Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

समृद्ध मुलुकका लागि जिम्मेवार पत्रकारिताको खाँचो

रेखा शर्मा, मन्त्री, सञ्चार तथा सूचना प्रविधि

काठमाडाैं । नेपालमा पहिलो समाचारमूलक पत्रिका गोरखापत्र प्रकाशन आरम्भ भएको दिनको स्मरणमा हरेक वर्षको वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिएको छ । यो वर्ष हामी ‘सूचनामा नागरिकको पहुँच र अधिकार, जवाफदेही पत्रकारिता सुरक्षित पत्रकार’ भन्ने मूल नारासहित राष्ट्रिय पत्रकारिता दिवस मनाउँदै छौँ । 

नेपाली पत्रकारिताको समीक्षा गर्दै आगामी बाटो अझै सहज र फराकिलो बनाउन आज महत्वपूर्ण दिन पनि हो । राष्ट्रिय पत्रकारिता दिवस मनाइरहँदा पत्रकारिताको विकास, चुनौती, स्वतन्त्रतासँगै हाम्रो दायित्वलगायतका विषयमा पनि समीक्षा हुन जरुरी छ । हरेक नागरिकले सूचनाको हक प्रयोग गर्नका लागि समेत यो महत्वपूर्ण हुन्छ ।    

सरकारले विसं २०७३ मा पत्रकारिता दिवस राष्ट्रिय रूपमै मनाउन मान्यता दिएपछि यो दिवस मनाउन थालिएको हो । आजभन्दा १२३ वर्ष पहिले १९५८ वैशाख २४ गते नेपालमा पहिलो समाचारमूलक पत्रिका साप्ताहिकरूपमा गोरखापत्रको प्रकाशन आरम्भ भएको थियो । सरकारी तहबाट समाचारमूलक पत्रिका प्रकाशन हुन थालेको झण्डै सवा सय वर्ष पुगे पनि निजी क्षेत्रबाट भने २००७ सालको क्रान्तिपछि मात्रै सञ्चार माध्यमहरु प्रकाशन÷प्रसारण हुन थालेका हुन् । २००७ सालको क्रान्तिकै बीचबाट रेडियो प्रसारण आरम्भ गरिएको थियो भने प्रजातन्त्रको आगमनसँगै निजी क्षेत्रका पत्रपत्रिका प्रकाशन हुन थालेका हुन् ।     

प्रजातन्त्रसँगै पत्रकारिता पनि फष्टाउन खोजिरहेकै बेला पञ्चायती व्यवस्थाका कारण पुनः प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको जगजाहेर नै छ । पञ्चायतको कालरात्रिमा जनतालाई जागरुक बनाउन नेपाली पत्रकारिता क्षेत्रले निर्वाह गरेको ऐतिहासिक भूमिका हामी युगयुगसम्म सम्झिरहने छौंँ । विभिन्न राजनीतिक आन्दोलनका बेलामा जनतामा जागरण ल्याउन पत्रकारिता क्षेत्रले एतिहासिक भूमिका निर्वाह गर्दै आएको छ ।     

राजनीतिक अधिकारविना प्रेस स्वतन्त्रता सम्भव नहुने र प्रेस स्वतन्त्रताबिनाको राजनीतिक अधिकार अपूर्ण हुने भएकाले राजनीति र पत्रकारिता सँगसँगै अघि बढेको हाम्रो इतिहास छ । राजनीतिक अधिकार र प्रेस स्वतन्त्रताको अधिकार सँगसँगै अघि बढ्ने भएकाले हिजोका ठूलाठूला राजनीतिक परिवर्तनका सङ्घर्षमा नेपालको पत्रकारिता क्षेत्रले परिवर्तनको महत्वपूर्ण हिस्साको रुपमा भूमिका निर्वाह गर्दै आएको हो । अब राजनीतिक तथा प्रेस स्वतन्त्रताको अधिकारलाई थप स्थापित गर्दै बदलिएको व्यवस्था अनुकूल जनताको अवस्था बदल्न राजनीति र पत्रकारिता एउटै अभियानमा अघि बढ्न आवश्यक छ ।     

हामी संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यावहारिक अभ्यासका क्रममा छाँैं । संविधानको प्रस्तावनामै राखिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यावहारिक कार्यान्वयनले मात्रै अब नेपाली पत्रकारहरुको अधिकार सुनिश्चित भएको मानिने छ । प्रेस स्वतन्त्रताको उपयोग गर्दा सत्य, तथ्य, विश्वसनीय र भरपर्दो सूचना पाउने नागरिकको नैसर्गिक अधिकारको सम्मान हुनु पर्दछ । 

प्रेस स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रियताको संरक्षण, सामाजिक न्याय र समानताको प्रत्याभूति गर्दै शान्ति र स्थायित्वको प्रवद्र्धन तथा मानवअधिकारसम्बन्धी सरोकारलाई प्राथमिकतामा राखेर विकास र निर्माणमा सरकार अग्रसर रहेको छ । अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचना प्रवाहमा स्थापित अन्तर्राष्ट्रिय मूल्य, मान्यता र प्रचलन तथा नेपालको संविधानले प्रत्याभूत गरेको सूचना र सञ्चारसम्बन्धी मौलिक हकको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको छ ।

राजनीतिक अधिकार बिना प्रेस स्वतन्त्रता संभव नहुने र प्रेस स्वतन्त्रता बिनाको राजनीतिक अधिकार अपूर्ण हुने भएकाले राजनीति र पत्रकारिता सँगसँगै अघि बढेको हाम्रो इतिहास छ । राजनीतिक अधिकार र प्रेस स्वतन्त्रताको अधिकार सँगसँगै अघि बढ्ने भएकाले हिजोका ठूलाठूला राजनीतिक परिवर्तनका संघर्षमा नेपालको पत्रकारिता क्षेत्रले परिवर्तनको महत्वपूर्ण हिस्साको रुपमा भूमिका निर्वाह गर्दै आएको हो । अब पनि राजनीतिक तथा प्रेस स्वतन्त्रताको अधिकारलाई थप स्थापित गर्दै बदलिएको व्यवस्था अनुकूल जनताको अवस्था बदल्न राजनीति र पत्रकारिता एउटै मिसनमा अघि बढ्न आवश्यक छ ।

प्रेस स्वतन्त्रतालाई थप सुनिश्चित गर्ने गरी एक वर्षदेखि सञ्चारसँग सम्बिन्धित कानुन निर्माण तथा पुनरावलोकनको काम भइरहेको छ । सञ्चार सम्बद्ध संस्था तथा यस क्षेत्रका विज्ञहरुको प्रत्यक्ष संलग्नता र राय सुझावका आधारमा कानुनको मस्यौदा गर्ने, त्यसमाथि सरोकारवाला र आम नागरिकको रायसुझाव समेत लिएर पारदर्शी र लोकतान्त्रिक विधिबाट कानुन निर्माण गर्ने कार्यलाई सरकारले प्राथमिकता दिएको छ । 

यसअनुसार आमसञ्चार क्षेत्रको स्वनियमन प्रवद्र्धनमा केन्द्रित रहेर तयार गरिएको मिडिया काउन्सिल विधेयक भर्खरै सङ्घीय संसदमा दर्ता भएको छ भने आम सञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्मा पेश हुने प्रक्रियामा छ । त्यस्तै सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी विधेयक पनि चाँडै मन्त्रिपरिषदमा पेश हुने तयारीमा छ । छाता कानुनको रुपमा आमसञ्चार ऐन बनाएर सङ्घीयताको मर्मअनुसार नेपाली सञ्चार क्षेत्रलाई प्रवद्र्धन र व्यवस्थापन गर्ने सरकारको उद्देश्य रहेको छ । 

यही ऐनअन्तर्गत बन्ने आमसञ्चार प्रतिष्ठानमार्फत मिडियाको प्रवद्र्धन र व्यवस्थापन, श्रमजीवी पत्रकारको पेशागत अधिकारको संरक्षण र लोककल्याणकारी कोष सञ्चालन लगायतका काम एउटै निकायबाट अघि बढाउने सरकारको सोंच रहेको छ । सरकारी स्वामित्वका सञ्चार माध्यमलाई थप स्वायत्त र प्रभावकारी बनाउने उद्देश्यले अघि बढाइएको सार्वजनिक मिडियासम्बन्धी विधेयक प्रतिनिधिसभाको विषयगत समितिमा छलफलका क्रममा रहेको छ ।

पत्रकारिताको बढदो विकाससँगै चुनौती पनि थपीदै गएका छन् । परम्परागत र नयाँ विद्युतीय आमसञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म आधारहीन सामग्री सम्प्रेषण हुन नदिन सजग हुनुपर्छ । गलत र भ्रमपूर्ण सूचना सम्प्रेषणका कारण आज सम्पूर्ण क्षेत्र जस्तै पत्रकारिता क्षेत्र पनि आक्रान्त छ । सत्य तथ्य जान्न पाउनु नागरिकको अधिकार हो । त्यसैले हामीले यो वर्षको पत्रकारिताको नारामै सूचनामा नागरिकको पहुँच र अधिकार स्थापित गर्नुपर्नेमा जोड दिएका छौँ । नागरिकले सही सूचना प्राप्त गर्न जवाफदेही पत्रकारिता चाहिन्छ र त्यसले मात्र पत्रकारलाई भौतिक र पेसागतरुपमा सुरक्षित बनाउन सक्छ ।

मिडियाको सवलीकरण र श्रमजीवी पत्रकारको हित प्रवद्र्धनलाई सँगसँगै अघि बढाउनका लागि सरकारले निरन्तर काम गरिरहेको छ । मिडियाको सवलीकरणमै सहयोग पुगोस् भनेर गत वर्ष मात्रै विज्ञापन नियमावली संशोधन गरिएको छ भने समग्र विज्ञापन क्षेत्रमा नै सुधार ल्याउने गरी विज्ञापन नीति तर्जुमाको काम पनि भइरहेको छ । 

विगत छ वर्षदेखि बढ्न नसकेको श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्धिको प्रस्ताव मन्त्रिपरिषद्को समितिमा छलफलका क्रममा रहेको छ । छलफलका क्रममा रहेका तथा सरकारले अघि बढाएका प्रस्तावित कानुन र निर्णयहरुले पूर्णता पाउँदा नेपालको आमसञ्चार क्षेत्रमा पुनःसंरचना हुने र नेपाली पत्रकारिता क्षेत्रले परिवर्तनको अनुभूति गर्नसक्ने छ भन्ने सरकारको विश्वास रहेको छ ।

छापा माध्यमबाट सुरु भएको पत्रकारिताको विकासक्रम आज डिजिटल मिडियासम्म पुगेको छ । सूचना तथा सञ्चार प्रविधिको तीब्रतम विकासका कारण पत्रकारिता क्षेत्रमा सिर्जित अवसरबाट लाभ लिंने र चुनौतीको सामाना गर्न सक्षम भएर मात्रै आजको दिनमा पत्रकारिताको विकास गर्न सकिने छ । पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गर्दै पत्रकारको हकहित र आमसञ्चारका माध्यमहरुको सबलीकरणका लागि सम्बन्धित सबै क्षेत्रबाट आउने राय सुझावका आधारमा अघि बढ्न सरकार प्रतिबद्ध छ ।

अन्त्यमा, सामाजिक उत्तरदायित्व बहन गर्दै संविधानप्रदत्त हकअधिकार उपयोग गर्न राष्ट्रिय पत्रकारिता दिवसले थप प्रेरणा प्रदान गर्ने विश्वास लिन सकिन्छ । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा पत्रकारिता क्षेत्रलगायत सबैमा शुभकामना छ । नवौँ राष्ट्रिय पत्रकारिता दिवस मनाइरहँदा पत्रकारिताका माध्यमबाट समाज रुपान्तरणको अभियानमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुभएका सहिदहरुको योगदानलाई स्मरण गर्र्नै पर्दछ ।

पत्रकारिता क्षेत्रमा रहेर समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरी वरिष्ठ पत्रकारहरुको योगदान पनि स्तुतियोग्य छ । लोकतान्त्रिक राज्य व्यवस्था कायम गर्न÷गराउन पत्रकारिता क्षेत्रले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै उहाँले आगामी दिनमा पनि सूचना प्रवाहमा निष्पक्ष, सन्तुलित, व्यावसायिक, जिम्मेवार र उत्तरदायी भई भूमिका निर्वाह गर्न पत्रकार तथा आमसञ्चार जगत्ले अझ महत्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गर्ने नै छ । सत्य, निष्पक्ष एवं विश्वसनीय पत्रकारिताबाटै नै मुलुकलाई समृद्धिको बाटोमा हिँड्न बल पुग्दछ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending