Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

युनियनलाई महासचिव दिएर निर्मलालाई सर्वसम्मत बनाउने प्रयासमा युनियनले झिक्यो बखेडा

खबरडबली संवाददाता

काठमाडौं। नेपाल पत्रकार महासंघको आगामी नेतृत्व चयनका लागि निर्वाचन मिति तय भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैशाख २१ मा उद्घाटन गरेको २७ औं महाधिवेशले नयाँ नेतृत्व चयन गर्न जेठ २६ गते निर्वाचन मिति तय गरेको हो।

यस पटक महासंघको निर्वाचनमा माओवादी सम्बद्ध प्रेस सेन्टर, एमालेको प्रेस चौतारी र कांग्रेसको प्रेस युनियनबीच सहमति गरेर सर्वसम्मत नेतृत्व चयनको प्रयत्न गरिएको छ ।  एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपाललाई पनि सहमतिमा ल्याएर पद बाँडफाँटमा सहभागी गराउने गरि गृहकार्य थालिएको छ।

अन्य ससाना पेशागत संगठन र स्वतन्त्र पत्रकारहरुलाई पनि समेटेर सबैको सहभागितामा महासंघलाई साझा बनाउने पहल गरिए पनि दलीय पत्रकारहरुले नेतृत्वको आकांक्षा व्यक्त गर्न थालेका छन् ।

यसअघि प्रेस चौतारीको तर्फबाट महासंघको अध्यक्षमा उम्मेदवारी दिएर पराजित भएकी निर्मला शर्मा यस पटक पुनः अध्यक्षमा उम्मेदवारी दिने तयारीमा छन् । उनले दलीय समीकरण अनुसार चुनावी गठबन्धन एमाले निकट चौतारी र माओवादी निकट सेन्टरबीच हुने देखेर माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेकी छन्।

यसै साता प्रधानमन्त्रीसँग भएको भेटमा उनले आफू यसपाली अध्यक्ष बन्ने तयारीमा रहेको बताएकी थिइन्। भेटमा प्रधानमन्त्री प्रचण्डले महिला अध्यक्ष बन्नुपर्ने विषयमा आफू सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले महासंघको निर्वाचनमा वाम पत्रकारहरुको गठबन्धन हुने र पहिलो महिला अध्यक्ष बनाउने बचनबद्धता दिइसकेका छन्।

शर्माले आफूले प्रधानमन्त्रीसँग भेट गरेको तर उम्मेदवारी दिने विषयमा छलफल नै नभएको बताइन् । उनले अघिल्लो निर्वाचनमा पनि उम्मेदवारी दिएकाले यसपाली पनि आकांक्षी रहेको भने सहर्स स्वीकार गरिन्।  उनले भनिन्, ‘यस अघि पनि उम्मेदवारी दिएकाले यसपाली पनि आकांक्षी हुनु स्वाभाविकै हो। तर संस्थागत रुपमा निर्णय र सहमति हुन बाँकी छ।’

यता एमाले र माओवादी निकट पत्रकार संगठनको चुनावी मोर्चाबन्दीबाट कांग्रेस निकट प्रेस युनियन त्रसित बनेको छ। कांग्रेस निकट युनियनलाई महासचिव दिएर महासंघको पदाधिकारी सर्वसम्म्मत चयन गर्ने तयारीमा वाम दल सम्बद्ध पत्रकार संगठन लागेका छन्।

यसपाली एमाले निकट चौतारीले अध्यक्ष, माओवादीले वरिष्ठ उपाध्यक्ष र कांग्रेसलाई महासचिव दिएर सर्वसम्मत बनाउने तयारी भइरहेको बताइएको छ। माओवादी र एमाले निकट पत्रकारहरुले चुनावी सहकार्यका लागि वार्ता समिति समेत गठन गरिसकेका छन्।

माओवादीको तर्फबाट वार्ताटोलीमा प्रेस सेन्टरका अध्यक्ष बिष्णु सापकोटा, महासंघका पूर्वअध्यक्ष एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य र पत्रकार महासंघका पूर्वकोषाध्यक्ष खिलबहादुर भण्डारी रहेको तीन सदस्यीय समिति गठन गरिएको छ।

एमालेबाट प्रचार विभाग सचिव रहेका गगन बिष्ट, महासंघका पूर्वअध्यक्ष महेन्द्र बिष्ट र चौतारीका अध्यक्ष गणशे बस्नेत रहेको तीन सदस्यीय वार्ता टोली गठन गरि चुनावी सहकार्यका लागि छलफल चलिरहेको छ।

एमालेको तर्फबाट गठित वार्ता टोलीका सदस्य गगन बिष्टले सबैसँग छलफल गरि महासंघको नेतृत्व सर्वसम्मत गर्न वार्ता टोली गठन गरिएको बताउँछन् । उनले वार्ता टोली गठन गरिए पनि महासंघको सदस्यता विवाद यथावत रहेकाले कसैसँग छलफल हुन नसकेको जनाए । उनले भने, ‘सबै दल सम्बद्ध पत्रकार संगठनसँग छलफल गरि सर्वसहमतिमा महासंघको नेतृत्व चयन गर्न वार्ता टोली गठन गरिए पनि सदस्यता बिवादले छलफल सुरु हुन सकेको छैन।’

द्विपक्षीय वार्ता टोलीसहित अन्यबीच पदाधिकारी लगायत अन्य पद बाँडफाँटका बारेमा छलफल गर्ने तयारीमा रहेको बिष्टले बताए ।

माओवादी निकट प्रेस सेन्टरका अध्यक्ष सापकोटाले पनि अहिले औपचारिक रुपमा कसैसँग वार्ता टोलीले छलफल नगरेको बताउँछन् । उनले अनौपचारिक ढंगले कुराकानी चलिरहे पनि संस्थागतरुपमा कुनै निर्णय नभएको जनाए । अध्यक्ष सापकोटाले भने, ‘पत्रकार महासंघलाई सबैको साझा चरित्रको संस्था बनाउने तवरले अनौपचारिक रुपमा छलफल भइरहेको छ। तर अन्य उम्मेदवारी र दाबेदारीको विषयमा कुनै दल सम्बद्ध पत्रकार संगठन र अन्यबीच सहमति भएको छैन।’  उनले संगठनको तर्फबाट उम्मेदवार र दाबेदारीको बारेमा अहिले कुनै ठोस छलफल नभएको प्रष्ट्याए। सबैको साझा चरित्रको संस्था बनाउन सबैलाई समेट्नुपर्ने आफूहरुको जोड रहेको उनको भनाइ छ।

यसैबीच महासचिव लिन तयार भए युनियनलाई पनि समेटेर सर्वसम्मत बनाउने गरि छलफल भइरहेको बताइए पनि युनियनका अध्यक्ष शिव लम्सालले आफूहरुको अध्यक्षमै दाबी रहने बताउँछन् ।  उनले महासंघमा सदस्यता संख्याको आधारमा आफ्नो संगठन ठूलो भएकाले महासचिव स्वीकार्न नसकिने प्रष्ट्याए । पदाधिकारी चयनमा सहमति जुटाउन प्रेस युनियनले वार्ता टोली गठन गर्न लागेको उनले जानकारी दिए।

अध्यक्ष लम्सालले भने, ‘ठूलो संगठनको हैसियतले नेतृत्वमा हाम्रो दाबी रहन्छ। पत्रकार महासंघका पदाधिकारी सर्वसम्मत बनाउन अन्य दल सम्बद्ध पत्रकार संगठनसँग छलफल गर्न वार्ता टोली गठनको तयारीमा छौं।’

उनले अहिले पद बाँडफाँटका बारेमा कुनै छलफल नभएको स्पष्ट पारे । बुधबार बेलुकासम्म युनियनको तर्फबाट वार्ता टोली गठन गरेर औपचारिक छलफल सुरु गर्ने अध्यक्ष लम्सालको भनाइ छ।

पत्रकार महासंघको सदस्यता निर्धारण प्रक्रियामा पत्रकार संगठबीच व्याप्त बिवादले निर्वाचनको माहोल बन्न सकिरहेको छैन।  सदस्यता शुद्धिकरणको प्रक्रिया चलिरहेको र ठूलो संख्यामा सक्रिय पत्रकारितामा आबद्ध नभएकाहरुलाई कटौती गर्न लागिएको महासंघका अध्यक्ष विपुल पोख्रेलले जानकारी दिए । उनले नवीकरण, थप र कटौती गर्ने कार्य अन्तिम चरणमा पुगेको जनाउँदै सर्वपक्षीय सहमति जुटिसकेको बताए।

अध्यक्ष पोख्रेलले भने, ‘करिब चार हजारको संख्यामा सक्रिय पत्रकारितामा नरहेकाहरुको सदस्यता कटौती गर्न लागिएको छ । सदस्यता नविकरण, कटौती र थपमा सबैको सहमति जुटाएर शुद्धीकरण हुँदैछ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending