Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

श्रीमती साटासाट गर्ने खेलमा २१ वर्षीया युवती बनिन् शिकार

खबरडबली संवाददाता

काठमाडौं । पत्नी साटासाट (वाइफ स्वैपिंग) गर्ने खेल बारे सुन्दा सहजै पत्याउन सकिँदैन तर एउटा घटना प्रहरीमा पुगेपछि रहस्यको पर्दा च्यातिएको हो ।

जसमा पतिले पत्नीलाई अर्कैसँग साट्न खोज्दा उनी भागेर प्रहरीसँग पुगेपछि यो ठूलो सञ्जालको रुपमा रहेको खुल्न आएको हो । भारतको भोपालकी नवविवाहित २१ वर्षीया महिला भागेर प्रहरीमा पुगेपछि घटना बाहिर आएको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार पाँचतारे होटलका म्यानेजर पतिले पत्नी साटासाट खेलमा पत्नीलाई प्रयोग गर्न खोजेका थिए तर पत्नीले नमानेपछि उनलाई यातना दिइएको थियो । पतिले लगातार दबाब दिन थालेपछि पत्नी भागेकी थिइन् । पतिले पत्नीलाई कुटपिट समेत गरेको बताइएको छ । उनका पति मोहम्मद अम्मारले आफूलाई नयाँपिँढी र शिक्षित बताउँदै पत्नी साटासाट गर्नुलाई सामान्य मान्ने गरेका छन् । तर पत्नीले सहमत नभएपछि उनलाई गवाँर भन्दै यातना दिएपछि घटना प्रहरीसम्म पुगेको हो ।

प्रहरीले उनका पतिलाई पक्राउ गर्न खोजी गरिरहेको छ । युवतीले बताए अनुसार यो ठूलो नेटवर्क छ । शारीरिक सन्तुष्टिका लागि एकले अर्काकी पत्नी भोग गर्ने यसको विशेषता रहेको छ । आफ्नी श्रीमती सम्पर्कमा आएका व्यक्तिलाई सुम्पिने र उनकी श्रीमती आफूले लिएर भोगविलास गर्ने उनीहरुको तरिका थियो ।

यसमा खान्दानी परिवारहरुको सम्लग्नता रहेको युवतीको उजुरीमा खुलेको छ । प्रहरीले गहिरो अनुशन्धान गरिरहेको बताइएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी

काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...

संसद्मा कानुन, फुर्सदमा ब्रस : श्रमलाई नछाड्ने सांसद हरिप्रसाद भुसालको प्रेरक यात्रा

रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...

अनुदानको मलमै कालोबजारी, सर्लाहीका किसान चर्को मूल्य तिर्न बाध्य

तोकिएकोभन्दा दोब्बरसम्म मूल्य असुलिएको गुनासो, अनुगमन पुग्नुअघि नै सहकारी सञ्चालक सम्पर्कविहीन

बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, १३ घाइते, गम्भीरलाई हेलिकोप्टरमार्फत उद्धार गरिँदै

धनगढी  । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा भएको बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अ...

धनुषाधाम नगरपालिकाकी उपमेयर सवार गाडी एम्बुलेन्ससँग ठोक्किँदा ८ जना घाइते

धनुषा । धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व-पश्चिम लोकमार्गमा सरकारी गाडी र एम्बुलेन्स ठोक्किँदा ठोक्किँदा ८ जना घाइते भएका छन् । आज बिहान ...

वर्षा नहुँदा रौतहटका खेत बाँझै

रौतहट । यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन् । असारको २७ गते बितिसक्दासमेत यस वर्ष र...

'गणेश समाचार होइन, विद्रोहको प्रतीक हुन्' : हर्क साम्पाङको भावुक अभिव्यक्ति

'म सधैं तिम्रो पक्षमा बोल्नेछु, लाखौँ युवाका लागि रोजगारीको आवाज उठाइरहनेछु'

तीन दिनमा तीन आत्मदाह प्रयास : गणेशको मृत्युपछि पनि किन रोकिएन निराशाको आगो ?

बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले पनि लगाए शरीरमा आगो

एका विहानै बुद्धनगरमा अर्काे आत्मदाह प्रयास

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् । काठमाडौं ...

दाङमा वडा सदस्यले अधिकृतलाई मोबिल छ्यापेपछि...

दाङ । दाङमा जनप्रतिनिधिले शिक्षा अधिकृतलाई मोबिल खन्याइदिएका छन् । घोराहीस्थित पद्मोदय माविको विद्यालय व्यवस्था समितिको निर्वाचन गैरकानुनी ढंगबाट ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending