उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका ११ साकेला टोलका युवराज राईको उद्धार भएको छ । साङ्लोमा बाँधिएर खोरमा जीवन व्यतित गर्दै आएका युवराजको आइतबार उद्धार गरिएको हो ।
विगत ८ वर्ष देखि मानसिक समस्या भोग्दै आएका उनलाई ४–५ वर्ष अघिदेखि साङ्लोमा बाँधेर खोरमा राखिएको थियो । २०७९ साल जेठमा उनलाई उपचारको लागि मानव सेवा आश्राममा लागिएको थियो लगभग ११ महिना पश्चात ठिक भएर घर फर्कनुभएका उनमा पुनः समस्या आएपछि साङ्लोमा बाँधिएर खोरमा बस्नुपरेको थियो ।
दिसा–पिसाव र खाना एकै ठाउँमा गर्दै आएका उनलाई आइतबार नेकपा (एमाले) उदयपुर जिल्ला अध्यक्ष भागवत राउतको समन्वयमा त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त बस्नेत र उप्रप्रमुख महेश्वरी राईको सहयोगमा मानव सेवा आश्रम, जनकपुर पठाइएको हो ।
लामो समय साङ्लोमा जीवन बिताएका युवराजको आमाको भने निधन भइसकेको छ भने बुवा क्यान्सर पीडित छन् । तीन दाजुभाई मध्येका कान्छा युवराज अहिले परिवारको सम्पर्कमै नरहेको उनकी भान्जीबुहारी उमा राईले बताइन् ।
युवराजको उद्धार गर्दै एमाले उदयपुरका अध्यक्ष भागवत राउतले अब पुनः उनमा यस्तो समस्या हुन नदिन स्थानीय सरकारले उनी ठिक भएर फर्केपछि उनलाई व्यस्त गराउने वातावरण बनाइदिन माग गरे ।
नगरप्रमुख बसन्त बस्नेतले नगर भित्रका युवराज जस्ता जोकोहीलाई नगरपालिकाले उद्धार गर्ने भन्दै उनीहरुलाई उद्धार पश्चात समस्या हुन नदिन स्थानीयलेसमेत सहयोग गर्नुपर्ने धारण राखे ।
नगर उपप्रमुख महेश्वरी राईले युवराज ठिक भएर फर्केपछी उनलाई कहीँ कतै रोजगार मुलक काममा व्यस्त बनाएर पुनः साङ्लोमा फर्किन नदिने प्रतिबद्धता व्यक्त गरे ।
स्थानीयहरुले भने पशु झैँ खोरमा बसेका युवराजको उद्धार भएकोमा खुशी व्यक्त गर्दै उनलाई सामान्य जीवनमा फर्काइदिन मानव सेवा आश्रमलाई अनुरोध गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...
पौष २ गते, २०८२ - ०८:५०
बैतडी । स्याउला काट्न गएकी एक वृद्धाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका–२ सलेना बस्ने ७२ वर्षकी लक्ष्मी भट्टको मङ्गलबार मृत्यु भए...




प्रतिकृया लेख्नुहोस्: