्वीकार्न नसकिने प्रष्ट्याए । पदाधिकारी चयनमा सहमति जुटाउन प्रेस युनियनले वार्ता टोली गठन गर्न लागेको उनले जानकारी दिए।

अध्यक्ष लम्सालले भने, ‘ठूलो संगठनको हैसियतले नेतृत्वमा हाम्रो दाबी रहन्छ। पत्रकार महासंघका पदाधिकारी सर्वसम्मत बनाउन अन्य दल सम्बद्ध पत्रकार संगठनसँग छलफल गर्न वार्ता टोली गठनको तयारीमा छौं।’

उनले अहिले पद बाँडफाँटका बारेमा कुनै छलफल नभएको स्पष्ट पारे । बुधबार बेलुकासम्म युनियनको तर्फबाट वार्ता टोली गठन गरेर औपचारिक छलफल सुरु गर्ने अध्यक्ष लम्सालको भनाइ छ।

पत्रकार महासंघको सदस्यता निर्धारण प्रक्रियामा पत्रकार संगठबीच व्याप्त बिवादले निर्वाचनको माहोल बन्न सकिरहेको छैन।  सदस्यता शुद्धिकरणको प्रक्रिया चलिरहेको र ठूलो संख्यामा सक्रिय पत्रकारितामा आबद्ध नभएकाहरुलाई कटौती गर्न लागिएको महासंघका अध्यक्ष विपुल पोख्रेलले जानकारी दिए । उनले नवीकरण, थप र कटौती गर्ने कार्य अन्तिम चरणमा पुगेको जनाउँदै सर्वपक्षीय सहमति जुटिसकेको बताए।

अध्यक्ष पोख्रेलले भने, ‘करिब चार हजारको संख्यामा सक्रिय पत्रकारितामा नरहेकाहरुको सदस्यता कटौती गर्न लागिएको छ । सदस्यता नविकरण, कटौती र थपमा सबैको सहमति जुटाएर शुद्धीकरण हुँदैछ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास मौज्दातबारे गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति, ‘होटलमा २०० सिलिन्डर अस्वाभाविक होइन’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...

युवालाई विदेशिन बाध्यता होइन, रोजाइ बनाउने शिक्षा र उद्योगबीच सहकार्य आवश्यक

काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...

दुई दशकमा पनि अधुरै मध्यपहाडी लोकमार्ग, लागत ५१ अर्बले बढ्यो

काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...

भदौ १ देखि ग्यास वितरण नियमित, अति आवश्यक उपभोक्तालाई प्राथमिकता

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...

एमालेभित्र चर्कियो नेतृत्व विवाद, ओलीको हुँकारले झन् तरङ्गित भयो पार्टी

विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending