काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरूको अधिनायकवादका विरूद्ध लड्ने बेला आएको बताएका छन् । पार्टीका गण्डकी प्रदेश संसदीय दल नेता सुरेन्द्रराज पाण्डेसहित प्रदेश सभा सदस्यहरूसँग बुधबार बूढानीलकण्ठस्थित निवासमा कुराकानी गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
उनले पछिल्ला राजनीतिक गतिविधिहरूले अधिनायकवादी छनकको छनक देखाएको बताए । सत्तारूढ दल प्रति लक्षित गर्दै सभापति देउवाले कम्युनिष्टहरू कब्जाको शैलीमा अघि बढेको संशय देखा परेको बताउँदै संवैधानिक परिधिभित्र रहेर स्वतन्त्र, निष्पक्ष र पारदर्शी रूपमा काम गर्ने निर्वाचन आयोगमाथि पनि कसैले दबाब दिएको हो कि भन्ने शंका व्यक्त गरेका छन्।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल आइतबार विभाजित भएर अशोक राई नेतृत्वमा जनता समाजवादी गठन भएको थियो। सोमबार आयोगले नवगठित जनता समाजवादीलाई मान्यता दिएको थियो। दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको अवस्थामा आयोगले नवगठित जनता समाजवादीलाई दर्ता गरेको चर्चा छ। यो विषयप्रति सभापति देउवाले पनि शंका व्यक्त गरे ।
सहकारीमा बचतकर्ताले बचत गरेको अर्बौं रकम अपचलन भएको विषय आएको र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेत यस प्रकरणमा मुछिएका कुरा आए पनि सरकारले गम्भीरतापूर्वक नलिएको देउवाको भनाइ थियो।
सभापति देउवाले सहकारी प्रकरण संसदीय छानबिन समिति गठन गरेर निष्कर्षमा पुगिनुपर्ने पक्षमा पार्टी रहेको बताए । सभापति देउवाले पछिल्ला राजनीतिक घटनाक्रमलाई आफूले नजिकबाट नियालीरहेको प्रतिक्रिया दिएका छन् । सभापति देउवाले कम्युनिष्टहरूको अधिनायकवादका छनकविरूद्ध लड्ने बेला आएको र आफूलाई साथ दिन पनि आग्रह गरेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: