Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

पाँच वर्षदेखि साङ्लोमा बाँधिएका उदयपुरका युवराजको उद्धार

खबरडबली संवाददाता

उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका ११ साकेला टोलका युवराज राईको उद्धार भएको छ । साङ्लोमा बाँधिएर खोरमा जीवन व्यतित गर्दै आएका युवराजको आइतबार उद्धार गरिएको हो ।

विगत ८ वर्ष देखि मानसिक समस्या भोग्दै आएका उनलाई ४–५ वर्ष अघिदेखि साङ्लोमा बाँधेर खोरमा राखिएको थियो ।  २०७९ साल जेठमा उनलाई उपचारको लागि मानव सेवा आश्राममा लागिएको थियो लगभग ११ महिना पश्चात ठिक भएर घर फर्कनुभएका उनमा पुनः समस्या आएपछि साङ्लोमा बाँधिएर खोरमा बस्नुपरेको थियो ।

दिसा–पिसाव र खाना एकै ठाउँमा गर्दै आएका उनलाई आइतबार नेकपा (एमाले) उदयपुर जिल्ला अध्यक्ष भागवत राउतको समन्वयमा त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त बस्नेत र उप्रप्रमुख महेश्वरी राईको सहयोगमा मानव सेवा आश्रम, जनकपुर पठाइएको हो ।

लामो समय साङ्लोमा जीवन बिताएका युवराजको आमाको भने निधन भइसकेको छ भने बुवा क्यान्सर पीडित छन्  ।  तीन दाजुभाई मध्येका कान्छा युवराज अहिले परिवारको सम्पर्कमै नरहेको उनकी भान्जीबुहारी उमा राईले बताइन् ।

युवराजको उद्धार गर्दै एमाले उदयपुरका अध्यक्ष भागवत राउतले अब पुनः उनमा यस्तो समस्या हुन नदिन स्थानीय सरकारले उनी ठिक भएर फर्केपछि उनलाई व्यस्त गराउने वातावरण बनाइदिन माग गरे । 

नगरप्रमुख बसन्त बस्नेतले नगर भित्रका युवराज जस्ता जोकोहीलाई नगरपालिकाले उद्धार गर्ने भन्दै उनीहरुलाई उद्धार पश्चात समस्या हुन नदिन स्थानीयलेसमेत सहयोग गर्नुपर्ने धारण राखे ।

नगर उपप्रमुख महेश्वरी राईले युवराज ठिक भएर फर्केपछी उनलाई कहीँ कतै रोजगार मुलक काममा व्यस्त बनाएर पुनः साङ्लोमा फर्किन नदिने प्रतिबद्धता व्यक्त गरे ।

स्थानीयहरुले भने पशु झैँ खोरमा बसेका युवराजको उद्धार भएकोमा खुशी व्यक्त गर्दै उनलाई सामान्य जीवनमा फर्काइदिन मानव सेवा आश्रमलाई अनुरोध गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...

अनुदान पाएपछि पौवादुङमाका महिला व्यावसायिक बङ्गुरपालनमा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...

वर्तमान सरकार ‘भवितव्य’को उपज हो : ओली

इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...

ग्यास अभावको दर्दनाक दृश्य : बिहानैदेखि ठिमीमा सिलिन्डरको लाइन

काठमाडौँ । काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव कायमै रहँदा उपभोक्ताको सास्ती घट्नुको साटो झन् बढेको छ। सरकारले विभिन्न स्थान तोकेर ग्यास वितरण...

ग्यास अभावले साना होटल तथा रेस्टुरेन्ट बन्द

सुर्खेत । सुर्खेतमा करिब एक महिनादेखि खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि साना होटल तथा रेस्टुरेन्ट व्यवसाय प्रभावित भएका छन्। ग्यास सहज रूपमा उपलब्ध...

घयरे खोलामा बाढी आएपछि अलपत्र परेका चार जनाको सकुशल उद्धार

तनहुँ । अविरल वर्षापछि तनहुँको म्याग्दे गाउँपालिका–३ स्थित घयरे खोलामा आएको बाढीका कारण अलपत्र परेका चार जनाको प्रहरीले सकुशल उद्धार गरेको छ । खेत ...

पहिरो पन्छाएपछि सञ्चालनमा आयो पृथ्वी राजमार्ग

चितवन । इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा खसेको सुख्खा पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । गएराति करिब १०ः२५ बजे पहिरो खसेपछि...

जाजरकोटमा पहिरोको वितण्डा : १० जना घाइते, तीन जना बेपत्ता

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्काउँदा १० जना घाइते भएका छन् । पहिरोपछि तीन जना सम्पर्कविहीन भ...

रोल्पामा पहिरोले घर पुरिँदा थप एक जनाको मृत्यु, मृतकको संख्या १७ पुग्यो

रोल्पा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा रोल्पामा थप एक जनाको मृत्यु भएको छ । लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा शनिबार राति पहिरोले घर पुरिँदा ७२ ...

आज देशभर वर्षाको सम्भावना, सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending