काठमाडौं । नियमानुसार अस्पताल तथा सामुदायिक विद्यालयहरुमा बसेर स्वास्थ्य सेवा नदिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कारबाही गर्ने चेतावनी काठमाडौँ महानगरपालिकाको दिएको छ।
महानगरको स्वास्थ्य विभागले आशनिबार सूचना जारी गर्दै नगर क्षेत्रमा सञ्चालिन शिक्षण संस्था र अस्पतालहरुमा कार्यरत शिक्षक, प्रशिक्षक र कर्मचारीहरुलाई स्वास्थ्य सेवा नियमित गर्न भन्दै महानगरले अन्यथा कारबाही गर्ने चेतावनी दिएको हो।
सर्वसाधारणलाई स्वास्थ्य सेवासमेत प्रवाह गर्ने सर्तमा काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालित शिक्षण संस्थाहरुमा आवद्ध अस्पतालहरुमा स्वास्थ्य सेवा लिन जाँदा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु नभेटिने, उनीहरु आफ्नो जिम्मेवारी भन्दा बाहिरको व्यक्तिगत काममा जाने गरेको जनगुनासो प्राप्त भएको महानगरपालिकाले जनाएको छ।
‘अस्पतालहरुमा शल्यक्रिया, सीटी स्क्यान, एमआरआई जस्ता सेवाका लागि महिनौँसम्म कुर्नुपर्ने गुनासो पनि सर्वसाधारणबाट आएको छ,’ महानगरको सूचनामा भनिएको छ, ‘ऐन नियमअनुसार चिकित्सा शिक्षा प्रदान गर्ने संस्थाका शिक्षक, प्रशिक्षक र कर्मचारीहरुले प्रचलित कानुनी व्यवस्था अनुसार आफूलाई खटाएको ठाउँमा गएर नियमित काम गर्न सम्बद्ध व्यक्ति, पदाधिकारी तथा संस्थालाई महानगर हार्दिक अपिल गर्न चाहन्छ।’
कानुनी व्यवस्था बमोजिम सर्वसाधारणहरुले अस्पतालहरुबाट सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्न नसकेमा वा विद्यमान कानुनी व्यवस्थाको उलंघन भएको देखिएमा अनुगमन तथा नियमनको माध्यमबाट प्रचलित कानुनी व्यवस्था बमोजिम त्यस्ता व्यक्ति तथा संस्थालाई कारबाही गर्ने चेतावनीसमेत महानगरले दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - १०:०८
ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...
श्रावण ३१ गते, २०८३ - ०९:५८
भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...
श्रावण ३१ गते, २०८३ - ०९:५१
भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...
श्रावण ३१ गते, २०८३ - ०९:४८
पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...
श्रावण ३१ गते, २०८३ - ०९:४५
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...
श्रावण ३१ गते, २०८३ - ०९:४२
नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...
श्रावण ३१ गते, २०८३ - ०९:४०
काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...
श्रावण ३१ गते, २०८३ - ०९:३५
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...
श्रावण ३१ गते, २०८३ - ०९:२८
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...
श्रावण ३१ गते, २०८३ - ०९:२३
इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...



प्रतिकृया लेख्नुहोस्: