Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

बढ्यो राैतहटकाे चन्द्रपुरमा मोटरसाईकल चोरी

खबरडबली संवाददाता

रौतहट  । रौतहटको चन्द्रनिगापुरबाट दैनिक रूपमा मोटरसाइकल चोरी हुने क्रम बढ्दै गएको छ । 

विगत एक हप्तादेखि दैनिक एउटा मोटरसाइकल चोरी हुँदै आएको स्थानीय बासिन्दाले बताएका छन् । पहिलाको तुलनामा मोटरसाइकल चोरीका घटनामा केही कमी आएको भएपनि पछिल्लो समय आएर चन्द्रनिगापुर क्षेत्रबाट दैनिक रुपमा मोटरसाइकल चोरीका घटना हुन थालेका हुन् । तीन दिन पहिला चन्द्रपुर ८ सन्तपुरबाट एउटा मोटरसाइकल हराएको थियो भने, आइतबार चन्द्रनिगाहपुरको व्यस्त क्षेत्र नेपाल बैंक अगाडिबाट एउटा मोटरसाइकल हराएको थियो । विगत एक हप्तादेखि चन्द्रपुर नगरपालिकाको विभिन्न स्थानबाट दैनिक एउटा मोटरसाइकल चोरी हुँदै आएको छ । 

प्रहरीको फितलो गस्तीका कारण दिनदाहाडै बजार क्षेत्रबाट मोटरसाइकल चोरीका घटना बढ्दै जान थालेका कारण यसतर्फ प्रहरीले आफ्नो सक्रियता बढाउनुपर्ने चन्द्रनिगापुरका स्थानीय बासिन्दा अनन्त अधिकारीको भनाइ रहेको छ । 

चन्द्रपुर नगरपालिकाले नगरका मुख्य चोकहरूमा सिसिटिभी क्यामेरा जडान गरेको बताए पनि पछिल्लो समय मोटरसाइकल चोरीका घटनामा संलग्नहरु सिसिटिभीको अगाडि फेला पर्न सकेको छैनन् । चन्द्रपुर नगर क्षेत्रबाट चोरी भएका मोटरसाइकलहरू चोर समूहले बारा जिल्लाको कोल्बी लगायतका स्थानमा लगेर काटेर बेच्दै आएको जानकारहरूको भनाइ रहेको छ । 

स्थानीयले प्रहरीको फितलो बस्तीका कारण चन्द्रपुर क्षेत्रमा दैनिक जसो चोरीका घटना बढेको भन्दै गुनासो गर्दै आएका छन् । विगत एक हप्तादेखि दैनिक रूपमा एउटा मोटरसाइकल चोरी हुँदै आएकोमा प्रहरीले चोरीमा संलग्न गिरोहलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीयले त्यसको विरोध गरेका छन् । 

इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले चोरीमा संलग्न गिरोहको खोजी कार्य भइरहेको र उनीहरू चाँडोभन्दा चाँडो प्रहरीको फन्दामा पर्ने बचाएको छ  ।

केही महिना रोकिएको मोटरसाइकल चोरीका घटना पछिल्लो समय आएर पुन बढ्न थालेपछि स्थानीय बासिन्दाहरु त्रसित बनेका छन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

एमाले नेता काशिनाथ अधिकारीले लिए सक्रिय राजनीतिबाट विदा

काठमाडौं । नेकपा एमालेका नेता काशिनाथ अधिकारीले सक्रिय राजनीतिबाट विदा लिएका छन्। ६६ वर्षीय अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो निर्णय सार्वज...

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण प्रक्रिया तीव्र

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते युवापुस्ता ‘जेनजी’द्वारा गरिएको प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरण प्रक्रिया तीव्रताका साथ अघि बढाएको छ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending