Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

सीप सिकेर स्वरोजगार बन्दै महिला, टोल नै सामूहिक तरकारी र फलफुल खेतीमा

खबरडबली संवाददाता

सप्तरी। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ कि देवरैन देवी मुखियाको  ६/७ वर्ष यताको दैनिकी फेरिएको छ । हरेक दिन उनको खेतीपाती मै वित्ने गरेको छ ।

सोही ठाउँको दुर्गा देवी साह पनि दिनभर खेतीपाती मै व्यस्त हुन थालेको ७ वर्ष भयो । देवरैन र दुर्गा देवी मात्रै होईन । विगत ६/७ वर्ष देखी सो वडाका अधिकाँश महिला तरकारी र फलफुल खेतीमा व्यस्त छन् ।

दिनाभद्री कृषक समूह गठन गरेका स्थानीय महिलाहरु सामूहिक रुपमा साग सब्जी र फलफुल खेतीमा जुटे पछि उनीहरुको जीवनस्तरमा सुधार आएको छ भने आर्थिक अभावका कारण विद्यालय पठाउन न सकेका उनीहरुका सन्तान अहिले उल्लेख्य संख्यामा विद्यालय जान थालेका छन् ।

विगतमा साहु महाजनको खेतवारीमा काम गरेर जसोतसो परिवार चलाउँदै आएकोमा अहिले सेभ द चिल्डे«नको सहयोगमा सेभ द सप्तरी नामक संस्थाले सीप र आवश्यक सामाग्री संगै लिजमा दिलाई दिएको खेतीयोग्य जग्गामा आफु सहित ३ दर्जन भन्दा बढी महिला सामुहिक खेतीमा जुटेको र यसबाट हुने आम्दानीले परिवारको लालन पालन र सन्तानको शिक्षा दिक्षामा सहज भएको महिला कृषक देवरैन मुखियाले बताइन ।

सीप संगै आवश्यक श्रोत साधन पाएपछि मौसमी तथा बेमौसी दुबै खाले तरकारी तथा फलफुल खेती गर्न सहज भएको अर्का महिला कृषक दुर्गा देवी साहको भनाई छ । स्वरोजगार हौ, आत्मनिर्भर बनौं, आधुनिक कृषि प्रविधीको प्रयोग गरौ, कृषि उत्पादन बृद्धि गरौ नाराका साथ उक्त कार्यक्रम अहिले जिल्लाको राजविराज नगरपालिकाको वडा नं. १, ५, १४, १५ र १६ का साथै छिन्नमस्ता, तिलाठी कोइलाडी र विष्णुपुर गाउँपालिकाको विभिन्न वडाको विपन्न वस्तीमा संचालन रहेको सेभ द सप्तरीका फिल्ड अफिसर सत्य नारायण थारुले बताए ।

उनले हाल सम्म ६५ विगहा भन्दा बढी खेतीयोग्य जग्गा लिजमा लिई भुमिहिन किसानलाई उपलब्ध गराउनुका साथै तालिम, विउविजन, मलखाद्य, किरामार्ने औषधी निःशुल्क उपलब्ध गराएपछि कृषक समूहमा उत्साह संगै उनीहरुको जीवनस्तरमा समेत सुधार देखिएको बताए ।

सप्तरीमा कुल ६८ हजार हेक्टर खेतीयोग्य जग्गा रहेको छ । जसमध्ये करिब १३ हजार हेक्टर जग्गामा तरकारी र फलफुल खेती हुने गरेको कृषि ज्ञान केन्द्र सप्तरीको तथ्याँकले देखाएको छ । पछिल्लो समय सेभ द सप्तरीले चलाएको अभियानमा महिला कुषक समुहले देखाएको उत्साहजनक सहभागिता प्रशंसनिय छ ।

यसले उत्पादन बृद्धि र स्वरोजगार संगै विपन्न समुदायको शिक्षा र स्वास्थ्यमा पहुँच भई उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउन थप टेवा पु¥याउने विश्वास गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास मौज्दातबारे गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति, ‘होटलमा २०० सिलिन्डर अस्वाभाविक होइन’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...

युवालाई विदेशिन बाध्यता होइन, रोजाइ बनाउने शिक्षा र उद्योगबीच सहकार्य आवश्यक

काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...

दुई दशकमा पनि अधुरै मध्यपहाडी लोकमार्ग, लागत ५१ अर्बले बढ्यो

काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...

भदौ १ देखि ग्यास वितरण नियमित, अति आवश्यक उपभोक्तालाई प्राथमिकता

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...

एमालेभित्र चर्कियो नेतृत्व विवाद, ओलीको हुँकारले झन् तरङ्गित भयो पार्टी

विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending