Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

खबरडबली संवाददाता

काठमाडौं । पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आईएस खोरासानले आईसीसी टी–२० विश्वकपको समयमा आतङ्ककारी हमला गर्ने धम्की दिएको छ ।

दैनिक भास्करका अनुसार मध्य अमेरिकी देश त्रिनिदाद र टोबागोका प्रधानमन्त्री किथ राउलीले आतंकवादी संगठन आईएसले वेस्ट इन्डिजमा समावेश देशसहित अन्यलाई भिडियो सन्देश पठाउँदै हमला गर्ने धम्की आएको जानकारी दिएका छन् । टी-२० विश्वकप जुन २ देखि २९ सम्म वेस्ट इन्डिज र अमेरिकामा हुँदैछ ।

इस्लामिक स्टेट समर्थक मिडियाले धेरै देशहरूलाई खेलकुद कार्यक्रमहरूमा हिंसाको धम्की दिएको छ।  आईएस खोरासानको अफगानिस्तान-पाकिस्तान शाखाले प्रचार च्यानल नसीर-ए-पाकिस्तानमार्फत् भिडियो सन्देश जारी गरेको छ। जसमा ती देशहरूमा आक्रमण भए समर्थन गर्न समर्थकहरूलाई अपील गरिएको छ।

के भन्यो वेस्ट इन्डिज सरकार र क्रिकेट बोर्ड ?
क्रिकेट वेस्ट इन्डिजका सीईओ जोनी ग्रेभ्सले क्रिक बजले सम्भावित खतरासँग सामना गर्न तयार रहेको बताएका छन् । ‘हामी सुरक्षा अधिकारीहरूसँग नजिकबाट काम गरिरहेका छौं। हामी सुनिश्चित गर्नेछौं कि आयोजक देशहरू र सहरहरू विश्वकपमा निरन्तर निगरानीमा छन् र हामी कुनै पनि सम्भावित खतरासँग सामना गर्न तयार छौं’ बजले भने ।

वेस्ट इन्डिजमा विश्वकपका खेलहरू एन्टिगुवा र बार्बुडा, बार्बाडोस, गुयाना, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट, ग्रेनाडाइन्स, ट्रिनिडाड र टोबागोमा हुनेछन् ।  र, अमेरिकाको फ्लोरिडा, न्यूयोर्क र टेक्सास सहरमा खेल हुनेछन् ।

रिपोर्टका अनुसार अमेरिकामा जारी विश्वकपका क्रममा आक्रमणको खतराबारे अहिलेसम्म कुनै जानकारी आएको छैन । टी–२० विश्वकप २०२४ मा समूह, नकआउट र फाइनल गरी कुल ५५ खेल खेलाइनेछन् । जसमध्ये ३९ खेल वेस्ट इन्डिजमा र १६ वटा अमेरिकामा हुनेछन् ।

नकआउट र फाइनलका सबै खेल वेस्ट इन्डिजमा हुनेछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत् जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरी प्रभाग दरबारमार्गमा क...

काठमाडौंको पानीमा माइक्रोप्लास्टिक

काठमाडौं । काठमाडौंमा बिक्री हुने बोतल र जारको पानीमा ०.००१ देखि पाँच मिलिमिटरसम्मका माइक्रोप्लास्टिक फेला परेका छन्। हालै त्रिभुवन विश्वविद्यालयको...

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता

अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षकलाई शिक्षण अनुमतिपत्र आवश्यक छः मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षक र मनोपरामर्शदाता शिक्षण अनुमतिपत्र आवश्यक रहेको बत...

बाघखोरलाई घरबास गाउँ घोषणा

नवलपरासी (बर्दघाघाट पूर्व)  । नवलपुरको कावासोती –१५, बाघखोरलाई घरबास गाउँ घोषणा गरिएको छ।  अमलटारी मध्यवर्ती सामुदायिक घरबास सञ्चालितको दश वर्ष पूर...

बिहान ११ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभा बैठक २ बजेका लागि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभा बैठक २ बजेका लागि सरेको छ । बिहान ११ बजेका लागि आह्वान गरिएको बैठक कार्यदलको बैठक लम्बिँदा २ बजेका लागि सारिएको हो । कार...

संरक्षणको प्रतीक्षामा खोकनाका पोखरी

ललितपुर ।  ललितपुर महानगरपालिका–२१ खोकनामा ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’ गरी चारवटा पोखरी छन् । उचित संरक्षणको अभावमा ती दिनप्रतिदिन विरुप बन्दै गएका छन्।...

मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा

मनाङ ।  मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा परेका छन् ।  आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा ५६ ट्रक, आठ सय ३४ कार÷ जीप, ५० ट्याक्टर र दश मोट...

कार्यदलमा सहमति नजुट्दा संसद बैठक अनिश्चित

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक निष्कर्षमा पुग नसकेपछि संसदको बैठक प्रभावित भएको छ ।  ब...

कार्यदलमा सहमति नजुट्दा संसद बैठक अनिश्चित

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक निष्कर्षमा पुग नसकेपछि संसदको बैठक प्रभावित भएको छ ।  ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies