Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

आमहड्तालकाबीच पनि चितवनका विद्यालय सञ्चालनमा

\"damauliचितवन  । जिल्ला शिक्षा कार्यालय चितवनले आइतबार आयोजना गरेको कार्यक्रममा सरोकारवालाले जो कसैबाट बन्द र हडतालको आह्वान भएपनि शिक्षण संस्था खुल्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा अधिकांश दलले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्नेमा सहमति जनाएका थिए । त्यस लगत्तै आमहडताल आयोजना गरेको थारु कल्याणकारी सभाका प्रतिनिधिहरुसँग प्याब्सन चितवनको पहलमा वार्तासमेत भएको थियो । वार्तापछि थारु कल्याणकारी सभाले विद्यालय सञ्चालन गर्न अवरोध नगर्ने प्रतिबद्धता जनाएको प्याब्सन चितवनका अध्यक्ष बेलबहादुर गुरुङले बताए । आज यस जिल्लाभर निजी र सरकारी विद्यालय सञ्चालन भएका छन् । निजी विद्यालयका बससमेत चलेको प्याब्सन चितवनका अध्यक्ष गुरुङले बताए । चितवन जिल्लामा कक्षा १ देखि १२ सम्म पढ्ने विद्यार्थीको सङ्ख्यामात्र एक लाख पचास हजार रहेको छ । जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले शिक्षण संस्थालाई शान्ति क्षेत्र मान्न सबै सहमत भएपछि आम हडतालमा समेत विद्यालय सञ्चालनमा आएको बताए । यता बन्दको विकल्प खोज्न माग गर्दै नारायणगढका व्यवसायीले आज बिहान भरतपुर नगर क्षेत्रमा सद्भाव ¥यालीको आयोजना गरेका छन् । कसैलाई पनि बन्दको आह्वान नगर्न आग्रह गर्दै आयोजना गरिएको सद्भाव मोटरसाइकल ¥यालीले नारायणगढ र भरतपुरको परिक्रमा गरेको थियो । बन्दका कारण रोकिएका सवारी साधनलाई समेत स्थानीय प्रशासनले सुरक्षा दिएर गन्तव्यतर्फ पठाएको छ । बन्दकर्ताले मोटरसाइकल चल्न दिएपछि स्थानीयवासीले केही राहत महसुस गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending