Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

मुख्यमन्त्री कार्कीलाई एकीकृत समाजवादीले विश्वासको मत नदिने

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई केन्द्रीय सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीले विश्वासको मत नदिने भएको छ ।

एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईले अदालतमा मुख्यमन्त्रीकै विरुद्धको मुद्दा विचाराधिन अवस्थामा रहेको बेला विश्वासको मत लिन खोज्नु गलत भएको बताए ।

‘अदालतमा मुद्दा विचाराधिन छ । हतारहतार विश्वासको मत लिनु हुँदैन थियो’ उनले भने, ‘संविधानको प्रावधान अनुसार ३० दिनभित्र विश्वासको मत लिन पाउने अवस्था हुँदाहुँदै र अदालतले जेठ ९ गते मुद्दाको सुनुवाई तोकेको बेला हतार गर्नु ठिक भएन ।’ उनले आफ्नोका सांसदहरु विश्वासको मत दिन सहभागी नहुने जानकारी दिएका छन् ।

पार्टी राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको कारण पनि सोमबार बस्ने संसद बैठकमा उपस्थिति हुन नसक्ने राईको भनाइ छ । सरकारलाई समर्थन गर्ने या नगर्ने भन्ने विषयमा आगामी दिनमा प्रष्ट पार्ने उनले बताए ।

केन्द्रीय सत्ता गठबन्धनमा भएपनि एकीकृत समाजवादी अन्तिम समयसम्म कोशी सरकारमा सहभागी रहेको थियो । प्रदेशसभा बैठकमा यसअघि राईले ३० दिनभित्र मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनैपर्ने बताएका थिए । विश्वासको मत नलिएमा अन्तिम समयमा सरकार छाड्ने उनको भनाइ थियो । तर, केदार कार्कीले विश्वासको मत नलिएपछि एमाले र माओवादीले नयाँ सरकार गठनको प्रक्रिया थाल्दा त्यसलाई रोक्न समाजवादी लाग्यो ।

सरकारका अन्य मन्त्रीसँगै एकीकृत समाजवादीबाट सरकारमा सहभागी रहेका भौतिक पूर्वाधारमन्त्री कमलप्रसाद जवेगु नयाँ सरकार गठनको आह्वान गर्न प्रदेश प्रमुखले नमिल्ने भन्दै प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए । यस्तै मुख्यमन्त्रीले विश्वासको मत नलिएकोबारे प्रदेशसभाले प्रदेश प्रमुखलाई पत्र दिन नमिल्ने भन्दै उनी सभामुख अम्बरबहादुर विष्टलाई पनि दबाब दिन पुगेका थिए ।

यद्यपी उनीहरुको दबाबले न सभामुख रोकिए र न प्रदेश प्रमुख । जसको कारण नयाँ सरकार गठन भइसकेर प्रदेशसभा अधिवेशन आह्वान भइसकेको छ भने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार नै विश्वासको मत लिने प्रस्तावको सूचना प्रदेशसभामा दिइसकेका छन् ।

नेपाली काँग्रेसले भने मुख्यमन्त्रीलाई विश्वासको मत दिने संभावना नरहेको भन्दै त्यसबारे सोमबार विहान संसदीय दलको बैठकले औपचारिक निर्णय गर्ने जनाएका छ । दलका प्रमुख सचेतक गोपाल तामाङले विहान दलको बैठक बसेर औपचारिक निर्णय हुने जानकारी दिए ।

अघिल्लो पटक हिक्मतकुमार कार्कीलाई अन्तिम समयसम्म सहयोग गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गरिनसकेको बताएको छ । दलका नेता भक्तिप्रसाद सिटौलाले आफ्नो दलले सोमबार बिहान बैठक बसेर निर्णय दिने बताए । ‘तत्काल सरकारमा जाँदैनौं । तर, सरकारलाई समर्थन गरेर बाहिरै बस्ने कि समर्थन नदिने भन्ने विषयमा भोली निर्णय गर्छौं,’ उनले भने ।

जसपा नेपालकी सांसद निर्मला लिम्बूले भने आफूले सरकारलाई विश्वासको मत दिने बताएकी छन् । ‘हाम्रो दलले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिन्छ,’ उनले भनिन्, ‘हामीले समर्थन गरिसकेका छौं ।’

एमालेका उपसभामुखसहित ४० र माओवादीका १३ जना सांसदको समर्थनमा कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । संविधानको धारा १६८ ९५० अनुसार नियुक्त भएका मुख्मयन्त्री कार्कीको नियुक्ति प्रक्रियाका विरुद्धमा काँग्रेस सांसद तथा निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा रिट दायर गरेका छन् । रिटको अन्तरिम आदेश नदिएको अदालतले पूर्ण सुनुवाइको लागि जेठ ९ गते पेशी तोकेको छ ।

कोशी प्रदेशमा एमालेका ४०, काँग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा ९एकीकृत समाजवादी०का ४ र जसपा नेपालका १ सांसद छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली, सोमबारदेखि नियम उल्लङ्घन गर्नेलाई कारबाही

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...

उमेर नपुग्दै विवाहको असर : नवलपुरमा २० वर्षमुनिका किशोरीमा गर्भधारण र गर्भपतनको जोखिम

नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...

कर्णाली नदी सतर्कता तह पार, तटीय बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...

काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...

अनुदान पाएपछि पौवादुङमाका महिला व्यावसायिक बङ्गुरपालनमा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...

वर्तमान सरकार ‘भवितव्य’को उपज हो : ओली

इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending