चितवन । सैँतिस वर्षअघि भारत, म्यानमार र थाइल्याण्डबाट हात्ती उपहार लिएर स्थापना गरिएको हात्ती प्रजनन केन्द्र खोरसोर सौराहाले अहिले कतारलाई दुई वटा हात्ती उपहार पठाउने भएको छ ।
कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणका दौरानमा कन्जरभेसन कूटनीतिलाई जोड दिँदै नेपालका तर्फबाट दुई हात्ती उपहार दिन लागिएको हो ।
उपहार दिने सम्बन्धमा राजा थानीको राजकीय भ्रमणका क्रममा एमओई हुने र प्रक्रिया मिलाएर पठाउन एक डेढ महिना लाग्ने बताइएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले उपहार सम्बन्धमा वन मन्त्रालयमा एमओइ भएपछि मात्र कहिले पठाइने भन्ने सम्बन्धमा टुङ्गो लाग्ने बताए ।
“प्रजनन केन्द्रमा जन्मिएर हुर्काएका दुई हात्ती कतारलाई उपहार दिने कुरा एमओइ पछि मात्र कहिले पठाउने भन्न सकिन्छ” उनले भने । प्रजनन केन्द्रमा २०७५ असोज २३ मा पुजाकलीबाट जन्मिएकी रुद्रकली र २०७६ असोज ८ गते कोशीकलीबाट जन्मिएको खगेन्द्र प्रसादलाई कतारलाई उपहार दिन लागिएको हो । यी दुवै जङ्गली हात्ती रोनाल्डोका सन्तान हुन् ।
प्रजनन केन्द्रका प्रमुख मनिपुरन चौधरीले उपहार दिने हात्तीलाई सबै सीप सिकाइएको जानकारी दिए । पाँच वर्षको खगेन्द्र र छ वर्षकी रुद्रकलीलाई आवश्यक सबै सीप सिकाइएको उनको भनाइ छ ।
२०४४ सालमा भारतबाट १६, म्यानमार २ र थाइल्याण्डवाट २ गरी २० वटा हात्तीबाट स्थापना गरिएको हात्ती प्रजनन केन्द्रले अहिलेसम्म ६२ वटा हात्तीलाई जन्म दिई सकेको छ । यहाँ ५५ वटालाई तालिम दिइएको केन्द्रले जनाएको छ । यहाँ जन्मिएका मध्ये ४ वटाको मृत्यु भएको छ । प्रजनन केन्द्रमा हुर्काएर तालिम दिइएको हात्ती उपहार दिएको यो पहिलो हो ।
यसअघि नेपालले सन् १९८५ देखि हालसम्म विभिन्न देशलाई २६ वटा गैँडा, १० वटा घडियाल गोही, एक ब्वाँसो र २ चितुवा उपहार दिई सकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...
श्रावण २९ गते, २०८३ - २१:२६
चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...
श्रावण २९ गते, २०८३ - ०९:५४
विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...
श्रावण २९ गते, २०८३ - ०९:३६
बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...
श्रावण २९ गते, २०८३ - ०९:३०
बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...
श्रावण २९ गते, २०८३ - ०९:२६
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...
श्रावण २९ गते, २०८३ - ०९:२१
काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...
श्रावण २९ गते, २०८३ - ०९:१५
बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...



प्रतिकृया लेख्नुहोस्: