अछाम । अछामको चाफामाडौंको चिलेत्रामा आकर्षक घर छन् तर रित्ता । बस्न योग्य छन् । तर कोही बस्दैन । बस्न पाएको छैन । बाढीपहिरोको जोखिमका दलित परिवारका लागि घर बने तर हस्तान्तरण भएनन् । कारण के भने घर बनेको जग्गा नै व्यक्तिकै नाममा छ, जसलाई दिनुपर्ने हो उनीहरूको नाममा जान सकेको छैन ।
रामारोशन गाउँपालिकाले प्रदेश सरकारसँग मिलेर ती घर बनाएको हो । समपूरक बजेटबाट डेढ करोडमा बनेका घर यस्तो बेला अझै खाली छन्, जतिबेला फेरि बाढीपहिरोको जोखिम मुखैमा आएको छ । बर्खा लागिसकेको छ र फेरि दलित परिवार त्रासमा छन् । पालिकाले व्यक्तिको ५६ रोपनी जमिन सरकारी बनाउनुपर्ने थियो । र, मात्रै नमुना घर बनाउनुपर्ने थियो । न त्यो जग्गाका धनीलाई मुआब्जा नै दिइयो, न सरकारी नाममा ल्याइयो । पालिका चुकेको त्यहीं हो ।
यो पालिकाको चूकमात्रै होइन, नेपाली राज्य प्रणालीको काम गराइको एउटा नमुना नै हो । त्यसरी नै पहिला रिक्सा अनि घोडाजस्ता तरिकाले काम हुँदै आएको छ र त परिणाम आउँदैन, नतिजा आउँदैन । बरु राज्यकै स्रोतको नोक्सानी हुन्छ । अहिले अछामको रामारोशनको नमुना बस्तीको हकमा पनि राज्यको लगानी भइसक्यो तर लाभग्राहीलाई लाभ भएन । न गाईको थुनमा न बाच्छाको मुखमा जस्तो अवस्थामा भयो ।
गोरखाको गुप्सीपाखामा बनेको नमुना बस्तीमा पनि लाभग्राही खासै बसेनन् । स्थानीयको आवश्यकता र जीवनशैलीलाई ख्यालै नगरी धमाधम भूकम्प पीडितलाई भनेर घर बनाइयो र पछि खाली नै रहे । कताकतिबाहेक घरमा मान्छे बसेनन् ।
सिन्धुपाल्चोकमा सीमान्तीकृतका लागि कलाकार श्वेता खड्कालगायतले बनाइदिएको बस्ती ऋणको बोझमा पर्यो । मुलुकमा यस्ता धेरै नमुना बस्ती छन्, जसबाट नसिक्नुपर्ने पाठ धेरै छन् । भनेको नमुना बस्ती भनेर हतारमा कुनै योजना बनाउनुभन्दा पहिला धरातलीय यथार्थ र आवश्यकता ख्याल गरिनुपर्छ भन्ने चाहिँ सिक्नुपर्ने पाठ हो । अनि नेपाली जीवनशैली र रहनसहन सुहाउँदा हुनुपर्छ बस्ती र घर ।
कुचुक्क घरमात्रै र थुक्ने आँगन पनि नभएको अपार्टमेन्ट वा हाउजिङ शैलीको बस्ती नेपाली गाउँघरका लागि व्यावहारिक होइन । सँगसँगै पालिकाजस्ता स्थानीय सरकार वा जुनसुकै सरकारले पनि घर निर्माणअघि पूरा गर्नुपर्ने प्रक्रिया पूरा नगर्नुचाहिँ निकै ठूलो कच्चापना हो, जुन अछाम रामारोशनमा भयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: