Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

वीर अस्पताललाई भक्तपुरमा विस्तार गर्न आवश्यक बजेट उपलब्ध गराउँने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्वता

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले भक्तपुरको दुवाकोटमा पहिलो चरणमा ५०० शय्याको मेडिकल कलेज र अस्पताल बनाउन आवश्यक बजेट उपलब्ध गराउने बताएका छन् । आइतबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने ‘वीर अस्पतालको बिस्तारका लागि बनाइएको दुवाकोटको १५ सय बेडसहितको अस्पताल बनाउने गुरुयोजनामा पहिलो चरणको ५ सय बेडको अस्पताल र मेडिकल कलेजको निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने छ ।’

प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका मागहरू सम्बोधन गर्ने आश्वासन दिए ।  वीर अस्पताललाई आम नागरिकको आशा र भरोसा केन्द्र बनाउन आवश्यक चिकित्सकीय जनशक्ति, उपकरण तथा बजेटको व्यवस्थामा सरकारले प्राथमिकता दिने उनको भनाई छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जाजरकोटमा पहिरोको वितण्डा : १० जना घाइते, तीन जना बेपत्ता

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्काउँदा १० जना घाइते भएका छन् । पहिरोपछि तीन जना सम्पर्कविहीन भ...

रोल्पामा पहिरोले घर पुरिँदा थप एक जनाको मृत्यु, मृतकको संख्या १७ पुग्यो

रोल्पा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा रोल्पामा थप एक जनाको मृत्यु भएको छ । लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा शनिबार राति पहिरोले घर पुरिँदा ७२ ...

आज देशभर वर्षाको सम्भावना, सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम...

काठमाडौँमा ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, आइतबार थप सात केन्द्रबाट वितरण

काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...

जाजरकोटमा पहिरोले घर र टहरा बगायो, सात जना घाइते

सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्‍याएको छ । पहिरोमा परी सात जना घाइते भ...

नेपाल टेलिकमको खुद मुनाफा ४७ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...

झरीमा दिनभर लाइन, ग्यास नपाएर रित्तो सिलिन्डर बोकेर फर्किए नागरिक

काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, आक्रोशित स्थानीयले गरे तोडफोड

झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...

नेपाल–भारत सीमामा एकअर्काले भोगचलन गरेको जग्गा नापजाँच गरिने

काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...

कांग्रेस इतर समूहको भेला किन बन्यो ‘सम्मेलन’ ?

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending