Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

खबरडबली संवाददाता
काठमाडौं । प्रहरीले विभिन्न स्थानबाटअवैध लागूऔषधसहित  सात जना पक्राउ गरेकाेम छ । 
पर्साकाे वीरगंज महानगरपालिका-२१ हनुमान चोकबाट अवैध लागुऔषध गाँजा करिब  १० किलोसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरूमा मकवानपुर राकसीरांङ गाउँपालिका-२ ठुमको टोल बस्ने ४२ वर्षीया ईन्द्र कुमारी चेपाङग र ३६ वर्षीया फुलमाया स्याङबो रहेका छन् ।
 प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले चितवनबाट वीरगंज तर्फ जाँदै गरेको बा.४ ख ५९३७ नम्बरको बस जाँच गर्दा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
सुनसरीकाे इटहरी महानगरपालिका-५ शान्तीमार्ग टोलबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ सय ९० मिलिग्राम सहित सोही ठाउँ  बस्ने ३२ वर्षीय बिटु भन्ने दिबश भुजेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी चौकी जनताबस्तीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
मोरङकाे बिराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ४५ मिलिग्रामसहित सुनसरी इटहरी उपमहानगरपालिका-१९ बस्ने २५ वर्षीय किरण राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलालीकाे धनगढी उपमहानगरपालिका- ७ देबरियाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्राम सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय सेवालाल राना, ३० वर्षीय राम गोपाल राना र २४ वर्षीय अभिषेक राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटीएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
 
पक्राउ परेका सबैकाे सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ । 
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जाजरकोटमा पहिरोको वितण्डा : १० जना घाइते, तीन जना बेपत्ता

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्काउँदा १० जना घाइते भएका छन् । पहिरोपछि तीन जना सम्पर्कविहीन भ...

रोल्पामा पहिरोले घर पुरिँदा थप एक जनाको मृत्यु, मृतकको संख्या १७ पुग्यो

रोल्पा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा रोल्पामा थप एक जनाको मृत्यु भएको छ । लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा शनिबार राति पहिरोले घर पुरिँदा ७२ ...

आज देशभर वर्षाको सम्भावना, सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम...

काठमाडौँमा ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, आइतबार थप सात केन्द्रबाट वितरण

काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...

जाजरकोटमा पहिरोले घर र टहरा बगायो, सात जना घाइते

सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्‍याएको छ । पहिरोमा परी सात जना घाइते भ...

नेपाल टेलिकमको खुद मुनाफा ४७ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...

झरीमा दिनभर लाइन, ग्यास नपाएर रित्तो सिलिन्डर बोकेर फर्किए नागरिक

काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, आक्रोशित स्थानीयले गरे तोडफोड

झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...

नेपाल–भारत सीमामा एकअर्काले भोगचलन गरेको जग्गा नापजाँच गरिने

काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...

कांग्रेस इतर समूहको भेला किन बन्यो ‘सम्मेलन’ ?

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending