Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएकाे छ । शनिबार विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाकाे मृत्यु भएकाे हाे । 

चितवनकाे भरतपुर महानगरपालिका-१२ बसन्तचोकमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना.२८ प ७०१२ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिई गएराति दुर्घटना हुँदा स्कुटरमा सवार सोही महानगरपालिका-११ जागृतीटोल बस्ने २९ वर्षीया प्रिती कुमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

सुर्खेतकाे भेरीगंगा नगरपालिका-२ सप्तरीस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार बिरेन्द्रनगर नगरपालिका-१२ बस्ने ४९ वर्षीय मान बहादुर चौधरीको शनिबार दिउँसो मृत्यु भएको छ । मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएका उनको माया नर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार मोटरसाइकल र चालकको खोजी गरिरहेको छ ।

मकवानपुरकाे थाहा नगरपालिका-९ ठुलोचौरस्थित सडकमा सडक मर्मतको काम गर्दै गरेको आरडी १०१-०३८ नम्बरको लोडर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा च्यापिएर लोडरका हेल्पर नुवाकोट घर भएका २८ वर्षीय सागर भण्डारीको मृत्यु भएको छ । लोडर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापाकाे मेचिनगर नगरपालिका-१५ गाईनाबारीस्थित सडकमा मे.११ प ९०२ नम्बरको मोटरसाइकल र मे.१ त ५३१९ नम्बरको ट्याक्टर एकआपसमा ठक्कर खाई शनिबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक कचनकवल गाउँपालिका-२ बस्ने २७ वर्षीय ज्ञान प्रसाद अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डडेल्धुराकाे नवदुर्गा गाउँपालिका-४ सिरुडास्थित सडकमा बागमती प्रदेश ०१००१ क ९६५१ नम्बरको टिपर सडकबाट करिब २ सय ५० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा टिपर चालक धादिङ गजुरी गाउँपालिका-७ बस्ने ४० वर्षीय धिरज थापा मगर र टिपरमा सवार धादिङ रोडाङ गाउँपालिका बस्ने २७ वर्षीय बिष्णु विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका टिपरमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौंकाे शंखरापुर नगरपालिका-९ खुलालटार स्थित सडकमा बा.प्र-०२-०२५ प २२०१ को स्कुटर र बा.३ ख.५२८० नम्बरको बस एकआपसमा ठक्कर भई शनिबार बेलुकी दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-६ साँखु बस्ने २४ वर्षीय रश्मिन श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पिपुल्स लाईफ केयर अस्पताल सलम्बुटार हुँदै नेपाल मेडिकल कलेजमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

यसैगरी काठमाडौं महानगरपालिका-३ महाराजगंजस्थित सडकमा चक्रपथबाट पानीपोखरीतर्फ जाँदै गरेको बा.८७ प ७२९४ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक ओखलढुङगा मेलुङगा गाउँपालिका-४ घर भई काठमाडौं तार्केश्वर नगरपालिका बस्ने ५५ वर्षीय ओम प्रसाद दाहालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

महोत्तरीकाे बलवा नगरपालिका-१ बन्चौरीस्थित सडकमा परौलबाट खुट्टा पिप्राडीतर्फ जाँदै गरेको मधेश प्रदेश ०२-००६ प ३९७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक लोहारपट्टी नगरपालिका-४ बस्ने १८ वर्षीय रोशन ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चन्द्रकला अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेकोजनाएकाे छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जाजरकोटमा पहिरोको वितण्डा : १० जना घाइते, तीन जना बेपत्ता

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्काउँदा १० जना घाइते भएका छन् । पहिरोपछि तीन जना सम्पर्कविहीन भ...

रोल्पामा पहिरोले घर पुरिँदा थप एक जनाको मृत्यु, मृतकको संख्या १७ पुग्यो

रोल्पा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा रोल्पामा थप एक जनाको मृत्यु भएको छ । लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा शनिबार राति पहिरोले घर पुरिँदा ७२ ...

आज देशभर वर्षाको सम्भावना, सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम...

काठमाडौँमा ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, आइतबार थप सात केन्द्रबाट वितरण

काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...

जाजरकोटमा पहिरोले घर र टहरा बगायो, सात जना घाइते

सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्‍याएको छ । पहिरोमा परी सात जना घाइते भ...

नेपाल टेलिकमको खुद मुनाफा ४७ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...

झरीमा दिनभर लाइन, ग्यास नपाएर रित्तो सिलिन्डर बोकेर फर्किए नागरिक

काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, आक्रोशित स्थानीयले गरे तोडफोड

झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...

नेपाल–भारत सीमामा एकअर्काले भोगचलन गरेको जग्गा नापजाँच गरिने

काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...

कांग्रेस इतर समूहको भेला किन बन्यो ‘सम्मेलन’ ?

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending