Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएकाे छ । शनिबार विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाकाे मृत्यु भएकाे हाे । 

चितवनकाे भरतपुर महानगरपालिका-१२ बसन्तचोकमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना.२८ प ७०१२ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिई गएराति दुर्घटना हुँदा स्कुटरमा सवार सोही महानगरपालिका-११ जागृतीटोल बस्ने २९ वर्षीया प्रिती कुमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

सुर्खेतकाे भेरीगंगा नगरपालिका-२ सप्तरीस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार बिरेन्द्रनगर नगरपालिका-१२ बस्ने ४९ वर्षीय मान बहादुर चौधरीको शनिबार दिउँसो मृत्यु भएको छ । मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएका उनको माया नर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार मोटरसाइकल र चालकको खोजी गरिरहेको छ ।

मकवानपुरकाे थाहा नगरपालिका-९ ठुलोचौरस्थित सडकमा सडक मर्मतको काम गर्दै गरेको आरडी १०१-०३८ नम्बरको लोडर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा च्यापिएर लोडरका हेल्पर नुवाकोट घर भएका २८ वर्षीय सागर भण्डारीको मृत्यु भएको छ । लोडर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापाकाे मेचिनगर नगरपालिका-१५ गाईनाबारीस्थित सडकमा मे.११ प ९०२ नम्बरको मोटरसाइकल र मे.१ त ५३१९ नम्बरको ट्याक्टर एकआपसमा ठक्कर खाई शनिबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक कचनकवल गाउँपालिका-२ बस्ने २७ वर्षीय ज्ञान प्रसाद अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डडेल्धुराकाे नवदुर्गा गाउँपालिका-४ सिरुडास्थित सडकमा बागमती प्रदेश ०१००१ क ९६५१ नम्बरको टिपर सडकबाट करिब २ सय ५० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा टिपर चालक धादिङ गजुरी गाउँपालिका-७ बस्ने ४० वर्षीय धिरज थापा मगर र टिपरमा सवार धादिङ रोडाङ गाउँपालिका बस्ने २७ वर्षीय बिष्णु विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका टिपरमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौंकाे शंखरापुर नगरपालिका-९ खुलालटार स्थित सडकमा बा.प्र-०२-०२५ प २२०१ को स्कुटर र बा.३ ख.५२८० नम्बरको बस एकआपसमा ठक्कर भई शनिबार बेलुकी दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-६ साँखु बस्ने २४ वर्षीय रश्मिन श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पिपुल्स लाईफ केयर अस्पताल सलम्बुटार हुँदै नेपाल मेडिकल कलेजमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

यसैगरी काठमाडौं महानगरपालिका-३ महाराजगंजस्थित सडकमा चक्रपथबाट पानीपोखरीतर्फ जाँदै गरेको बा.८७ प ७२९४ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक ओखलढुङगा मेलुङगा गाउँपालिका-४ घर भई काठमाडौं तार्केश्वर नगरपालिका बस्ने ५५ वर्षीय ओम प्रसाद दाहालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

महोत्तरीकाे बलवा नगरपालिका-१ बन्चौरीस्थित सडकमा परौलबाट खुट्टा पिप्राडीतर्फ जाँदै गरेको मधेश प्रदेश ०२-००६ प ३९७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक लोहारपट्टी नगरपालिका-४ बस्ने १८ वर्षीय रोशन ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चन्द्रकला अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेकोजनाएकाे छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...

एमाले महाधिवेशन असाधारण, स्वस्थ प्रतिस्पर्धा भएको विष्णु रिमालको धारणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending