काठमाडाैं । पछिल्लाे समय आर्थिक मन्दीकाे बाहनामा सबैभन्दा ठूलो मर्का दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्नेलाई परेको छ । दैनिक ज्यालादारीमा कामगर्ने मजदुरहरुकोआफूसहित परिवारको लालनपालनको समस्यामा दैनिकी बिती रहेको छ ।
ओखलढुंगाका सुमन सर्कीको आफ्नो बारीमा उव्जिएको अन्नले एक महिनालाई पनि खानकाे लागि नपुग्ने भएपछि राजधानी आएर परिवार पाली रहेका छन् । तर मन्दीका कारण देखाउँदै काम गर्ने ठाउँमा उनले नियमित ज्याला नपाउँदा कठिन भएकाे बताउँछन् ।
इटा कारखानामा उनी मात्र हैन उनकाे परिवार नै काम गर्छ । तर, अनेकन बाहनामा उनीहरूले पैसा नपाएकाे महिनाै बित्याे ।
सर्की जस्तै गाउँबाट काम गर्नकाे लागि काठमाडाैं आएका उनकै छिमेकी रुद्रबहादुर भुजेलको पनि हालत उस्तै छ । उनले पनि काम गरेर पैसा नपाएको महिनाै बित्याे । उनि दुखेसो गर्छन । आफ्नो कामाईले एक महिना पनि खान पुग्दैन काम गर्याे ज्याला पाइन्न । अरू काम गर्न खाेज्याे केही पाईदैन कसरी परिवार पाल्नु चिन्ताले सताएको उनले सुनाए । उनले यस्ताे अभाव र समस्या कहिल्यै सामना गर्नुनपरेको बताए । आफुले जान्दा देखि अर्काकोमा काम गरेर विहान बेलुकी छाकटार्दै आएका उनि श्रीमती सहित चार छोराछोरी संगै उपत्यकाका इटा उद्याेगमा भाैतारी रहेका छन् ।
२०३७ साल देखी निरन्तर खोलामा वालुवा चाली रहेका सन्तबहादुर तामाङ अहिले पनि निरन्तर वालुवा नै चाली रहेका छन् । मन्दी भएकाे भन्दै ठेकेदारले समयमा ज्याला नदिँदा परिवार कसरी पाल्ने भन्न चिन्तामा रहेका छन् उनी ।
उनि मात्रै हैन वर्षाैदेखी बालुवा चाल्दै आएका ८० वर्षिय बुद्धछिरिङ तामाङको पनि अवस्था उस्तै छ । निरन्तर वालुवा चालेर जिवीकोपार्जन गदै आएका उनि यतिबेला के खाने र कसरी बाँच्ने भन्ने चिन्तामा रहेका छन् । कारण सबैकाे उस्तै हाे मन्दीका कारण ठेकेदार र साहुजीले समयमा ज्याला नदिने ।
आँफुलाई बचाउने साहरा नै बेसाहरा भएका कारणा मजदुरहरू दिनदिनै परिवार पाल्न धाैधाै भएकाे बताउँछन् ।
दैनिक बालुवा चालेर गुजारा गरीरिहेका तामाङ सकि नसकि काम गरेर आफ्नो अपांग छोरालाई पाली रहेका छन् । तामाङ आफु जस्तालाई सरकारले खान वस्न र औषधि उपचारकोे ब्यवस्था गरिदिए ८० वर्षको उमेरमा वालुवा चालेर बस्नु नपर्ने बताउँछन । ठेकेदारले समयमा पैसा नदिँदा परिवारको खर्च धान्नै गाह्रो भएको उनले बताए । यी पीडा र समस्या त केही प्रतिनिधिमूलक घटना मात्रै हुन् ।
सार्वजनिक यातायातमा काम गर्ने मजदुर, स्वरोजगार श्रमिकदेखि उद्योग वा सानादेखि ठूला पाँच तारे होटल सम्ममा काम गर्ने कर्मचारी वा मजदुर लगायत सबैकाे समस्या उस्तै रहेकाे छ ।
अझ भन्ने हाे भने काेराेना महामारीकाे समय पछि देशमा रहेका सञ्चारमाध्ययममा काम गर्ने पत्रकारहरूकाे अवस्था दयनिय बन्दै गएकाे छ । कितपय सञ्चार माध्ययमले सञ्चारकर्मीकाे पारिश्रमिक नै नदिइ वर्खास्ती समेत गरेकाे छ । महिनाै काम लगाएर बिना पारिश्रमीक उनीहरूलाइ वर्खास्ती गर्दा नेपाली पत्रकारितामा नवप्रवेशीहरूकाे भविश्य अझ डामाडाेल हुन सक्ने देखिएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३० गते, २०८३ - २२:१९
काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...
श्रावण ३० गते, २०८३ - २२:१२
सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्याएको छ । पहिरोमा परी सात जना घाइते भ...
श्रावण ३० गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...
श्रावण ३० गते, २०८३ - २१:५९
काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...
श्रावण ३० गते, २०८३ - २१:३६
झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...
श्रावण ३० गते, २०८३ - २१:३१
काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...
श्रावण ३० गते, २०८३ - २१:२३
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...



प्रतिकृया लेख्नुहोस्: