काठमाडाैं । राइटपाथ करियर काउन्सिलिङले यहि आउदाे वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म देशका प्रमुख सहरहरूमा 'ग्राण्ड एजुकेशन कन्क्लेभ' आयाेजना गर्ने भएको छ।
राइटपाथले कक्षा १२ उत्तीर्ण गरी विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श प्रदान गर्ने उद्देश्यले देशभर आफ्ना शाखा कार्यालयमा एजुकेशन कन्क्लेभ आयाेजना गर्न लागेकाे जनाएकाे हाे।
राइटपाथको बुधबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनकाे आयाेजना गर्दै विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि ग्राण्ड एजुकेशन कन्क्लेभलाई विद्यार्थीकाे हित अनुकुल सफलतापूर्वक सम्पन्न गर्ने जनाएकाे छ।
कन्क्लेभबारे जानकारी दिदैँ राइटपाथ करिअर काउन्सिलिङका सिईओ फिलिप डिसीले कन्क्लेभमा विद्यार्थीले आफू अध्ययन गर्न जान चाहेकाे मुलुकका विश्वविद्यालयका प्रतिनिधबाट सम्पूर्ण जानकारी लिन सक्ने बताए। ‘यूनिभर्सिटीका रेप्रिजेन्टेटिभबाटै विद्यार्थीहरुले सत्य तथ्य जानकारी पाउँन सक्नु हुन्छ भन्ने नै हाम्रो कार्यक्रमको उदेश्य हो। विद्यार्थीहरुको रिसर्चमा पनि यस्ता कार्यक्रमले धेरै मद्धत पुर्याउँछ।’, उनले भने, ‘कतिपयले अफर लेटर हेर्न ढिलाई गर्नु भएको पनि हामीले पाउँने गरेका छौं। विद्यार्थीको सहजताका लागि यो इभेन्टको आयोजना गरिएको हो।’
उनले विद्यार्थीलाई परीक्षापछिको तीन महिनाकाे समय सदुपयाेग गर्न सहजिकरण गर्ने उद्येश्यका साथ यस्तो कार्यक्रम आयोजना गरिएको बताए।
राइटपाथले मे ११ अर्थात वैशाखा २९ गते काठमाडौंमा एजुकेशन कन्क्लेभ सुरु गरेर जेठ ८ गते ललितपूर आएर सम्पन्न गर्ने जनाएकाे छ। कन्क्लेभ वैशाख २९ गते काठमाडौं, ३१ गते धनकुटा, जेठ ३ गते हेटौडा, जेठ ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङ् तथा ८ गते ललितपूरमा सम्पन्न हुनेछ।
राइटपाथले कन्क्लेभमा सहभागी हुने विद्यार्थीलाई भाषा तयारी कक्षा र एप्लिकेसन प्रोसेसिङमा छुटकाे व्यवस्था गरेकाे छ। कन्क्लेभमा अस्ट्रेलिया, बेलायत, क्यानडा र अमेरिकाका २० भन्दा बढी विश्वविद्यालयको सहभागिता रहने आयाेजकले जनाएकाे छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २८ गते, २०८१ - ०८:३९
काठमाडाैं । राइटपाथ करियर काउन्सिलिङले यहि आउदाे वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म देशका प्रमुख सहरहरूमा 'ग्राण्ड एजुकेशन कन्क्लेभ' आयाेजना गर्ने...
बैशाख २७ गते, २०८१ - १५:४१
काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको...
बैशाख १८ गते, २०८१ - १७:२८
काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ...
बैशाख २ गते, २०८१ - १५:०८
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...
माघ ४ गते, २०८० - १५:२२
बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...
मंसिर १५ गते, २०८० - १६:२५
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ । उच्च अदालत पाटनका...
मंसिर १४ गते, २०८० - १०:१५
बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...
मंसिर १४ गते, २०८० - १०:०५
काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...
मंसिर ११ गते, २०८० - ११:५८
काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...
मंसिर ७ गते, २०८० - १४:१६
काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि प्रहरीले प...
प्रतिकृया लेख्नुहोस्: