रौतहट । जिल्लाका बजार सम्बन्धित निकायले अनुगमन नगरेका कारण उपभोक्ताहरू त्यसको प्रत्यक्ष मारमा परेका छन् । स्थानीय पालिकाहरूले समेत बजार अनुगमनमा चासो नदिएका कारण उपभोक्ताहरूले मार खेप्नु परिरहेको गुनासो आउन थालेको छ ।
विशेष गरेर पछिल्लो समय रौतहटका बजारमा म्याद गुज्रेका खाद्यवस्तुको बिक्री वितरण तीव्र रुपमा बढेको भएपनि सम्बन्धित निकायले बजार अनुगमन गर्नेतर्फ ध्यान दिन नसक्दा उपभोक्ताहरु म्याद गुज्रिएका खाद्यवस्तु खरिद गर्न बाध्य भएका छन् ।
त्यस्तै जिल्लाकै प्रमुख व्यापारिक बजार चन्द्रनिगाहपुरमा रहेका होटलहरू समेत अनुगमन नभएका कारण उपभोक्ताले होटलमा गुणस्तरहीन खाना खान बाध्य भएको गुनासो आइरहेको छ ।
पहिला पहिला चन्द्रपुर नगरपालिकाले एक वर्षमा एक दुई पटक बजार अनुगमन गर्ने गरेको भएपनि पछिल्लो समय आएर बजार अनुगमन नहुँदा व्यापारीको मनोमानी तीव्र रुपमा बढेको स्थानीय बासिन्दा प्रल्लाद गौतमको भनाइ रहेको छ । जिल्लाका प्रमुख व्यापारिक बजार चन्द्रनिगाहपुर, गौर, गरुडा, कटहरिया लगायतका स्थानमा बजार अनुगमन नभएका कारण व्यापारीको मनोमानी तीव्र रुपमा बढ्दै गएको स्थानीय बासिन्दाहरुले गुनासो गरेका छन् । स्थानीय पालिकाहरू र जिल्ला प्रशासन कार्यालयले चाडबाडका बेलामा बजार अनुगमन गरेजस्तो गर्ने गरेको र अन्य बेला कानमा तेल हालेर बसेका कारण उपभोक्ताहरु ठगिन बाध्य भएका छन् ।
खाद्यान्न पसल कोल स्टोर्स, होटल, तथा किराना पसलहरू अनुगमन नभएका कारण उनीहरूको मनोमानी बढ्दै जाँदा त्यसको प्रत्यक्ष मारमा उपभोक्ता पर्ने गरेको चन्द्रनिगाहपुरका स्थानीय बासिन्दा तथा नेपाली कांग्रेसका चन्द्रपुर नगर सभापति मुकेश गिरीको भनाइ रहेको छ । जनतासँग प्रत्यक्ष सरोकार भएका चन्द्रपुर नगर क्षेत्रका अस्पताल मेडिकल तथा क्लिनिकहरू समेत नगरपालिकाले नियमित अनुगमन नगरेका कारण उनीहरुले सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड गरिरहेको गिरिको भनाइ रहेको छ । चन्द्रपुर नगर क्षेत्रमा रहेका मेडिकल तथा क्लिनिकहरूमा उपचार गर्न आउनेहरूले ज्यान गुमाउँदै आएको भएपनि त्यसतर्फ सम्बन्धित निकायको ध्यान जान नसकेको गिरीको कथन छ ।
रौतहट जिल्लाकै पालिकाहरूले बजार अनुगमनतर्फ ध्यान नदिएका कारण उपभोक्ताले गुणस्तरहीन खाद्यवस्तुको प्रयोग गर्न बाध्य भइरहेको गुनासो आउँदा पनि त्यसतर्फ कसैको ध्यान जान नसकेको कटहरियाका सञ्चारकर्मी आरके श्रीवास्तवको भनाइ रहेको छ ।
जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गर्दै आएकोमा पछिल्लो समय त्यसको सम्पूर्ण स्वामित्व पालिकाहरूलाई गएको भएपनि पालिकाहरूले बजार अनुगमन गर्ने तर्फ ध्यान नदिएका कारण उपभोक्ताहरुले त्यसको मार खेप्न बाध्य भएका छन् ।
जिल्लाका प्रमुख व्यापारिक बजारहरूमा नियमित रूपमा बजार अनुगमन हुनुपर्नेमा पालिकाहरूले बजार अनुगमन गर्नेतर्फ ध्यान नदिएका कारण समस्या उत्पन्न भएको उपभोक्ता हित संरक्षण मञ्च रौतहटका अध्यक्ष टिका घिमिरेको भनाइ रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: