काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले विश्वका नेताहरुले अर्थतन्त्रको बारेमा सोचेको खण्डमा विश्वभरबाट गरिबी अन्त्य हुने जिकिर गरेका छन् । शनिबार नेपाल कम्युनिस्ट पार्टी काठमाडौं जिल्ला समितिले आयोजना गरेका ‘एकीकृत स्वामित्व प्रणाली’ विषयक अन्तरक्रियामा बोल्दै विप्लवले यस्तो टिप्पणी गरेका हुन् ।
उनले विश्वमा पुँजीवाद अर्थसास्त्रीहरुको सुझावका आधारमा टिकेको बताउँदै यसमा संकट आएको जिकिर गरे । ‘अमेरिका, बेलायत, युरोपमा पुँजीवाद अर्थसास्त्रीहरुको सुझावका आधारमा टिकेको छ ।’, कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका विप्लवले भने, ‘पुँजीवादले सामाजवादका केही लोकप्रिय कार्यक्रम लागु गरेर आजसम्म टिकेको छ । यसले जनताका समस्याहरुलाई समाधान गर्न सकेको छैन ।’
पुजीवादले समाजवादबाट चोरेर सामाजिक सुरक्षाका कार्यक्रमहरु चलाएको भएपनि बर्गिय सन्तुलन नमिलेको ठोकुवा गरे । ‘केही समाजिक सुरक्षा कार्यक्रमहरु युरोप अमेरिकी देशहरुमा लागु भएका छन् । तर यसले केही व्यक्तिहरुमा भइरहेको पैँसाको केन्द्रीकरण रोकिएको छैन ।’, उनले भने, ‘विश्वका नेताहरुले, खासगरी अमेरिका, युरोप लगायतका देशका नेताहरुले अर्थतन्त्रको विषयमा सोचेभने विश्वभरबाट गरिबी हट्छ ।’
विप्लवले निजी स्वामित्वकी सामुहिक स्वामित्व भन्ने विषयमा बहस भइरहेको विश्वमा नेकपाले नयाँ स्वामित्वको विषयमा बहसमा ल्याएको बताए । पुँजीवाद चलाइरहेका देशभित्र पनि त्यो अर्थतन्त्रले धानेन भन्ने ठूलाठूला बहसहरु रहेको बताउँदै उनले विश्वले निजी स्वामित्वकी सामुहिक स्वामित्वको विकल्प खोजिरहेको बेलामा एकीकृत स्वामित्वका बारेमा ठूलाठूलो बहस चलाउनु पर्ने बताए ।
राज्य, संस्था र व्यक्तिलाई एकीकृत गर्दौ स्वामित्व निर्माण गर्नुपर्ने बताउँदै विप्लवले माक्र्सवादले भनेको सामूहिक स्वामित्वले मात्र समस्याको समाधान नहुने ठोकुवा गरे । ‘पुँजीवाद निकै संकटमा छन् । अमेरिका निकै ठूलो आर्थिक संकटमा छ ।’, विप्लवले भने, ‘रसियामा समाजवाद पनि टिकेन नी । त्यहाँ पनि सामुहिक स्वामित्वले काम गरेन । समाजवादमा निजी क्षमताहरूको प्रयोग पनि आवस्यक हुन्छ, सामूहिक स्वामित्व पनि चाहिन्छ ।’
नेकपा पोलिटब्युरो सदस्य माइला सीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा पोलिटब्युरो सदस्य सन्देश सीले अवधारणापत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा सर्वसाधारण, व्यापारी, बुद्धिजिविबाट १२ विघा भन्दा धेरै जमिन बन्दकी राख्ख्न मिल्ने बराबरको सहयोग उठेको थियो । नेकपाले ल्याएको आत्मनिर्भर कार्यकर्ता, आत्मनिर्भर पाटी, आत्मनिर्भर देशको नीति अनुसार एकीकृत स्वामित्वको बारेमा अन्तरक्रिया भएको थियो ।
अन्तरक्रियामा सहभागीहरुले स्वामित्वको सवालमा एकीकृत स्वामित्व नयाँ भएकाले यसले निकै राम्रो नतिजा ल्याउने बताएका थिए । ‘निजी स्वामित्वमा पुँजी सिमित व्यक्तिमा केन्द्रीत भयो, सामुहिक स्वामित्वमा पनि समस्या देखियो ।’, सहभागीले भने, ‘यो एकीकृत स्वामित्वले सबैलाई समेट्छ । यसले जनताका समस्याहरुको समाधान गर्छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - १०:०८
ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...
श्रावण ३१ गते, २०८३ - ०९:५८
भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...
श्रावण ३१ गते, २०८३ - ०९:५१
भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...
श्रावण ३१ गते, २०८३ - ०९:४८
पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...
श्रावण ३१ गते, २०८३ - ०९:४५
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...
श्रावण ३१ गते, २०८३ - ०९:४२
नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...
श्रावण ३१ गते, २०८३ - ०९:४०
काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...
श्रावण ३१ गते, २०८३ - ०९:३५
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...
श्रावण ३१ गते, २०८३ - ०९:२८
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...
श्रावण ३१ गते, २०८३ - ०९:२३
इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...



प्रतिकृया लेख्नुहोस्: