Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

देशभर पन्ध्र स्थानमा आगलागी हुँदा लाखौंको क्षती

खबरडबली संवाददाता

काठमाडौं । देशभर पन्ध्र स्थानमा आगलागी हुँदा  लाखौंको क्षती भएको छ ।  पछिल्लाे समय सुख्खा बढेसँगै देशभर आगलागीका घटना बढ्दा लाखाैंकाे क्षती भएकाे हाे ।

सिरहाकाे औरही गाउँपालिका२ तुलसीपुर बस्ने २८ वर्षीय महेश कुमार यादवको घरमा सिलिन्डर पड्की मंगलबार राति आगलागी हुँदा खाद्यान्न लगायतका सामानहरू जलेर करिब २ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै सिलिन्डर पड्किँदा घाइते भएका यादवलाई स्थानिय मेडिकल सुखिपुर हुँदै थप उपचारको लागि आरके मेडिसिटी अस्पताल धनगढी रिफर गरिएको छ ।

प्यूठानकाे माण्डवी गाउँपालिका ४ तिल्केनी सामुदायिक वनमा मंगलबार राति लागेको आगो फैलिएर सोही ठाउँस्थित २ वटा घर र ५ वटा गोठ जलेर नष्ट भएको छ । क्षतिको विवरण हालसम्म खुलेको छैन ।

सैगरी प्यूठानकै माण्डवी गाउँपालिका २ टुक्रुकस्थित पोखरी सामुदायिक वनमा मंगलबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँस्थित १ वटा घर र ४ वटा गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । क्षतिको विवरण हालसम्म खुलेको छैन ।

यसैगरी प्यूठान, प्युठान नगरपालिका(२ ढाडस्थित वसन्त सामुदायिक वनमा मंगलबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने हिरा बहादुर परियारको गोठ र कुखुराको खोर जलेर पूर्णरूपमा नष्ट भएको छ । क्षतिको विवरण हालसम्म खुलेको छैन ।

खोटाङकाे हलेसी तुवाचुङ नगरपालिका ५ मयाँखुस्थित लालिगुँरास सामुदायिक वनमा मंगलबार दिउँसो लागेको आगो फैलिएर सोही नगरपालिका ५ सोरागाँउ बस्ने विनोद राईको घर, चौकीराज राईको घर र मतान समेत जलेर करिब १७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी खोटाङ खोटेहाङ गाउँपालिका १ मुलाबारीस्थित लिकुवापोखरी सामुदायिक वनमा मंगलबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने टंकनाथ तिम्सिनाको घर र गोठमा समेत आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ७ लाख ८५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यस्तैगरी मकवानपुरकाे बकैया गाउँपालिका ५ पावसस्थित गितवार सामुदायिक वनमा मंगलबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने नर बहादुर राईको घर, गोठ र दल बहादुर राईको गोठ समेत जलेर करिब ११ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

रामेछापकाे मन्थली नगरपालिका ३ अर्चलेस्थित अर्चलेपाखा सामुदायिक वनमा मंगलबार बिहान लागेको आगो फैलिएर सोही ठाउँ बस्ने केशव बहादुर बोगटीको २ वटा घर जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

ललितपुरकाे महालक्ष्मी नगरपालिका ५ टिकाथलीस्थित सर्लाही घर भएका बिरेन्द्र सिंह दनुवारको टहरा, रौतहत घर भएका बिक्रम यादबको टहरा र उदयपुर कटारी घर भएका मान बहादुर बुढाथोकीको टहरामा ग्यास लिक भई मंगलबार दिउँसो आगलागी हुँदा ३ वटै टहरा र मान बहादुरको कपासको खेलौना बनाउने कारखाना समेत जलेर करिब १९ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

लमजुङकाे क्व्होलासोथार गाउँपालिका ३ घलेगाउ बस्ने ओम प्रकाश गुरुङको घरमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १४ लाख १४ हजार ५ सय रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रौतहट, देवाही गोनाही नगरपालिका १ बजार करूनिया टोलमा मंगलबार दिउँसो आगलागी हुँदा सोही टोलको ४ वटा घर र ४ वटा गोठ जलेर करिब २६ लाख १० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

यसैगरी रौतहट, चन्द्रनिगाहपुर नगरपालिका १ पौराईस्थित वनमा मंगलबार साँझ लागेको आगो फैलिएर सोही ठाउँस्थित रोयल नेपाल बि फर्ममा आगलागी हुँदा मौरीको ६० घार जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सुनसरीकाे भोक्राहानरसिंह गाउँपालिका ३ डलुवास्थित सिसौ टोल बस्ने गियानन्द मेहताको घरमा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन । 

सिन्धुलीकाे गोलन्जोर गाउँपालिका ६ गैरीगाँउस्थित बलेनी सामुदायिक वनमा मंगलबार साँझ आगलागी हुँदा सोही ठाउँ बस्ने बेद कोइराला समेत ३ जनाको ४ वटा घर र १ वटा गोठ पूर्णरूपमा जलेर करिब १९ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

कैलालीकाे गोदावरी नगरपालिका १ महेन्द्रनगर रोडस्थित कञ्चनपुर कृष्णपुर नगरपालिका(७ घर भएका प्रेरणा पाण्डेले सञ्चालन गरेको प्रेरणा सपिङ्ग सेन्टरमा गएराति आगलागी हुँदा पसल पूर्णरूपमा जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।

स्थानीय वासिन्दा प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै सबै आगलागीका घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ । साथै आगालगी हुन नदिन सचेतना अपनाउन समेत प्रहरीले स्थानीयबासीलाई आग्रह गरेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

ग्यास अभावपछि चार उद्योगले एकै ठाउँबाट थाले सिलिन्डर बिक्री

चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending