Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

घयरे खोलामा बाढी आएपछि अलपत्र परेका चार जनाको सकुशल उद्धार

खबरडबली संवाददाता

तनहुँ । अविरल वर्षापछि तनहुँको म्याग्दे गाउँपालिका–३ स्थित घयरे खोलामा आएको बाढीका कारण अलपत्र परेका चार जनाको प्रहरीले सकुशल उद्धार गरेको छ ।

खेत गोड्न गएका स्थानीय चार जना घयरे खोलामा अचानक बाढी आएपछि खोला तर्न नसकी अलपत्र परेका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी थर्पुबाट प्रहरी नायब निरीक्षक टिकाराम दाहालको नेतृत्वमा सात जनाको टोली घटनास्थल पुगेको थियो ।

प्रहरी टोलीले बाढीका कारण खोलाको बीचमा अलपत्र परेका चारै जनालाई सकुशल उद्धार गरी घर पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार लगातारको वर्षाका कारण म्याग्दे गाउँपालिकाका विभिन्न स्थानमा बाढी आउनुका साथै सडकसमेत अवरुद्ध भएका छन् ।

म्याग्दे गाउँपालिका–३ र ४ को सीमामा रहेको पक्की पुलमाथिबाट शुक्रबार साँझ बाढी बगेपछि माझिलाङतर्फ जाने भित्री सडक अवरुद्ध भएको छ । बाढीका कारण उक्त सडकखण्डमा सवारीसाधनको आवागमन ठप्प भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, म्याग्दे–३ का प्रेमनाथ वाग्लेको घरनजिकसमेत बाढी पसेको थियो । बाढी घरनजिक पुगे पनि मानवीय तथा भौतिक क्षति नभएको प्रहरीले जनाएको छ ।

वर्षाका कारण अवरुद्ध भएका सडक सञ्चालनमा ल्याउने तथा बाढी प्रभावित क्षेत्रमा निरन्तर अनुगमन गर्ने काम भइरहेको प्रहरीको भनाइ छ ।

प्रहरी नायब उपरीक्षक घिमिरेले वर्षा जारी रहेकाले बाढी तथा पहिरोको जोखिम भएका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली, सोमबारदेखि नियम उल्लङ्घन गर्नेलाई कारबाही

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...

उमेर नपुग्दै विवाहको असर : नवलपुरमा २० वर्षमुनिका किशोरीमा गर्भधारण र गर्भपतनको जोखिम

नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...

कर्णाली नदी सतर्कता तह पार, तटीय बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...

काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...

अनुदान पाएपछि पौवादुङमाका महिला व्यावसायिक बङ्गुरपालनमा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...

वर्तमान सरकार ‘भवितव्य’को उपज हो : ओली

इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...

ग्यास अभावको दर्दनाक दृश्य : बिहानैदेखि ठिमीमा सिलिन्डरको लाइन

काठमाडौँ । काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव कायमै रहँदा उपभोक्ताको सास्ती घट्नुको साटो झन् बढेको छ। सरकारले विभिन्न स्थान तोकेर ग्यास वितरण...

ग्यास अभावले साना होटल तथा रेस्टुरेन्ट बन्द

सुर्खेत । सुर्खेतमा करिब एक महिनादेखि खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि साना होटल तथा रेस्टुरेन्ट व्यवसाय प्रभावित भएका छन्। ग्यास सहज रूपमा उपलब्ध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending