कालिकोट । नेकपाका पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले नेकपालाई पर राखेर संविधान चलाउन खोजियो भने देशमा फेरी आगो बल्ने बताएका छन । आफ्नो गृह जिल्लाको भ्रमणका क्रममा सदरमुकाम मान्ममा पत्रकारसँग भेटघाट कार्यक्रमा प्रवक्ता प्रकाण्डले यस्तो बताएका हुन् ।
उनले यो व्यवस्ता ल्याउन नेपाली जनताले हजारौंको संख्यामा ज्यान गुमाउन परेको बताउँदै क्रन्तीको उपज यो व्यवस्था पल्टाउन मनपरी तवरमा आफ्नो पार्टीलाई पर राखेर संविधान संसोधन गर्न खाजे फेरीपनी देशमा आगो बल्ने चेतावनी दिएका छन । नेकपालाई पर राखेर संविधान चलाउन खोजियो भने फेरी पुरानै अवस्थामा जनता जान सक्ने उनले चेतवानी दिए।
यो व्यवस्था ल्याउन नेकपा माओवादीको सवैभन्दा ठुलो बलिदानी रहेकाले संविधान आफुखुशी संसोधन गरिए सशक्त प्रतिकारमा उत्रने उनको चेतावनी छ ।
साथै उनले प्रचण्ड नेतृत्वको गठबन्दन सरकार भत्किनु भनेको देश बर्वादी तर्फ जानु सरह रहेको उनको भनाइ छ । देशका सम्पुर्ण कम्युनिष्ट पार्टीहरु मिलेर सुशसान र बिकासका लागी बनाएको गठबन्दन भत्काएर दक्षिणपन्तीहरु संगको गठबन्दन जनमैत्री नरेहको उनको दावी छ ।
देशका दुई ठुला पार्टी मिलेर सरकार बनाउनु लोकतन्त्र कमजोर पार्ने खेल भएको समेत आरोप लगाए । स्वर्थ गठबन्दन बनाउन संविधान संसोधनको नारा लगाएर सरकार बनाएको बताउँदै उनले देश अहिले जनताको चाहाना अनुसार गएको नलेखिएको र अब आम जनताले गम्भीरताका साथ सोच्नु पर्ने स्थिति आएको बताए ।
उनले भने बिगतका परिवर्तन गरियो त्यो पुर्ण देखिएको छैन जुन हरेक क्रन्तिमा बढि कष्ठ र बलिदान गरेका जनताको मनोभावना अनुसार काम भएको छैन । यसले गर्दा देश कष्टपुर्ण यात्रामा छ । यसले गर्दा बिदेशिले रजाई गरिरहेको साथै नेपाली जनताको स्वाभिमान गुमिरहेको छ । राष्ट्रिय र स्वनधिनताको मुद्दामा अमेरिकि साम्राज्यवादले षोषण गरिरहेको छ । आफ्नो देशको स्वाधीनता कसरि बचाउने भन्ने चिन्ता रहेको उनको भनाइ छ ।
भेटघाट कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य यौदा, नेता विवेक कुमाल, बलवन विश्वकर्मा, युवा संगठनका केन्द्रिय सदस्य दिनेस बिक लगायतका नेताहरु उपस्थित थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - २०:५७
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...
चैत्र १८ गते, २०८२ - २०:५६
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...
चैत्र १८ गते, २०८२ - २०:०७
काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...
चैत्र १८ गते, २०८२ - २०:०१
काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...
चैत्र १८ गते, २०८२ - १९:५८
काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...
चैत्र १८ गते, २०८२ - १९:५६
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...
चैत्र १८ गते, २०८२ - १९:५४
कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...
चैत्र १८ गते, २०८२ - १९:५०
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गर्दै निर्वाचन क्षेत्रका समस्या प्रत्यक्ष रू...
चैत्र १८ गते, २०८२ - १९:४८
काठमाडौं । जिल्ला अदालत काठमाडौंले पत्रकार दिलभूषण पाठक विरुद्ध दायर मुद्दामा दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको छ। बुधबार न्यायाधीश खिमानन्द भुषाल को ...
चैत्र १८ गते, २०८२ - १९:४६
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिमा देशहरूको शक्तिशाली सैन्य संगठन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)बाट अमेरिका बाहिरिने विषयमा गम...


प्रतिकृया लेख्नुहोस्: