Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

मुख्यमन्त्री कार्कीलाई एकीकृत समाजवादीले विश्वासको मत नदिने

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई केन्द्रीय सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीले विश्वासको मत नदिने भएको छ ।

एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईले अदालतमा मुख्यमन्त्रीकै विरुद्धको मुद्दा विचाराधिन अवस्थामा रहेको बेला विश्वासको मत लिन खोज्नु गलत भएको बताए ।

‘अदालतमा मुद्दा विचाराधिन छ । हतारहतार विश्वासको मत लिनु हुँदैन थियो’ उनले भने, ‘संविधानको प्रावधान अनुसार ३० दिनभित्र विश्वासको मत लिन पाउने अवस्था हुँदाहुँदै र अदालतले जेठ ९ गते मुद्दाको सुनुवाई तोकेको बेला हतार गर्नु ठिक भएन ।’ उनले आफ्नोका सांसदहरु विश्वासको मत दिन सहभागी नहुने जानकारी दिएका छन् ।

पार्टी राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको कारण पनि सोमबार बस्ने संसद बैठकमा उपस्थिति हुन नसक्ने राईको भनाइ छ । सरकारलाई समर्थन गर्ने या नगर्ने भन्ने विषयमा आगामी दिनमा प्रष्ट पार्ने उनले बताए ।

केन्द्रीय सत्ता गठबन्धनमा भएपनि एकीकृत समाजवादी अन्तिम समयसम्म कोशी सरकारमा सहभागी रहेको थियो । प्रदेशसभा बैठकमा यसअघि राईले ३० दिनभित्र मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनैपर्ने बताएका थिए । विश्वासको मत नलिएमा अन्तिम समयमा सरकार छाड्ने उनको भनाइ थियो । तर, केदार कार्कीले विश्वासको मत नलिएपछि एमाले र माओवादीले नयाँ सरकार गठनको प्रक्रिया थाल्दा त्यसलाई रोक्न समाजवादी लाग्यो ।

सरकारका अन्य मन्त्रीसँगै एकीकृत समाजवादीबाट सरकारमा सहभागी रहेका भौतिक पूर्वाधारमन्त्री कमलप्रसाद जवेगु नयाँ सरकार गठनको आह्वान गर्न प्रदेश प्रमुखले नमिल्ने भन्दै प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए । यस्तै मुख्यमन्त्रीले विश्वासको मत नलिएकोबारे प्रदेशसभाले प्रदेश प्रमुखलाई पत्र दिन नमिल्ने भन्दै उनी सभामुख अम्बरबहादुर विष्टलाई पनि दबाब दिन पुगेका थिए ।

यद्यपी उनीहरुको दबाबले न सभामुख रोकिए र न प्रदेश प्रमुख । जसको कारण नयाँ सरकार गठन भइसकेर प्रदेशसभा अधिवेशन आह्वान भइसकेको छ भने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार नै विश्वासको मत लिने प्रस्तावको सूचना प्रदेशसभामा दिइसकेका छन् ।

नेपाली काँग्रेसले भने मुख्यमन्त्रीलाई विश्वासको मत दिने संभावना नरहेको भन्दै त्यसबारे सोमबार विहान संसदीय दलको बैठकले औपचारिक निर्णय गर्ने जनाएका छ । दलका प्रमुख सचेतक गोपाल तामाङले विहान दलको बैठक बसेर औपचारिक निर्णय हुने जानकारी दिए ।

अघिल्लो पटक हिक्मतकुमार कार्कीलाई अन्तिम समयसम्म सहयोग गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गरिनसकेको बताएको छ । दलका नेता भक्तिप्रसाद सिटौलाले आफ्नो दलले सोमबार बिहान बैठक बसेर निर्णय दिने बताए । ‘तत्काल सरकारमा जाँदैनौं । तर, सरकारलाई समर्थन गरेर बाहिरै बस्ने कि समर्थन नदिने भन्ने विषयमा भोली निर्णय गर्छौं,’ उनले भने ।

जसपा नेपालकी सांसद निर्मला लिम्बूले भने आफूले सरकारलाई विश्वासको मत दिने बताएकी छन् । ‘हाम्रो दलले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिन्छ,’ उनले भनिन्, ‘हामीले समर्थन गरिसकेका छौं ।’

एमालेका उपसभामुखसहित ४० र माओवादीका १३ जना सांसदको समर्थनमा कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । संविधानको धारा १६८ ९५० अनुसार नियुक्त भएका मुख्मयन्त्री कार्कीको नियुक्ति प्रक्रियाका विरुद्धमा काँग्रेस सांसद तथा निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा रिट दायर गरेका छन् । रिटको अन्तरिम आदेश नदिएको अदालतले पूर्ण सुनुवाइको लागि जेठ ९ गते पेशी तोकेको छ ।

कोशी प्रदेशमा एमालेका ४०, काँग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा ९एकीकृत समाजवादी०का ४ र जसपा नेपालका १ सांसद छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

एमाले नेता काशिनाथ अधिकारीले लिए सक्रिय राजनीतिबाट विदा

काठमाडौं । नेकपा एमालेका नेता काशिनाथ अधिकारीले सक्रिय राजनीतिबाट विदा लिएका छन्। ६६ वर्षीय अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो निर्णय सार्वज...

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण प्रक्रिया तीव्र

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते युवापुस्ता ‘जेनजी’द्वारा गरिएको प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरण प्रक्रिया तीव्रताका साथ अघि बढाएको छ।...

रवि लामिछानेलाई विमानस्थल लगियो, आजै रिहा हुने तयारी

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट विमानस्थल पुर्‍याइएको छ। प्रहरीले उनलाई भैरहवा लैजानका लागि ...

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending