अछाम । अछामको चाफामाडौंको चिलेत्रामा आकर्षक घर छन् तर रित्ता । बस्न योग्य छन् । तर कोही बस्दैन । बस्न पाएको छैन । बाढीपहिरोको जोखिमका दलित परिवारका लागि घर बने तर हस्तान्तरण भएनन् । कारण के भने घर बनेको जग्गा नै व्यक्तिकै नाममा छ, जसलाई दिनुपर्ने हो उनीहरूको नाममा जान सकेको छैन ।
रामारोशन गाउँपालिकाले प्रदेश सरकारसँग मिलेर ती घर बनाएको हो । समपूरक बजेटबाट डेढ करोडमा बनेका घर यस्तो बेला अझै खाली छन्, जतिबेला फेरि बाढीपहिरोको जोखिम मुखैमा आएको छ । बर्खा लागिसकेको छ र फेरि दलित परिवार त्रासमा छन् । पालिकाले व्यक्तिको ५६ रोपनी जमिन सरकारी बनाउनुपर्ने थियो । र, मात्रै नमुना घर बनाउनुपर्ने थियो । न त्यो जग्गाका धनीलाई मुआब्जा नै दिइयो, न सरकारी नाममा ल्याइयो । पालिका चुकेको त्यहीं हो ।
यो पालिकाको चूकमात्रै होइन, नेपाली राज्य प्रणालीको काम गराइको एउटा नमुना नै हो । त्यसरी नै पहिला रिक्सा अनि घोडाजस्ता तरिकाले काम हुँदै आएको छ र त परिणाम आउँदैन, नतिजा आउँदैन । बरु राज्यकै स्रोतको नोक्सानी हुन्छ । अहिले अछामको रामारोशनको नमुना बस्तीको हकमा पनि राज्यको लगानी भइसक्यो तर लाभग्राहीलाई लाभ भएन । न गाईको थुनमा न बाच्छाको मुखमा जस्तो अवस्थामा भयो ।
गोरखाको गुप्सीपाखामा बनेको नमुना बस्तीमा पनि लाभग्राही खासै बसेनन् । स्थानीयको आवश्यकता र जीवनशैलीलाई ख्यालै नगरी धमाधम भूकम्प पीडितलाई भनेर घर बनाइयो र पछि खाली नै रहे । कताकतिबाहेक घरमा मान्छे बसेनन् ।
सिन्धुपाल्चोकमा सीमान्तीकृतका लागि कलाकार श्वेता खड्कालगायतले बनाइदिएको बस्ती ऋणको बोझमा पर्यो । मुलुकमा यस्ता धेरै नमुना बस्ती छन्, जसबाट नसिक्नुपर्ने पाठ धेरै छन् । भनेको नमुना बस्ती भनेर हतारमा कुनै योजना बनाउनुभन्दा पहिला धरातलीय यथार्थ र आवश्यकता ख्याल गरिनुपर्छ भन्ने चाहिँ सिक्नुपर्ने पाठ हो । अनि नेपाली जीवनशैली र रहनसहन सुहाउँदा हुनुपर्छ बस्ती र घर ।
कुचुक्क घरमात्रै र थुक्ने आँगन पनि नभएको अपार्टमेन्ट वा हाउजिङ शैलीको बस्ती नेपाली गाउँघरका लागि व्यावहारिक होइन । सँगसँगै पालिकाजस्ता स्थानीय सरकार वा जुनसुकै सरकारले पनि घर निर्माणअघि पूरा गर्नुपर्ने प्रक्रिया पूरा नगर्नुचाहिँ निकै ठूलो कच्चापना हो, जुन अछाम रामारोशनमा भयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - २०:३९
काठमाडौँ। विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ। ...
चैत्र ९ गते, २०८२ - २०:३१
रुपन्देही । लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह र भैरहवामा धम्मयात्रा आयोजना हुने भएको छ । साेमबार आ...
चैत्र ९ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको साेमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्...
चैत्र ९ गते, २०८२ - २०:१७
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ । एमाले...
चैत्र ९ गते, २०८२ - १९:४७
वीरगन्ज। म्याग्दी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.महावीर पुन सांसद बनेपछि पहिलो पटक वीरगन्ज पुगेर आफ्नो आत्मकथा पुस्तक बिक्री ग...
चैत्र ९ गते, २०८२ - १९:४३
सिरहा । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्...
चैत्र ९ गते, २०८२ - १९:४१
रुपन्देही । दुई दिनसम्म परेको बैमौसमी वर्षाले रुपन्देहीामा ठुलो परिणाममा काँचो इँटामा क्षति पुगेको छ । शुक्रबार र शनिबार हुरीबताससहितको वर्षाका कारण क...
चैत्र ९ गते, २०८२ - १९:३३
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैसी नै अर्क...
चैत्र ९ गते, २०८२ - १९:३१
काठमाडौं। विशेष अदालतले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...
चैत्र ९ गते, २०८२ - १९:२७
काठमाडौँ । प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ । मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन...


प्रतिकृया लेख्नुहोस्: